Blog - Page 19 of 106 - साझाकुरा
बुधबार, फाल्गुन २७, २०८२

Blog

जिल्ला स्तरिय पाँचौ नरबहादुर बिष्णुमायाँ श्रेष्ठ स्मृति कप खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिँदै
खेलकुद, समाचार

जिल्ला स्तरिय पाँचौ नरबहादुर बिष्णुमायाँ श्रेष्ठ स्मृति कप खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिँदै

मंशिर ११ जिल्ला ब्याडमिण्टन संघ संखुवासभाले सदरमुकाम खाँदबारीमा जिल्ला स्तरिय पाँचौ नरबहादुर बिष्णुमायाँ श्रेष्ठ स्मृति कप खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजन गर्नेभएको छ । आगामी मंशिर १८, १९ र २० गते सम्म खाँदबारी १ घिमिरे गाउँमा रहेको सोमनाथ घिमिरे स्मृति कवोर्ड हलमा संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नैछन् भने , दितिय र तृतिय हुने टिमले क्रमस १५ हजार र ५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक मुनुहाङ्ग गुरुङ्गले जानकारी दिनुभयो । पछिल्लो समय संखुवासभाको खाँदबारीमा जिल्ला ब्याडमिण्टन संघले नियमित रुपले ब्याडमिण्टन प्रतियोगिताको आयोजना गर्दैआएको छ ।...
मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने
समाचार

मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने

मंशिर ११ मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमालेका सांसद लीलावल्लभ अधिकारीविरुद्ध अन्तत मुद्दा  नचल्ने भएको छ । यसै प्रकरणमा जोडिएका अरू ११ जनालाई जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिलको कार्यालयले छुटकारा दिएको हो । अधिकारीविरुद्ध मुद्दा दर्ता गर्न कुनै प्रमाण नभेटिएको सरकारी वकिल कार्यालय काठमाण्डाैले जनाएको छ । सङ्गठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले विमानस्थलमै राेकेर नेपाल फिर्ता पठाएकाे थियो । मन्त्रालयको नक्कली परिचयपत्रलगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान पुगेकाेमा फिर्ता भएका थिए । यो प्रकरणमा पक्राउ परेकाहरूले लाखौं रकम बुझाएको बयान दिएका छन् । अधिकारीलाई गत कात्तिक २५ गते पक्राउ गरिएकाे थियाे । ...
धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त
अर्थ/व्यापार, समाचार

धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

मंशिर ११ सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । हिजोकाे मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा रहेको सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिश गरेकोमा श्रेष्ठ अध्यक्ष चयन भएका हुन् । यअसघि श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यकाे जिम्मेवारिमा थिए । ...
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ (तस्बिर सहित)
समाचार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ (तस्बिर सहित)

संखुवासभा, मंसिर १० हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको छ । अभियानको अवसरमा आज संखुवासभाको खाँदबारीमा पनि बिबिध कार्यक्रम सहित महिला हिंसा बिरुद्धको १६ दिने अभियान प्रारम्भ गरिएको छ । खाँदबारी नगरपालिकाको संयोजनमा आज जिल्ला प्रशासन कार्यालय परिसरबाट बिभिन्न महिला हिंसा बिरुद्धको प्ले कार्ड र ब्यानर सहित र्र्याल्ली निकालिएको थियो । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्लाका बिभिन्न पालिकाहरुले जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरेका छन् । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत खाँदबारी नगरपालिका र जिल्ला प्रहरी कार्यालय संखुवासभाको आयोजनामा सरोकारवाला निकायहरुको सह...
माल्टामा अन्तरपालिका स्तरीय महिला भलिवल हुने
खेलकुद, समाचार

माल्टामा अन्तरपालिका स्तरीय महिला भलिवल हुने

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–५ माल्टामा अन्तरपालिका स्तरीय महिला भलिवल प्रतियोगिता हुने भएको छ । आइतबार खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा जानकारी दिइएको हो । बाला चतुर्दशी ९अधेरी बजार०को पावन अवसरमा खाँदबारी नगरपालिका ५ नम्बर वडा खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो । यहि मंसिर १२ देखि १४ गतेसम्म भलिवल प्रतियोगिता माल्टामा आयोजना हुन लागेको सम्पूर्ण तयारीमा जुटीसकेको खाँदबारी–५ का वडाध्यक्ष टंकबहादुर घिमिरेले जानकारी दिए । जिल्ला भलिवल संघको समन्वयमा आयोजना हुने प्रतियोगितामा संखुवासभा, भोजपुर र सुनसरीका ११ टिमको सहभागीता रहने जनाइएको छ । प्रतियोगितामा संखुवासभामा जन्म भई हाल काठमाडौमा भलिवल खेलमा नाम कहलिएका भलिवल प्रशिक्षक कुमार राई, राष्ट्रिय खेलाडी सुमित्रा रेग्मी र जेनिशा विश्वकर्मा लगायतका खेलाडी आउने आयोजकले जनाएको छ । प्रतियोगिता...
बालग्राममा भएकाे दुर्घटनामा परि संखुवासभाका दुई जनाकाे मृत्यु
समाचार

