जेठ १०
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले उत्तरदायी पत्रकारीताका लागि सामुदायिक रेडियोको भुमिका अब्बल रहेको बताउनु भएको छ ।
दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा १०२.४ मेगाहर्जको ३०औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री डा तिमल्सिनाले नेपालको भौगोलिक अवस्था र समुदायको सहज पहुँचका कारण अझैपनि रेडियोहरुको महत्व नघटेको बताए । नेपालमा मर्यादित र उत्तरदायी पत्रकारिताको अझै खाँचो रहेकाले रेडियोले प्रसारण सामग्रीमा भने थप गुणस्तरियता ल्याउनुपर्ने मन्त्री तिमल्सिनाको भनाई थियो ।
अहिले अधिकांश सञ्चारमाध्यमले टिक्नका लागि कठिन सङ्घर्ष गरिरहनुपरेको छ । सञ्चारमाध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्नेगरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने मन्त्री डा तिमल्सिनाले प्रतिवद्धता जनाए । लोककल्याणकारी विज्ञापन प्रसारणमा राज्यको बार्षिक रु ३० करोड बढि खर्च भएपनि त्यसभित्र चलखेल भएकाले प्रसारणलाई थप ब्यवस्थीत बनाउन हाललाई त्यो रोकिएको जानकारी दिए ।
“सञ्चारमध्यमले पाउनुपर्ने विज्ञापन पाउन सकेका छैनन्, यसका लागि श्रमजीवी पत्रकारले आवाज उठाउनुपर्छ । सरकारलाई बुझाएको कर सदुपयोग हुनुपर्छ, लोककल्याणकारी विज्ञापनको दुरुपयोग भएको भए सोको उचित हिसाब हुन्छ । जनताको इच्छा र अपेक्षाअनुसारको सञ्चारका लागि लोककल्याणकारी विज्ञापन खर्च हुनुपर्ने सञ्चरमन्त्री डा तिमल्सिनाले बताए ।