Blog - Page 94 of 114 - साझाकुरा
बिहिबार, असार ११, २०८३

Blog

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब
अर्थ/व्यापार

इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दबाब

खाना पकाउने ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ । नागरिक समाजका अगुवा, उपभोक्ता अधिकारकर्मी, युवा नेता, विद्यार्थी, कलाकार, लेखक तथा पत्रकारलगायतले महँगी नियन्त्रण गर्न र मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका हुन् । सामाजिक सञ्जालमार्फत उनीहरुले चाडपर्वको मुखमा उपभोक्तालाई सहुलियत दिएर आफ्नो दायित्व पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विपक्षी र सत्तारुढ दलकै नेताहरुले पनि महँगी नियन्त्रण हुन नसकेको भन्दै टिप्पणी गरेका छन् । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ । ग्यास प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ । ग्यास र पेट्रोलियम पदार्थमा भाउ बढ्नु पहिले नै अरु दैनिक उपभ...
सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्न तीन दल सहमत, आजैबाट काम थालिने
मुख्य समाचार

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठन गर्न तीन दल सहमत, आजैबाट काम थालिने

सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनका लागि प्रमुख तीन दलबीच सहमति जुटेको छ। आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सुन तस्करीबारे जाँचबुझ गर्ने आयोग गठनको कार्यादेशमा सहमति जुटेको हो। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले तीन दलको आइतवार बिहान बसेको बैठकमा उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउनेबारे तीन दलका अध्यक्षहरूबीच सहमति जुटेको नागरिक न्युजलाई बताए। उनले आइतवार आयोग गठन गरेर काम सुरु गर्नेगरी सहमति जुटेको बताए। विदेशबाट इलेक्ट्रिक सिगरेट मा सुन राखी अवैध पैठारी गरिएको मिति २०८० साउन २ गते बे्रक–सुमा राखी अवैध पठारी गरिएको सुन लगायत पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई ग...
माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा
खेलकुद

माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा

हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ।  समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।  लगातार दोस्रो खेलमा जित निकाल्ने क्रमम नेपालले आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि  कीर्तिमानी जित हात पारेको थियो।  आइतबार नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो।...
एकीकृत समाजवादीको जागरण अभियान आज मेची पुलबाट सुरू हुने
राजनीति

एकीकृत समाजवादीको जागरण अभियान आज मेची पुलबाट सुरू हुने

आज झापाको काँकडभिट्टास्थित मेची नदीबाट अभियान सुरु हुने एकीकृत समाजवादीले बताएको छ। अभियान २९ गते सुर्खेत पुगेर सभा समापन हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।  एक हजार किलोमिटरको यो हाम्रो यात्रा हो। यात्राको क्रममा ७५ वटा साना ठूला सभा हुने छन्। आज मेची पुलमा उद्घाटन सभा हुने छ, त्यसपछि दमक हुँदै विराटचोक पुग्नेछौं। आज हामी इटहरी पुगेर बास बस्छौं,’ प्रवक्ता खतिवडाले भने। मेची पुलमा हुने सभामा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यसूची रहेको छ। उनका अनुसार अभियानमा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डा जनतालाई सुनाउने तथा समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने तथा जनताको सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गर्नेसम्म कार्यक्रम छन्। ...
सिटिजन लाइफको सेयर किनबेच आजबाट
अर्थ/व्यापार

सिटिजन लाइफको सेयर किनबेच आजबाट

सेयर बजारमा आइतबारदेखि सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार  हुने भएको छ। नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको कारोबार हुने भएको हो। कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेन्ज १ सय ७२ रुपैयाँ ४३ पैसादेखि ५ सय १७ रुपैयाँ २९ पैसासम्म दिइएको छ। कम्पनीले प्रतिकित्ता २ सय ४४ रुपैयाँ प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो। ...
डडेल्धुरामा करेन्ट लगाएर माछा मार्दा एक युवकको मृत्यु
समाज

डडेल्धुरामा करेन्ट लगाएर माछा मार्दा एक युवकको मृत्यु

डडेल्धुराको आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। डडेलधुराको आलिताल गाउँपालिका-७ राउजाली बस्ने २२ वर्षीय राजेन्द्र विष्टको खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय,जोगबुडाका प्रहरी निरिक्षक गगन सिंह भांटका अनुसार विद्युको मेन लाइनबाट तार तानेर सुनखोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।  शनिबार साँझ करिब ६ बजे करेन्ट लागेर बेहोस भएका विष्टलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो। विष्टको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको अस्पताल श्रोतले जनाएको छ। उक्त घटनाबारे थप  अनुसन्धान भइ रहेको प्रहरिले जनाएको छ। ...
नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य
खेलकुद

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भइरहेको खेलमा नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१२ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। २७ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्ल ४७ रनमा अविजित रहे। २० बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कुशल भुर्तेलले ३५, आसिफ शेखले ६, विनोद भण्डारीले १३, सुन्दीप जोराले ५ रन, गुल्शन झाले ३५ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भएका थिए। सोमपाल कामी एक रनमा अविजित रहे।  माल्दिभ्सका लागि नवाज इश्लामले सर्वाधिक तीन विकेट लिए।  ...
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
स्वास्थ्य

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुंदे सहमती भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाही गर्ने र त्यसका लागि आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारक पत्ता लगाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितत...
पेट्रोलियम पदार्थको भाउ फेरि बढ्याे, ग्यास प्रतिसिलिन्डर २१ सय १० रुपैयाँ पुग्यो
अर्थ/व्यापार

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्याे, ग्यास प्रतिसिलिन्डर २१ सय १० रुपैयाँ पुग्यो

सरकारले पेट्रोलियम पदार्थ खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको हो ।  निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको छ। त्यस्तै खाना पकाउने ग्यासको भने प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढेको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७६ रूपैयाँ ५० पैसा...
मनसुन फेरि सक्रिय : कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना
समाचार

मनसुन फेरि सक्रिय : कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा ठूलो वर्षाको सम्भावना

बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको छ । गएरातिदेखि देशका केही ठाउँमा पानी परिरहेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले कोशी र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भोलि र पर्सि भने ठूलो पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको छ । यसकै कारण कोशी, मधेस, बाग्मती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै, यो प्रणालीसँगै स्थानीय वायुको प्रभाव मिसिँदा केही ठाउँमा एकैछिनमा आरीघोप्टे वर्षासमेत हुने मौसमविद् अधिकारीले बताउनुभयो । केही दिन अघिसम्म मनसुन कमजोर थियो । जसले गर्दा खासै पानी परेको थिएन । तर, अस्ति शुक्रवारदेखि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको ...