नयाँ शिक्षा ऐनको माग राख्दै संखुवासभामा शिक्षकहरु आन्दोलित
संखुवासभा, फागुन ६
(फोटो फिचर सहित)
शिक्षक संगठनहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक महासंघले नयाँ शिक्षा ऐन लागु हुनुपर्ने माग राख्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । देशका ७ सय ५३ वटै पालिकाहरुमा आजबाट महासंघले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । यसै सन्दर्भमा नेपाल शिक्षक महासंघ संखुवासभाले खाँदबारी नगरपालिका लगायत जिल्लाका दशैवटा पालिका प्रमुखहरुलाई शिक्षा ऐन २०२८ खारेजी तथा नयाँ शिक्षा ऐनको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।
आज नेपाल राष्ट्रिय शिक्षक महासंघ र जिल्ला स्थीत शिक्षक संगठनहरुका प्रतिनिधीहरुले सबै शिक्षक संगठनहरुको अगुवाई गर्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया नगर शिक्षा संयोजक दीपकमणी घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । उनिहरुले शिक्षा ऐन २०२८ समय सान्दर्भिक र शिक्षकको हितमा नभएकाले नयाँ शिक्षा ऐन लागु गरि शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न आ...









