नेप्सेमा ३३ अंकको गिरावट, २२० कम्पनीको सेयरमूल्य घट्यो
सेयर बजारमा भारी गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ ।
मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने चर्चाले केही दिन उतारचढाव देखिए पनि राष्ट्र बैंकले उक्त निर्णय गर्न ढिलाइ गर्दा नेप्सेमा उच्च गिरावट भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा अर्थमन्त्री, गभर्नर सहित उपस्थितिमा कार्यक्रम आयोजना गर्दैछ । तर, त्यसको अघिल्लो दिन आइतबार भने सेयर बजारमा उच्च गिरावट भएको हो ।
आइतबार सबै उपसूचकहरु पनि घटेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ३।३२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक २।१७ प्रतिशले गिरावट भएको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १।०७ प्रतिशतले गिरावट भएको हो ।
नेप्सेमा उच्च गिरावट हुँदा कारोबार रकम २ अर्बको नजिक पुगेको छ । आइतब...









