ओभरलोड भएपछि प्राधिकरणले भन्यो अत्यावश्यकबाहेक विद्युतीय सामग्री नचलाउनु - साझाकुरा
शनिबार, जेष्ठ २३, २०८३

ओभरलोड भएपछि प्राधिकरणले भन्यो अत्यावश्यकबाहेक विद्युतीय सामग्री नचलाउनु


editor@sajhakura June 5, 2026

जेष्ठ २२
नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण शाखाले बढ्दो गर्मीका कारण बिद्युतको माग बढेको भन्दै अत्यावश्यकबाहेक विद्युतीय सामग्री नचलाउन आग्रह गरेको छ ।
गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न ग्राहक समक्ष अनुरोध गरिएको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले जानकारी दिए ।
अहिले गर्मी बढेसँगै ओभरलोडका कारण ट्रान्सफर्मर पड्कने, तार पग्लने, जल्नेजस्ता समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या हुन गएको वहाँको भनाई छ।
भरतपुर वितरण केन्द्रले दैनिक ६५ मेगावाट विद्युत् खपत हुँदै आएको जनाएको छ ।
सबै ग्राहकले गर्मीको समयमा विद्युत् खपत बढाउँदा समस्या आएको चौधरीले बताए।यस वितरण केन्द्रका दुईवटा सबस्टेसनमा ९०–९० मेगावाट विद्युत् आपूति हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *