सुत्केरी महिलाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारको लागी नेपाली सेनाको हेलिकप्टरद्वारा पठाउने कार्यमा सहयोग गर्दै संखुवासभा प्रहरी । खाँदबारी ७ कि ३० बर्षिया सबिता मगरको हिजो सुत्केरी ब्यथाले च्यापेर खाँदबारी अस्पताल भर्ना भएकी उनको शल्यकृया मार्फत नवजात शिशु निकालिए पनि अत्याधिक रक्तश्रावका कारण अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि थापाथली स्थित प्रशुति गृहमा पठाईएको जिल्ला अस्पताल संखुवासभाका प्रमुख सन्तोष देबले जानकारी लिए ।