राजनीति Archives - Page 2 of 11 - साझाकुरा
शनिबार, साउन २, २०८३

राजनीति

कर्मचारी संगठनहरुद्वारा आन्दोलनको चेतावनी
राजनीति, शिक्षा, समाचार

कर्मचारी संगठनहरुद्वारा आन्दोलनको चेतावनी

बैसाख २२ कर्मचारी संगठनहरुले कर्मचारीहरुको ट्रेड युनियनको व्यवस्था खारेज गर्ने निर्णय फिर्ता नलिए चरणवद्द आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशबाट कर्मचारीको ट्रेड युनियन खारेज गरिएको छ । सरकारी निर्णय विरुद्द कर्मचारीका ६ संगठनले विज्ञप्ति निकालेर ट्रेड युनियन अधिकार पुन:स्थापित गर्न माग गरेका हुन् ।...
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
राजनीति, समाचार

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

बैसाख २२ राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए । अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ । ...
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
राजनीति, समाचार

संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने

बैसाख २२ राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए । अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ ।...
बैसाख २८ मा संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस
राजनीति, समाचार

बैसाख २८ मा संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

बैसाख २२ सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । उक्त दिन दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जनाईएको छ ।...
युथ काउन्सिल खारेज गर्न राप्रपा सम्सदीय दलका नेता ज्ञानेन्द्र शाहीको माग
राजनीति, समाचार

युथ काउन्सिल खारेज गर्न राप्रपा सम्सदीय दलका नेता ज्ञानेन्द्र शाहीको माग

बैसाख २२ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विदेशी दूतावासद्वारा सञ्चालित युथ काउन्सिल तत्काल खारेज गर्न प्रधानमन्त्री बालेन् शाह समक्ष आग्रह गरेका छन् । शाहीले आज एक अपिल जारी गर्दै सरकारले हालै गरेको विद्यार्थी युनियन तथा कर्मचारी ट्रेड युनियन खारेजीको निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै उक्त कदम नेपालको शिक्षा क्षेत्र र प्रशासनिक प्रणालीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन गरिएको महत्वपुर्ण र ऐतिहाँसिक निर्णय भएको दावी गरेका छन् । नेता शाहीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता तथा युवा पुस्तामाथि पर्ने बाह्य प्रभावलाई ध्यानमा राख्दै नेपालमा विदेशी निकाय तथा दूतावासद्वारा सञ्चालन भइरहेका युथ काउन्सिलहरूबारे कडाईका साथ निगरानी गर्न समेत आग्रह गरिएको छ । शाहीले त्यस्ता काउन्सिलहरू खारेज गर्न तथा नेपाल सरकारको स्पष्ट अनुमति बिना कुनै पनि विदेशी संस...
प्रभाव बढाउँदै एमाले उम्मेदवार डक्टर अर्जून कुमार कार्की
बिज्ञापन/सुचना, राजनीति, समाचार

प्रभाव बढाउँदै एमाले उम्मेदवार डक्टर अर्जून कुमार कार्की

नेकपा एमाले संखुवासभाले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ४ दशक लामो अनुभव बोकेका डाक्टर अर्जून कुमार कार्कीको उम्मेदवारीले संखुवासभाको समग्र क्षेत्रको बिकासमा अर्थपुर्ण उपलब्धी हुनसक्ने संखुवासभाली मतदाताहरुले अपेक्षा राखेका छन् ।
मतदाताको मन जित्दै रास्वपा उम्मेदवार मिङ्गमा शेर्पा
बिज्ञापन/सुचना, राजनीति, समाचार

मतदाताको मन जित्दै रास्वपा उम्मेदवार मिङ्गमा शेर्पा

पछिल्लो समय संखुवासभाको चुनावी महाअभियानमा रास्वपाका उम्मेदवार मिङ्गमा शेर्पाको चर्चा चल्न थालेको छ । नेपाली काँग्रेस र नेकपा एमालेले बर्चश्व जमाउँदै आएको संखुवासभामा यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिश्व किर्तिमानि हिमाल आरोही मिङ्गमा शेर्पाले काँग्रेस र एमालेको बर्चश्वलाई चूनौति दिँदै आफ्नो चुनावी अभियानलाई तिब्रता दिएको धेरै मतदाताले आँकलन गरेका छन् । ...
मतदाता बिच श्रेष्ठकाे चर्चा
राजनीति

