Blog - Page 20 of 106 - साझाकुरा
बुधबार, फाल्गुन २७, २०८२

Blog

शैक्षिक गुणस्तर अभिबृद्धिका लागि महायज्ञ
समाचार, समाज

शैक्षिक गुणस्तर अभिबृद्धिका लागि महायज्ञ

संखुवासभा मंशिर ८ संखुवासभाको मकालु ५ नुममा रहेको शिंहेश्वरी माध्यमिक बिद्यालयले शैक्षिक गुणस्तर सुधार तथा अक्षयकोष स्थापनार्थ श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गर्नेभएको छ । मंशिर २१ देखि २७ गते सम्म संचालन हुने श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको पंडित श्री रमेश कोईराला प्रमुख बाचक रहेको बिद्यालयले जनाएको छ । यसैगरि कथाबाचनका लागि पण्डीत बाशुदेव खनाल रहनुभएको जनाईएको छ । श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महेत्सवको प्रत्येक दिन बिहान १० बजे देखि साँझ ४ बजे सम्म बिभिन्न धार्मिक कथा वाचन, प्रवचन, धार्मिक झाँकि प्रदर्शन लगायतका कार्यक्रम रहेको आयोजक शिंहेश्वरी माध्यमिक बिद्यालयले जनाएको छ । बिद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि ५ सय देखि ३५ लाख सम्म सहयोग गर्ने दाताहरुलाई बिभिन्न सम्मानको कार्यक्रमहरु राखिएको बिद्यालयका प्रधानअ...
महानगरले एउटा चिर्कटो फेसबुकमा हालेर स्टन्टबाजी गर्याे जरिवाना एमालेले तिर्दैन ? प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम
समाचार

महानगरले एउटा चिर्कटो फेसबुकमा हालेर स्टन्टबाजी गर्याे जरिवाना एमालेले तिर्दैन ? प्रचार बिभाग प्रमुख राजेन्द्र गौतम

मंशिर ८ महानगर फोहोर पारेको भन्दै काठमाण्डौ महानगरपालिकाले नेकपा एमालेलाई तोकेको जरिवाना एमालेले नतिर्ने जनाएको छ । महानगरले हिजो एक पत्र पठाउँदै कार्यक्रमस्थल फोहोर पारेकोमा महानगरले रु एक लाख जरिवाना तोक्दै पत्र पठाएको थियो । तर ‘औचित्यहीन चिर्कटो’ भन्दै एमालेले महानगरले तोकेको उक्त जरिवाना नतिर्ने बताएको हो । महानगरले एउटा चिर्कटो फेसबुकमा हालेर स्टन्टबाजी गरेको नेकपा एमालेको आरोप छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्ता वाइह्यात चटकको एमालेले कुनै हालतमा सम्वोधन नगर्ने बताए । एमालेले अस्थिरता र अराजकताविरुद्ध खवरदारि भन्दै दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो ।...
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु
समाचार, स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु

भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु मंशिर ८ भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरेको छ । गत मंशिर २ देखि १४ बर्ष सम्मका बालबालिकाको क्यान्सरको सम्पुर्ण उपचार निशुल्क रुपमा शुरु गरिएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर उज्ज्वल चालिसेले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तोकेको अस्पतालमा उपचार गराउने १४ बर्ष मुनिका बालबालिकाको निशुल्क उपचारको निर्णय गत कार्तिक ११ गतेको मन्त्रिस्तरिय गरिएको जानकारी दिँदै अस्पतालले उक्त निर्णय कार्यान्वयनमा ल्याएकोमा खुशी ब्यक्त गरे । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा निशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।  ...
सडक फोहोर गरेको भन्दै  महानगरद्वारा एमालेलाई एक लाख जरिमाना
समाचार

सडक फोहोर गरेको भन्दै  महानगरद्वारा एमालेलाई एक लाख जरिमाना

मंसिर ८, सडक फोहोर गरेको भन्दै  महानगरद्वारा एमालेलाई एक लाख जरिमाना ताेकेकाे छ ।   दरबारमार्गमा एमालेले  हिजो जागरण सभाका आयाेजना गर्दा सडक पेटिमा जथाभावी फाेहाेर गरेकाे भन्दै जरिवाना पत्र काटेकाे हाे । महानगरले पठाएको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिमाना तिर्न आग्रह  गरिएको उल्लेख छ ।...
दुई केजी सुन सहित पक्राउ परेका ब्यक्ति भरिया मात्र
अपराध, समाचार

दुई केजी सुन सहित पक्राउ परेका ब्यक्ति भरिया मात्र

७ मंसिर बिहिबार रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुन बरामद गरिएको ब्यक्ति भरिया मात्र रहेको प्रहरीले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ का ३४ वर्षीय कर्मा सोनाम लामालाई हिजो बिहीबार साँझ दुई केजी सुन सहित प्रहरीले पक्राउ गरेको थियो। थप अनुशन्धानका क्रममा उनि भरियामात्रै भएको पाईएको प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले जानकारी दिए । पक्राउ परेका लामाले चिनियाँ नागरिकले पठाएको सुन नाका कटाउने जिम्मा लिएको प्रहरीको भनाई छ । बिहिबार साँझ कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा लामालाई पक्राउ गरिएको थियो । उनको साथबाट प्रहरीले जुत्ताको सोलमा लुकाईएको दुई केजी सुन बरामद गरेको थियो ।...
चीन भ्रमण घुम्नका लागि हैन देस र जनताका लागि ः प्रधानमन्त्री ओली
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार, समाचार

