नेपाल पत्रकार महासंघको संयोजनमा सार्वजनिक सुनुवाई कार्यक्रम
संखुवासभा माघ १०
नेपाल पत्रकार महासंघ संखुवासभाको संयोजन तथा खाँदबारी नगरपालिकाको आयोजनामा खाँदबारी नगरपालिकाको सेवा प्रवाह, बिकास निर्माण तथा सुशासनका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएको छ ।
संखुवासभाको सबैभन्दा पहिलो नगरपालिका खाँदबारी नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को सन्दर्भमा गरिएका योजना कार्यान्वयनको अवस्था, सेवाप्रवाह र समस्या चुनौती, अवसर र संभावनाका बारेमा नगरपालिकाका जिम्मेवार नेतृत्वबाट जवाफ खोज्ने उदेश्य स्वरुप आगामी माघ १४ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तय भएको नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले जानकारी दिए ।
नगरपालिकाबाट भैरहेको सेवा प्रवाहको अवस्था, आर्थिक बर्ष २०८१÷०८२ मा नगरसभाबाट पारित निति तथा कार्यक्रमको प्रगति विवरण र सुशासनको अवस्थाका बारेमा नगरबासिलाई सुसुचित गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श...









