चाक्चाकुर व्याडमिन्टन कपको उपाधि विकास र सोम्बर
पाैष १६
कुलुङ जातिहरुको महान चाड मिनारी दाचाम् लो निङ्दोङ चाक्चाकुर येले सम्बत ५०८५ को अवसरमा आयोजित खुल्लाा कर्मचारी/शिक्षक डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि विकास राई र सोम्बर चौधरीले जितेका छन् ।
नेपाल किराँत कुलुङ कर्मचारी संघ सङ्खुवासभाको आयोजनामा सोमबार सम्पन्न प्रतियोगिताको उपाधि सँगै राई र चौधरीको जोडिले नगद १५ हजार रुपैयाँ र ट्रफी हातपारेका हुन् । खाँदबारी नगरपालिका –१ घिमिरे गाउँ स्थित सोमनाथ घिमिरे स्मृति कभर्ड हलमा शनिबार देखि प्रतियोगिता सुरुभएको हो ।
उपविजेता बनेका रुद्र श्रेष्ठ र जानकी बल्लभ पोख्रेलको जाेडिले १० हजार प्राप्त गरेका छन् । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने दिनेश खालिङ र राज विक्रम लिम्बुको जोडिले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।
प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने केशव घिमिरे र आशिष चौहानको जोडिले नगद २ हजार ५ सय रुपैयाँ पाएका छन् ।
...









