खाँदबारी खानेपानी तथा सरसफाई संस्थाको आगामी जेष्ठ २४ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको छ । आज बसेको सर्वदलिय सर्वपक्षिय बैठकले बिधानको पुर्ण तैयारी पुरा नभएकाले हाललाई अधिवेशन अर्को सुचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएकाले जेष्ठ २४ गतेको को अधिवेशन सर्ने निश्चित भएको खाँदबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिब्यराज बरालले जानकारी दिए ।