असार २५
त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडी आत्मदाह आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्थाथप गम्भीर बन्दै गएपछि उनलाई अहिले वीर अस्पतालको आईसियूमा राखि उपचार थालिएको छ । उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार उनको शरीरको करिव ६० प्रतिशत भाग जलेको छ ।
बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ चिकित्सको भनाई छ ।