सभापोखरीमा निशुल्क स्वास्थ्य शिवीर संचालन - साझाकुरा
बिहिबार, जेष्ठ २१, २०८३

सभापोखरीमा निशुल्क स्वास्थ्य शिवीर संचालन


editor@sajhakura June 4, 2026

स्वास्थ्य कार्यालय संखुवासभा र सभापोखरी गाउँपालिकाको संयुक्त आयोजना तथा जिल्ला अस्पताल संखुवासभाको प्राविधिक सहयोगमा सभापोखरी आधारभूत अस्पताल र धुपु स्वास्थ्य चौकीमा निःशुल्क प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी स्क्रिनिङ तथा व्यवस्थापन शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा स्थानीय महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या ९ग्तभचष्लभ एचयबिउकभ०, पिसाब चुहिने समस्या लगायत विभिन्न प्रसूति तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा, परीक्षण तथा परामर्श प्रदान गरिएको थियो।
ग्रामीण क्षेत्रका महिलाहरूलाई आफ्नै समुदायमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर संचालन गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *