बीमाको रकम लिन आफैं पसलमा आगो, पोल खुलेपछि पक्राउ
श्रावण २१
पोखरा । साउन १६ को बिहानै पोखरा ६ लेकसाइडमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगोलागी बाट १ करोड ५० लाख रुपैंया बरावरको क्षति भएको प्रहरीले निष्कर्ष निकाल्यो ।
गहतराजले ४ वर्षदेखि मदिरा तथा किराना सामग्री पाइने सपिङ सेन्टर संचालन गर्दै आएका थिए । घटना पछि उनले इन्भटर सर्ट भएर आगो लगाएको बताएका थिए । शंका लागेपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा व्यवसायमा निरन्तर घाटा भएपछि बीमाको रकम दाबी गर्ने उद्देश्यका साथ आफैंले आगो लगाएको रहस्य खुल्यो ।
प्रहरीका अनुसार आगलागीको घटनापछि इन्भटर बिक्री गर्ने पसलका धनीलाई भेट्यो, जसले इन्भटर सर्ट भएर आगो नलाग्ने बताए । नेपाल विद्यूत प्रधिकरणले पनि घटना बुझेपछि विद्युत सर्ट नभएको जानकारी दियो ।
आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको आशंका थियो । गहतराजले...