चीन भ्रमण घुम्नका लागि हैन देस र जनताका लागि ः प्रधानमन्त्री ओली

मंसिर ७ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण घुम्नका लागि नभई देस र जनताको हितका लागि भएको बताएका छन् । आज दरबार मार्गमा भएको एमाले जागर सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले कसैसंग ऋण लिनुपर्ने अवस्था नभएको समेत बताए । ओलीले मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केवल घुम्नका लागि नभई देश र जनताको हितमा पुर्णतया केन्द्रित हुने धारणा राखेका थिए । चिनसंगको बीआरआई परियोजना कार्यान्वयनका लागि ऋण लिने विषयमा भइरहेको पक्षबिपक्षको बिबादका बीच प्रधानमन्त्री ओलीले नेपालले कसैसँग ऋण लिने अवस्था नरहेको बताउँदै नेपालले आफ्नो उत्पादन वृद्धिमा जोड दिने निति लिएको अभिब्यक्ति दिएका छन् ।...
सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित
अर्थ/व्यापार, समाचार

सीजी मोटर्स सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित

मंसिर ७ आन्तरिक राजश्व कार्यालय ललितपुरले सबैभन्दा बढि आयकर बुझाएको भन्दै सिजी मोटर्सलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा पारेर आज शुक्रबार आन्तरिक राजस्व कार्यालयमा आयोजित कार्यक्रममा सिजीलाई सम्मान गरेको हो । आन्तरिक राजश्व कार्यालय ललितपुरले व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका ब्यवसायिहरु मध्येबाट आर्थिक वर्ष २०७९÷०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरेको जनाएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्मान पत्र बुझेका थिए । ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजस्वको दुई प्रतिशत कर योगदान गरेको बताउँदै राष्ट्रको भौतिक एवं सामाजिक विकासमा चौधरी ग्रुपले थप योगदान बढाउने प्रतिवद्धता जनाएका थिए ।...
पाकिस्तानमा गुडिरहेका गाडीमा साम्प्रदायिकआक्रमण हुँदा ४२ जनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

पाकिस्तानमा गुडिरहेका गाडीमा साम्प्रदायिकआक्रमण हुँदा ४२ जनाको मृत्यु

फाईल फोटो मंशिर ७ पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको आदिवासी क्षेत्रमा भएको साम्प्रदायिक आक्रमणमा परि ४२ जनाको मृत्यु भएको छ । साम्प्रदायिक झडपमा बन्दुकधारीका तर्फबाट भएको उक्त आक्रमण परि अन्य १६ जना गम्भीर घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । दुई सय जना यात्रु बोकेर अफगानिस्तानसँगको सीमा नजिकै पर्ने कुर्रम जिल्ला हुँदै गुडिरहेको गाडीमा बन्दुकधारिहरुले अन्धाधुन्द आक्रमण गरेको बताईएको छ । सिमानाको बिवादलाई लिएर यो क्षेत्रमा दशर्काै देखि सुन्नि र शिया मुश्लिम समुह बिच भिडन्त हुँदै आएको छ । हिजो बिहिबार पनि यहि क्षेत्रमा भएको साम्प्रदायिक आक्रमणमा परि ३२ जनाले ज्यान गुमाएका थिए । पाकिस्तानमा सामुदायिक हिंसामा परि बर्षेनी सैयौंको संख्यामा ज्यान गुम्ने गरेको छ ।...
जुत्ताकाे साेलमा लुकाईएकाे दुई केजि सुन बरामद
समाचार

जुत्ताकाे साेलमा लुकाईएकाे दुई केजि सुन बरामद

मंशिर ७ रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई केजी सुनसहित गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका ३४ वर्षीय कर्मा सोनाम लामा पक्राउ परेका छन् । बिहीबार साँझ कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएर बाेकेकाे अवस्थामा सुन बरामद गरिएकाे र  लामाकाे थप अनुशन्धान जारि रहेकाे प्रहरिले जनाएकाे छ । ...
युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी जारी
अन्तर्राष्ट्रिय, समाचार

युद्ध अपराधको आरोपमा इजरायलका प्रधानमन्त्री, पूर्व रक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी जारी

मंशिर ७ अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युद्ध अपराध गरेकाे आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ पूर्जी जारी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । हमासका सैन्य कमाण्डर मोहम्मद डेफको लागि पनि वारेन्ट जारी भएको बीबीसीले उल्लेख गरेकाे छ । आईसीसीका न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि उनीहरु तीन जनाले आपराधिक जिम्मेवारी लिनुपर्ने आधारहरु उल्लेख गरेका छन् । तर इजरायल र हमास दुवैले उक्त आरोप अस्वीकार गरिरहेका छन् । ...