१० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने जिल्ला संखुवासभा बस्ने ३० वर्षीय अरुण राई पक्राउ परेका छन् ।
पीडित बालिकाकी आमाले २०८३ साल जेष्ठ २० गते जिल्ला प्रहरी कार्यालय संखुवासभामा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भईरहेको छ ।