Blog - Page 97 of 114 - साझाकुरा
बिहिबार, असार ११, २०८३

Blog

पाकिस्तानकाे बलुचिस्तानमा विस्फाेट हुँदा कम्तीमा ५२ जनाकाे ज्यान गयाे
अन्तर्राष्ट्रिय

पाकिस्तानकाे बलुचिस्तानमा विस्फाेट हुँदा कम्तीमा ५२ जनाकाे ज्यान गयाे

पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा आज शुक्रवार बिहान भएको विस्फोटमा परि कम्तीमा ५२ जनाकाे जनाको ज्यान गएको छ । विस्फाेटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै विस्फोट भएको हो । बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले विष्फोट गराएका बताउँदै यसको निन्दा गरेका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ । ...
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।  आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।  ‘यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ’, उहाँले भन्नुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका धेरैजसो...
यो सरकार रहनु देशका लागि दुर्भाग्य : ओली
मुख्य समाचार

यो सरकार रहनु देशका लागि दुर्भाग्य : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार रहनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । तर कांग्रेस कुन संसारमा छ भन्ने थाहा नभएका कारण विकल्प पनि नदेखिएको उनले बताए । शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार नचलेको बताए । सरकार अपराधीको संरक्षकको रुपमा देखिएको भन्दै उनले भने, ‘यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’ सरकार हटाउन पहल गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी आफैं जान चाहिरहेका छैनौं । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति देखिनँ ।’ प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प हुने भएपनि कांग्रेसले यसबारे नसोचेको उनले बताए । एमाले अध्यक्ष ओलीले भने, ‘कांग्रेस कुन संसारमा छ भन्ने नै थाहा छैन । देशको अवस्थाप्रतिको गम्भीरता केही देखिन्न ।’ ...
नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३ सय ७१ दिन अन्तरिक्षमा विताएर फर्किए
रोचक

नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३ सय ७१ दिन अन्तरिक्षमा विताएर फर्किए

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने अमेरिकी नागरिक बनेका छन् । रुबियो अन्तरिक्षमा ३ सय ७१ दिन बिताएर पृथ्वीमा फर्किएसँगै उनी हालसम्मकै सबैभन्दा बढी समय अन्तरिक्षमा बिताउने अ‍ेमेरिकी नागरिकमा सामेल भएका हुन् । उनीसँगै अरू दुई रूसी अन्तरिक्ष यात्री पनि सँगै फर्किएको बीबीसीले जनाएको छ । १ सय ८० दिन अन्तरिक्षमा बस्ने योजना रहेपनि प्राविधिक कारणले उनी बढी समय बस्न बाध्य भएका हुन् । उनको यान अन्तरिक्षमै स्पेस जंकसँग ठोक्किदा यानमा केही खराबी आएकाले उनको यात्रा लम्बिएको बताइएको छ । रुबियोको अहिले रिकभरि टिमले हेरचाह गरिरहेको छ । यसैबीच, उनको यो लामो यात्राबाट धेरै महत्वपूर्ण जानकारी मिल्ने पनि वैज्ञानिकले आशा गरेका छन् । ...
सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर
अर्थ/व्यापार

सर्वसाधारणका लागि असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर

सर्वसाधारणका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।  कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरूका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो।  जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीको भनाइ छ।  त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरूका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूका लागि ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ। आइपिओमा न्यूनतम १...
राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन
समाचार

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

राष्ट्रपति कार्यालयका सहसचिव शेरजंग कार्कीको निधन भएको छ। उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो। बिहीबार बेलुकी कार्कीको स्वास्थ्यमा  सामान्य समस्या देखिएको उनका एक सहकर्मीले बताएका छन्।  उपचारका लागि कार्कीलाई बिहान नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले उनलाई  मृत घोषित गरेका थिए। उनी राष्ट्रपति कार्यालयको कानुन महाशाखामा कार्यरत थिए। उनका श्रीमती,एक छोरा र एक छोरी छन्। ...
विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
खेलकुद

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।  उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन् । सिनियर टिमको ब्याकअप मानिएको एउटा पुस्ताकै पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर पर्ने अवस्था आइसकेको जानकारहरू बताउँछन्  ...
इजरायलमा सहायक कामदार पठाउन दोस्रो चरणको तयारी गर्दै सरकार
अन्तर्राष्ट्रिय

इजरायलमा सहायक कामदार पठाउन दोस्रो चरणको तयारी गर्दै सरकार

नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेकाे छ ।  इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिनुभयाे। उहाँका अनुसार इजरायलले सहायक कामदारको रूपमा पाँच सय जना नेपालीलाई लैजाने इच्छा देखाएको छ । इजरायलले पहिलो चरणको तुलनामा बढी सङ्ख्यामा सहायक कामदार लैजान रुचि देखाएकाले अहिले सरकारी प्रक्रियामार्फत् नै दोस्रो चरणमा कामदार पठाउने तयारी थालिएको घिमिरेले बताउनुभयो । पहिलो चरणमा इजरायलमा गएकाहरूको अवस्थासँगै दोस्रो चरणको तयारीका लागि श्रममन्त्रीस्तरीय इजरायल भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा छनोट भएकाहरूलाई इजरायल रोजगारीमा पठाउने क्रम सकिनै लागेकाे घिमिरेले बताउनु भयाे ।  इजरायल रोजगारीमा सन् २००९ सम्म ...
एमाले कोशी अधिवेशन आजदेखि, को-को छन् अध्यक्षका दाबेदार
राजनीति

एमाले कोशी अधिवेशन आजदेखि, को-को छन् अध्यक्षका दाबेदार

नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन शुक्रबार (आज) विराटनगरमा सुरु हुँदैछ। संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। हालसम्म  पार्टी केन्द्रले तोकेको नेतृत्वले प्रदेश पार्टी सञ्चालन गरिरहेको एमालेमा अधिवेशनले उत्साह सञ्चार गरेको कार्यकर्ताहरु बताउँछन। कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि  १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ। हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्। अब त्यसको  पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी रहे पनि विवादका कारण चयन हुन सकेको छैन। स्रोतका अनुसार अधिवेशनबाट अध्यक्षको पुनः दाबी गरिरहेका हालका अध्यक्ष तुलसी न्यौपाने पक्ष प्रतिनिधि मनोनयन गर...
आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै
स्वास्थ्य

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनुभयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ । यस्तै,  सकभर मासु कम खाने, सागपा...