editor@sajhakura, Author at साझाकुरा - Page 14 of 97
शनिबार, असार १३, २०८३

Author: editor@sajhakura

अपराध, समाचार

मानव बेचबिखन आरोपमा एक पक्राउ

बैसाख २२ मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नपा–१ का २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार साँझ ७ बजेको समयमा वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको जनाएको छ । वीरगन्ज–१६ शंकराचार्य गेटस्थित सडक खण्डमा प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीको चेकिङ गस्तीले नेपालबाट भारततर्फ जाँदै गरेका एक पुरुष तथा १ युवतीलाई रोकेर सोधपुछ गर्दा शंकास्पद जवाफ आएकाले उनीहरुलाई निण्न्त्रणमा लिई थप अनुशन्धान गरिएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार क्रममा तामाङले वीरगन्ज नजिक कपडा कारखानामा आकर्षक रोजगारि दिलाउने प्रलोभन देखाएई भारत लैजान लागेको खुलासा भएको प्रहरीले जनाएको छ । तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा पर्सा जिल्ला अदाल...
सुधार केन्द्रमा कुटपिट गरिएको घटना बाहिरियो
अपराध, समाचार

सुधार केन्द्रमा कुटपिट गरिएको घटना बाहिरियो

वैशाख २२, रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा आश्रित एक युवकमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको घटना बाहिरिएको छ। सुधार केन्द्रमा एक युवकको खुट्टामा पाइपले हिर्काएको पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। राइजिङ नेपाल सुधार केन्द्रभित्र तीन जनाले एक युवकलाई लडाएर समाउँछन्। अर्का एक जनाले सेतो पाइपले पैतलामा लगातार कुटपिट गरेको भिडियोमा प्रस्ट देखिन्छ। ४१ सेकेन्ड लामो भिडियोमा कुटपिटबाट युवक कराएको आवाज बाहिरिन नदिन पृष्ठभूमिमा ठूलो आवाजमा संगीत बजाएको सुनिन्छ। सुधार केन्द्रका सञ्चालक सुरजकुमार गुप्ताले आफूले राखेको गौरका स्थानीय कर्मचारीले ७र८ महिना अघि भिडियो बनाएको र उनीहरूले लागूऔषध सेवन गरेको फेला पारेर निकालेपछि भिडियो भाइरल गरेको दाबी गरे। ‘विकास गुप्ता भन्ने मेरो पुरानो कर्मचारीले मलाई बदनाम गर...
धनकुटामा बस दुर्घटनामा परि घाईते भएका १४ मध्ये एकको मुत्यु,
समाचार

धनकुटामा बस दुर्घटनामा परि घाईते भएका १४ मध्ये एकको मुत्यु,

२२ वैशाख २०८२ धरानबाट भोजपुरका लागि छुटेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा १३ जना घाईते भएका छन् भने १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाईते भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको छ भने अन्य तीन जनाको गंभिर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेलाई उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको छ । सोमबार बिहान करिव १०ः२० बजे धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सडकबाट खस्दा दुर्घटना भएको हो । उक्त घटनामा घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घाईतेहुने हरुमा भोजपुर षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरा...
पत्रकार महासंघ संखुवासभाद्धारा अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवश मनाईयो÷ पत्रकार देख्दा डर त्रास हैन समाजले आड भरोषा महशुस गर्न सकोस
अन्तर्राष्ट्रिय, समाचार

पत्रकार महासंघ संखुवासभाद्धारा अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवश मनाईयो÷ पत्रकार देख्दा डर त्रास हैन समाजले आड भरोषा महशुस गर्न सकोस

संखुवासभा बैसाख २० नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना तथा छलफल र चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षता र नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य ईन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिबासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष तथा पत्रकार महासंघका उपाध्यक्ष मेघराज तामाङ्ग, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष जनक चापागाईं, चौतारीका पुर्व अध्यक्ष प्रेम प्रसाद निरौला, पत्रकार महासंघका सहसचिव तथा फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष सुजन बज्राचार्य लगायतको उपस्थीति रहेको थियो । पत्रकार महासंघका उपाध्यक्ष यमुना गुरागाईंले उपस्थीत पत्रकारहरुलाई स्वागत गर्दै ३२ औं अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका उपलक्षमा शुभकामना प्रकट गर्नूभएको थियो । कार्यक...
शिलिचोङमा राष्ट्रिय परिचयपत्रका लागि घुम्ति शिवीर संचालन
समाचार, समाज