बालग्राममा भएकाे दुर्घटनामा परि संखुवासभाका दुई जनाकाे मृत्यु

मंशिर १० सुनसरीमा टिपरले ठक्कर दिँदा संखुवासभाका दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपहानगरपालिका–१६ बालग्राम चोकमा आइतबार भएको दुर्घटनामा परि मोटरसाइकलमा सवार संखुवासभा धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीय टीका गुरुङको मृत्यु भएको सुनसरि प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ जाँदै गरेको को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ क ३३८८ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट अनियन्त्रित भएर सडकमा लडेको मोटरसाइकललाई प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले पनि ठक्कर दिएको थियो । दुई वटा सवारीले ठक्कर दिदा उनिहरुकाे मृत्यु भएकाे जनाईएकाे छ ।...
पूर्व मन्त्री पदम राईको निधन
समाचार

पूर्व मन्त्री पदम राईको निधन

 मंसिर ८, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको हिजाे निधन भएको छ । पार्किन्सन रोगबाट पीडित राईको उपचारका क्रममा हिजो काठमाण्डौको वीर अस्पतालमा निधन भएको माओवादीकाे हाे । भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  दुःख व्यक्त गर्नुभएको छ । वहाँकाे दाह संस्कार कहाँ गर्ने भन्ने बिषयमा पारिवारिक छलफल पछि मात्र तय हुने बताईएकाे छ ।...
राष्ट्रिय प्रसारण प्रणालीमा  १६८ मेगावाट बिजुली थपियाे
अर्थ/व्यापार, समाचार

राष्ट्रिय प्रसारण प्रणालीमा  १६८ मेगावाट बिजुली थपियाे

 मंसिर ८, १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट बिजुली थप गरिएकाे छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाबाट उत्पादन भएकाे १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको हो । चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकाेमा १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाहरुको निर्माण कार्य सकिएकाे छ । १०२ मेगावाटको मध्यभोटेकोशी भने सिन्धुपाल्चोकमा निर्माणकाे क्रममा छ ।...
अरुण नदीमा एक जना बेपत्ता
समाचार

अरुण नदीमा एक जना बेपत्ता

मंसिर ८, सङ्खुवासभाको चैनपुर –११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता भएका छन्। चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाकाले जनाएकाे छ । शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा ढुङ्गामा चिप्लिएर जिमी बेपत्ता भएको जनाईएकाे छ । गजेन्द्र परिवारका छ जनासहित शनिबार अरुण नदीमा पुजाका लागि गएका थिए ।  प्रहरी र स्थानियले खाेजेपनि सनिबार साँझसम्म जिमीको उनलाई फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयकाे भनाई  छ। ...
२१ औं बर्ष प्रवेशका अवसरमा खाँदबारी युथक्लवद्वारा अन्तरक्रिया तथा शुभकामना कार्यक्रम
समाचार, समाज

२१ औं बर्ष प्रवेशका अवसरमा खाँदबारी युथक्लवद्वारा अन्तरक्रिया तथा शुभकामना कार्यक्रम

मंशिर ८ संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लवले आफ्नो स्थापनाको २१ औं बर्ष प्रवेशको अवसरमा चियापान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । खाँदबारी एफएमको भवनमा कार्यालय रहेको युथ क्लवले २० बर्ष पुरा गर्ने क्रममा आएका आरोह अवरोहको बारेमा जानकारी दिएको थियो । क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ्ग गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा क्लवका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार दिलिप कुमार श्रेष्ठ, रोषण श्रेष्ठ कृष्णराज शाक्य, प्रवीण श्रेष्ठ पुर्व अध्यक्षहरु निरन्जन श्रेष्ठ, अनुपयुस शाक्य र अन्य शुभचिन्तकहरुको उपस्थीति रहेको थियो । २१ औं बर्ष प्रवेशका अवसरमा क्लवका सल्लाककार रुद्रमणी श्रेष्ठले क्लवले गर्दैआएको बिगतको कार्य प्रशंसनिय रहेको भन्दै आगामी दिनमा थप कार्यक्षेत्र बढाउन आवश्यक भएकोमा जोड दिएका थिए । पुर्व महासचिव दिपेन्द्र शाक्यले सामाजिक कार्यमा क्लवसंग हा...