कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक - साझाकुरा
बिहिबार, जेष्ठ २१, २०८३

कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक


editor@sajhakura June 4, 2026

जेष्ठ २१
नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ ।
पार्दासम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । त्यो सङ्ख्या बढेर साँझसम्म ४ लाख पुग्ने अनुमान समितिको रहेको रसाइलीजे जानकारी दिए ।
१४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार बढी थिए । अहिले त्यो घटेर ३ लाख ७५ हजारमा झरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *