Blog - Page 96 of 114 - साझाकुरा
बिहिबार, असार ११, २०८३

Blog

आजदेखि सोह्र श्राद्ध सुरू
समाज

आजदेखि सोह्र श्राद्ध सुरू

शनिबारदेखि सोह्र श्राद्ध सुरू भएको छ । सोह्र श्राद्धलाई पितृ पक्ष आरम्भ भएको रुपमा लिइन्छ । सोह्र श्राद्धको पहिलो दिन नै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरीएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यो तीथिलाई सोह्रश्राद्ध भनिएको हो । चाडपर्व तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका सा...
कोशी, मधेश र बागमती प्रदेशमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना
समाचार

कोशी, मधेश र बागमती प्रदेशमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित छ । शनिबार बिहान देशको कोशी, मधेश र बागमती प्रदेशहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेशको एक/ दुई स्थानमा हल्का वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, शनिबार राती कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी
राजनीति

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी

नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी हुनु भएको छ । शुक्रबार अबेर सम्मपन्न निर्वाचन पछि भएको मत गणनामा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी हुनु भएको हो । ढुङ्गेल ६ सय ९६ मत पाएर विजयी हुँदा दाहालले ४ सय ३९ मत मात्र पाउनु भएको थियो । उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी हुनुभएको हो । यसैगरी सचिवमा नवराज सिलवाल विजयी हुनु भएको छ । खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी हुनु भएको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो । ...
मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ
मुख्य समाचार

मालपोतका नासु र खरिदार डेढ लाख घुससहित पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । ...
दाेलखामा थप ३ किलो सुनसहित १ जना पक्राउ
अपराध

दाेलखामा थप ३ किलो सुनसहित १ जना पक्राउ

दाेलखामा थप तीन किलो सुनसहित एक जना पक्राउ परेका छन् । अस्ति बुधवार राति मात्रै दोलखाको सिङ्गटीबाट चार किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि आज फेरि थप तीन किलो सुन बरामद भएको हो । चीनबाट तस्करी गरेर ल्याउँदै गरेको तीन किलो सुनसहित आज जामुनेमा केशर तामाङ पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले जनाएको छ । चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने प्रहरीकाे अनुमान छ । अहिलेसम्म तस्करले ल्याएको सात किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । सुन तस्करीको आरोपमा अहिलेसम्म पाँच जना एकै गाउँका पक्राउ परिसकेका छन् । ...
शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर
अपराध, मुख्य समाचार

शम्भुनाथका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर

सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले निलम्बित मेयर गुप्तासहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको हो । शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताकाे घुस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए । अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दोषी ठहर गर्दै दुवै जनालाई छ महिना कैद र ७० हजार रुपैयाँ जरिबाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो । ...
सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
शिक्षा

सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ । शुक्रवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको हो । सरकार र शिक्षक महासंघबीच असोज ५ गते भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिष्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए । आन्दोलनरत शिक्षकहरुले आजबाट आन्दोलन रोकेर विद्यालयमा जाने र अब आन्दोलन भन्दा पनि लबिङको आवश्यकता रहेको बताए । सहमतिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय ऐन निर्माणमा नपुगेका, छुट...
ठगी आराेपमा अभिनेता अनमाेल केसी पक्राउ
समाचार, समाज

ठगी आराेपमा अभिनेता अनमाेल केसी पक्राउ

अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चलचित्र 'रावायण' मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता चन्द्रकला कटवाल थापाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो । उहाँका अनुसार केसीसहित चलचित्रका अन्य कलाकारसमेतले निर्माताहरूबाट एक करोड १५ लाख रुपैयाँ लिएको पाइएको छ । उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । ...
राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी
राजनीति

राजेन्द्र श्रेष्ठलाई जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाउनुभएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । यादवले आफू फर्किएर नआउञ्जेलसम्मका लागि कार्यवाहक अध्यक्षको रुपमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरु गर्ने गरी जिम्मेवारी तोकिएको छ यादव असोज २३ गते नेपाल फर्किने कार्यक्रम छ । ...
नवलपरासीमा खम्बाकाे बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे
समाचार

नवलपरासीमा खम्बाकाे बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । विद्युतकाे खम्बामा बलिरहेकाे बत्ती निभाउने क्रममा करेन्ट लागेर आज बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवकाे ज्यान गएकाे हाे ।  उहाँलाई उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । करेन्ट लागेका यादवलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो । उहाँकाे उपचारका क्रममा ज्यानगएकाे हाे । यादवलाई करेन्ट लागेको ठाउँमा वाइफाइ तथा अन्य तार भूइँसम्म लत्रिएको अवस्थामा भेटिएकाे स्थानीयले बताएका छन् ।  ...