शिलिचोङमा राष्ट्रिय परिचयपत्रका लागि घुम्ति शिवीर संचालन

जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा सिलिचोङ गाउँपालिकाको सहजिकरणमा संखुवासभाको शिलिचोङका सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रका लागि बैयक्तिक तथा जैविक बिवरण संकलन गर्न घुम्ति शिवीर संचालन हुने भएको छ । आज संचारकर्मी संगको भेटघाटमा प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेलले राष्ट्रिय परिचय पत्रका लागि बैयक्तिक बिवरण संकलनका लागि शिवीर संचालन गर्न टोलि त्यसतर्फ खटाईएको जानकारी दिए । शिवीरमा बनिसकेका राष्ट्रिय परिचय पत्र सहज रुपमा बितरण गरिने र हालसम्म पनि परिचय पत्र नबनाएका लक्षित सेवाग्राहीलाई परिचय पत्र बनाउनका लागि घरगाउँमै पुगेर आवश्यक विवरण संकलन गरिने प्रजिअ पोख्रेलले बताए । यसबाट अपांङगता भएका, जेष्ठ नागरिक तथा बृद्धबृद्धा र असक्त नागरिक लाभान्वीत हुने अपेक्षा राखिएको छ । शिवीर शिलिचोङ वडा नं. २, ३ र ५ मा संचालन हुने जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ। ...
हिमाल आरोही किपा लामु शेर्पा सम्मानित
समाचार, समाज

हिमाल आरोही किपा लामु शेर्पा सम्मानित

संखुवासभा मकालु २ नं वडा, पत्रकार महासंघ र प्रेस चाैतारीद्वारा मकालु हिमाल आराेहि किपा लामु शेर्पालाई खाँदबारीमा सम्मान गरिएकाे छ । उनले विश्वको पाँचौ अग्लो मकालु हिमाल(८,४८५ मि.) को गत २०८१ चैत्र २८ गते विहान १० बजेर १० मिनेटमा सफल आराेहण गरेकि हुन् । मंगलबार सदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाे आयाेजना गरि प्रमुख अतिथी जिसस प्रमुख सुमन शाक्य, प्रजिअ दिब्यराज पोख्रेल र २ नंं.वडाध्यक्ष छोपाल शेर्पा लगायत राजनितिक दल र संचारकर्मिहरुले खादा माला सहित दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मानित गरेका हुन् । जिल्लाको मकालु गाउँपालिका वडा नं.२ स्थित नुर्बु गाउँमा जन्मिएकी शेर्पाले २८ बर्षको उमेरमा विश्वको पाँचौ अग्लो मकालु हिमाल सफल आरोहण गरेकी हुन् । ‘सानै देखी दुःखसँग लड्दै चौरी गोठमा हुर्केकी बहिनीले मकालु हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो उमेरको महिला बनेकोमा गर्व महसुस भएको मकालु २ ...
सिटिस्क्यान मेसिन खरिद प्रकृया राेक्ने काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति संखुवासभामा जन आक्राेस बढ्दै । निर्णय फिर्ता लिन आग्रह
समाचार, स्वास्थ्य

सिटिस्क्यान मेसिन खरिद प्रकृया राेक्ने काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति संखुवासभामा जन आक्राेस बढ्दै । निर्णय फिर्ता लिन आग्रह

संखुवासभा चैत्र २२ कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल संखुवासभामा सीटी स्क्यान मेसिन खरिद प्रक्रिया रोक्न निर्देशन दिएकाे भन्दै संखुवासभामा काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति जन आक्राेस बढ्दै गएकाे छ । काेशी प्रदेश सरकारले सिटिस्क्यान मेसिन खरिदका लागि यो वर्ष ७ करोड रुपैयाँ बिनियाेजन गरेकाे थियो। जिल्ला अस्पताल संखुवासभामा संखुवासभासहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बिरामीकाे घुईंचाे लाग्ने गरेकाे छ । संखुवासभामा सिटिस्क्यान मेशिन नहुँदा सामान्य दुर्घटना भएका बिरामी समेत सीटी स्क्यान गराउन धेरै रकम खर्चेर सुविधा सम्पन्न अस्पतालमा पठाउनु पर्ने बाध्यात्मक अवस्था छ। मेसिन खरिद कार्यक्रम कार्यन्वयन नगर्ने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालयले पत्र मार्फत जानकारी गराएको संखुवासभा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्...
‘आफ्नै जीवनी, आफ्नै लेखनी’ पुस्तक विमोचन
समाचार, समाज