मतदाता बिच श्रेष्ठकाे चर्चा

संखुवासभामा बिकासप्रेमी यूवा नेता दीपन कुमार श्रेष्ठ अहिले चर्चाको शिखरमा संखुवासभाको बिकासमा अहोरात्र खटिरहने दीपन कुमार श्रेष्ठ यतिवेला संखुवासभामा चर्चाको शिखरमा छन् । ग्रामीण बिकासमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका दीपन कुमार श्रेष्ठ जिल्लाको सबै भुगोल संग परिचित नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुन् । हरेक क्षेत्रको सम्भावना र चुनौतिहरुलाई नजिकबाट बुझेका श्रेष्ठको परिपक्क राजनितिक अनुभव र निश्कलंङ्क छवीले जिल्लाको समग्र बिकासको चाहना पुरा हुने आसा पलाएको छ । सुखमा होस या दुखमा आफ्नो राजनितिक कर्ममा निरन्तर लागिरहेका श्रेष्ठ नेपाली काँग्रेसको राजनितिमा सानै उमेरदेखि होमिएका ईमान्दार नेता हुन । जिल्लाको समसामयीक राजनिति मात्र नभएर ईमान्दार समाजसेवी समेत हुन् । जिल्लाको समग्र बिषयमा जानकार श्रेष्ठले जिल्लामा भएका हरेक राजनितिक परिघटनाहरुमा अग्रणी भुमिका निर्वाह गर्दैआएका छन् ...
आयाेगद्वारा नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक पाैष ३
राजनीति, समाचार

आयाेगद्वारा नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक पाैष ३

निर्वाचन आयोगले ‘ नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ भन्ने नाराका साथ आयाेगले स्रोत पुस्तिका तयार पारेकाे हो । स्रोत पुस्तिकाकाे सात वटा परिच्छेदकाे पहिलो परिच्छेदमा लोकतन्त्र र संविधान, दोस्रोमा चुनाव तथा राजनीतिक दलसम्बन्धी व्यवस्था समावेश छ । तेस्रो परिच्छेदमा चुनावी प्रणाली, विभिन्न तहका चुनाव र समावेशिता, चौथो परिच्छेदमा निर्वाचन चक्र, मतदान प्रक्रिया, नोटा (नो भोट) र मतगणना प्रकृयाबारे जानकारी दिइएको छ । पाँचौँ परिच्छेदमा निर्वाचन व्यवस्थापन गर्ने निकाय र सम्बद्ध कानुन, छैटौँ परिच्छेदमा निर्वाचन आचारसंहिता, यसको पालना, अनुगमन र पर्यवेक्षण सातौँमा निर्वाचनका सरोकारवाला, नागरिकको अधिकार–कर्तव्य, शिक्षकको भूमिका तथा निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमण सम्बन्धी विषय...
महाधिवेशन प्रतिनिधीको निर्वाचनका सम्पुर्ण तैयारी पुराः बिवेकका साथ सम्हाल्लिएर मतदान गर्न जिल्ला निर्वाचन संयोजक दाहालको आग्रह
राजनीति, समाचार

महाधिवेशन प्रतिनिधीको निर्वाचनका सम्पुर्ण तैयारी पुराः बिवेकका साथ सम्हाल्लिएर मतदान गर्न जिल्ला निर्वाचन संयोजक दाहालको आग्रह

संखुवासभा मंशिर १२ नेकपा एमाले संखुवासभाको महाधिवेशन प्रतिनिधी छनौटको सम्पुर्ण तैयारी पुरा भएको जनाएको छ । सनिवार जिल्लाका दस वटै पालिकामा नेकपा एमालेले निर्वाचन मार्फत ११ औं महाधिवेशनका लागि प्रतिनिधी छनौट गर्दैछ । ६ जना महाधिवेशन प्रतिनिधीका लागि १८ जनाको उम्मेदवारी परेको कार्यालय सचिव झलक बुढाथोकीले बताए । १३ गते बिहान देखि दिउँसो ३ बजे सम्म मतदानको समय तोकिएको छ । ३०८२ मध्ये २८८० संगठित सदस्यहरुले मतदान मार्फत महाधिवेशन प्रतिनिधी चयन गर्ने कार्यक्रम रहेको जिल्ला निर्वाृचन संयोजक शान्ति कुमार दाहालले जानकारी दिए । भोली सनिवार हुने निर्वाचनले तीन महिला प्रतिनिधी उम्मेदवार मध्ये मतदान मार्फत २ जना महिला प्रतिनिधी र खुल्ला तर्फ १२ जना उम्मेदवार मध्ये ३ जना, त्यसैगरि तीन जना युवा मध्ये एक जना महाधिवेशन प्रतिनिधिको चयन गर्ने निर्वाचन संयोजक दाहालले जानकारी दिए । दलित महिला प्रतिन...