सामूहिक बलात्कार घटनामा तीन जना पक्राउ
पाैष १०
मोरङ, रङ्गेली – कटहरी गाउँपालिका–२ मा बाँसको झ्याङमा अचेत अवस्थामा फेला परेकी २३ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा कटहरी–२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, र भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मो गुल्जार छन्। प्रारम्भिक अनुसन्धानमा तीन जनाको समूहले महिलालाई सिटी सफारीमा अपहरण गरी बाँसको झ्याङमा पुर्याएर बलात्कार गरेको खुलेको छ।...