‘आफ्नै जीवनी, आफ्नै लेखनी’ पुस्तक विमोचन

नवीन गुरुङ चैत्र २० खाँदबारीका स्थानीय तथा पूर्वकर्मचारी लोकमान मास्केको जीवनकथा ‘आफ्नै जीवनी आफ्नै लेखनी’ पुस्तक विमोचन भएको छ। बुधबार संखुवासभाको सदरमुकाम खाँदबारीमा एक कार्यक्रमबिच जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाकी उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, साहित्यकार ताराबहादुर बुढाथोकी र हिमालय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पराजुलीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमख सुमन शाक्यले लामो समय सरकारी जागिरे जीवन बिताएका मास्केले खाँदबारीमा बिताएकाे बाल्यकाल, शिक्षा र जीवन भोगाइ आफ्नै मातृभूमिका कथाहरूलाई सिलसिलेवार रूपमा शब्दमा उनको बताए। कार्यक्रममा साहित्यकारद्वय ताराबहादुर बुढाथोकी र भरत कुलुङले पुस्तकबारे चर्चा गरेका थिए। पुस्तक निकै आकर्षक र राम्रो, लेखनशैली सिलसिलेवार रहेको बत...
दोषीउपर कडा कार्वाहीको माग राख्दै पत्रकार महासंघ संखुवासभाद्धारा नेपाल सरकारको ध्यानाकर्षण
समाचार

दोषीउपर कडा कार्वाहीको माग राख्दै पत्रकार महासंघ संखुवासभाद्धारा नेपाल सरकारको ध्यानाकर्षण

चैत्र १८ गत चैत्र १५ गते आन्दोलनका नाममा पत्रकार हत्या र संचारमाध्यम माथी भएको आक्रमणको निन्दा गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले नेपाल सरकारको ध्यानाकर्षण गराएकाे छ । प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेल मार्फत सरकारलाई पठाईएको ध्यानाकर्षण पत्रमा पत्रकारको शुरक्षा र संचार माध्यम माथिको आक्रमणको तत्काल छानबिन गरि उचित क्षतिपुर्ति दिलाउन माग गरिएको छ । राजाबादीहरुले संचालन गरेको आन्दोलनमा सुरेश रजकको नृशंस हत्या गरिएको, केहि संचारकर्मीहरुमाथि निर्घात कुटपिट गरिएको, संचारगृहहरुमा आगो लगाई क्षतिपुर्याईको उल्लेख गर्दै मृतक पत्रकार रजकको हत्यारा र संचारगृहमा आक्रमण गर्ने दोषीलाई तत्काल कार्वाही गर्न माग राखिएको छ । सुचना र संचारमार्फत लोकतन्त्र गणतन्त्रको प्रत्याभुति दिलाउन अहोरात्र खटिएका संचारकर्मी अशुरक्षित रहेकाले शुरक्षाको ग्यारेण्टी गर्न समेत सरकारलाई ध्यानकर्षण...
पत्रकार हत्या र संचारगृह माथिको आक्रमणको पत्रकार महासंघ संखुवासभाद्वारा विरोध
समाचार

पत्रकार हत्या र संचारगृह माथिको आक्रमणको पत्रकार महासंघ संखुवासभाद्वारा विरोध

चैत्र १६ शुक्रबार राजावादीको प्रदर्शनका क्रमश काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र विभिन्न संचार माध्यममाथी भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले विरोधसभाको आयोजना गरेको छ ।  शनिबार दिउँसो खाँदबारी चाँदनीचौंकमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले विरोध सभा कार्यक्रमको आयोजना गरेको हो । समाचार संकलनको लागि खटिएको पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा संखुवासभाका पत्रकारहरु आन्दोलित भएका हुन् । पत्रकारले स्वतन्त्र पत्रकारिता गरिरहँदा पत्रकारलाई टार्गेट गरेर हत्या, कुटपिट र संचार संस्था माथिको आक्रमण निन्दनीय भएको पत्रकार महासंघ संखुवासभाको भनाइ छ । विरोध सभालाई सम्बोधन गर्दै अग्रज पत्रकार भोलानाथ गौलीले पत्रकारहरु सधैं छिटो र नयाँ ताजा समाचार बेक्रिङ गर्ने उद्धेश्यले कर्ममा खटिने गरेको बताउर्दै त्यही पत्रकार माथि आन्दोलित समुदायले...