समाचार Archives - Page 20 of 80 - साझाकुरा
बिहिबार, बैशाख ३१, २०८३

समाचार

ब्याडमिन्टन प्रतियोगिताको उपाधी प्रबिण श्रेष्ठ र जानकी बल्लभ पोख्रेलको जोडिलाई
खेलकुद, समाचार

ब्याडमिन्टन प्रतियोगिताको उपाधी प्रबिण श्रेष्ठ र जानकी बल्लभ पोख्रेलको जोडिलाई

मंशिर २० संखुवासभा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी प्रबिण श्रेष्ठ र जानकी बल्लभ पोख्रेलको जोडिले हात पारेका छन् । खाँदबारीमा गत १८ गतेदेखी सन्चालन भएको पाचौँ नरबहादुर बिष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि श्रेष्ठ र पोख्रेलको जितेको हो । जिल्ला ब्याडमिन्टन संघ संखुवासभा द्वारा आयोजित प्रतियोगिताको उपविजेता अमर बिष्ट र मुनुहाङ गुरुङको जोडि भएको छ । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले १५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेका छन् । राजेन्द्र श्रेष्ठ र अनमोल बुरर्जा, सफल श्रेष्ठ र मनिष श्रेष्ठको जोडि तेस्रो भएको छ । तेस्रो हुने दुई टिमले ५,५ हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । नरबहादुर बिष्णुमाया स्मृति प्रतिष्ठानले प्रायोजन गरेको प्रतियोगितामा २२ टिमको सहभागीता रहेको थियो । सोमनाथ घिमिरे ...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार, समाचार

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

मंसिर २० प्रधानमन्त्री केपी शर्मा ओली आज चिनको चार दिने भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चिन भ्रमणमा गएका ओली आज दिउँसो काठमाण्डौ आइपुग्ने बताईएको छ । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरिएको भ्रमण टोलिले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारीमा हस्ताक्षर गरिएको छ । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भ...
कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गयो

मंसिर २० तसवीर एजेन्सी लोकतान्त्रिक गणतन्त्र कङ्गोको दक्षिण पश्चिम क्षेत्रमा नयाँ रोगको प्रकोपबाट ७९ जनाको ज्यान गएको छ भने सैयौंको संख्यामा बिरामी परेका छन् । मौसमी फ्लूको लक्षणहरू देखिने नयाँ रोगका कारण १५ देखि १८ वर्ष उमेरका ब्यक्तिहरुमा यस्तो प्रकोप देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ । बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न असहज हुने रक्त अल्पताको समस्या देखिने जस्ता लक्षण देखिने गरेको बताईएको छ । अहिले सम्म तीन सय जना भन्दा बढी मानिस यो संक्रमणबाट पिडित रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । क्वांगो प्रान्तको प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली खटाईएको त्यहाँको मन्त्रालयको जानकारी दिएको छ । सङ्क्रमितको सङ्ख्या बढेर महामारीको रुप लिँदै ग...
गोली हानेर पक्राउ गरेको गाँजासहितको गाडी र चालक सार्वजनिक
समाचार

गोली हानेर पक्राउ गरेको गाँजासहितको गाडी र चालक सार्वजनिक

मंशिर १८ सुनसरीको धरानमा प्रहरीले गोली हानेर पक्राउ गरेको गाँजासहितको गाडी चालकलाई प्रहरीले सार्वजनिक गरेको छ।मंगलबार राति सरकारी नम्बर प्लेटको दुईवटा स्कार्पियो गाडीमा गाँजा बोकेर धनकुटाबाट धरान आउँदै गरेको गाडीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । पक्राउ परेका चालक, गाडी र गाँजा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे  । गाँजा बोकेको गाडि नियन्त्रणमा लिने क्रममा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले गाडी भगाएको हुँदा इन्सास राईफलबाट ४ राउण्ड गोली फायर गरेर गाडी नियन्त्रणमा लिएको डीएसपी तिमल्सिनाले बताए। उनले गाडीका चालक मोरङको सुन्दरहरैचा नगरपालिका-११ बस्ने बर्ष ३६ को श्याम कुमार विश्वकर्मालाई तत्काल नियन्त्रणमा लिएको र अर्को बा १ झ ५१२७ नम्बरको गाडीका चालक फरार रहेकाले खाजि भैरहेकाे बताए । उनिहरुले च...
खेल क्षेत्रमा योगदान गरेकोमा श्रेष्ठलाई सम्मान
खेलकुद, समाचार

खेल क्षेत्रमा योगदान गरेकोमा श्रेष्ठलाई सम्मान

संखुवासभा मंशिर १८ खेलक्षेत्रमा योगदान पुर्याएका नेपाल भलिवल संघका केन्द्रिय सदस्य प्रवीण श्रेष्ठ सम्मानीत भएका छन् । जिल्ला भलिवल संघ संखुवासभाले खेलक्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मानीत गरेको हो । कोशी प्रदेशका पुर्व सामाजिक बिकास मन्त्रि माननिय राजेन्द्र कार्की र खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले प्रमाणपत्र र दोसल्ला ओढाएर संघका केन्द्रिय सदस्य श्रेष्ठलाई सम्मान गरेको जिल्ला भलिवल संघका अध्यक्ष मेदिनी घिमिरेले जनाए । संखुवासभाको खेल क्षेत्रमा लामो समय देखि आवद्ध रहि खेलकुदको संस्थागत तथा प्राबिधिक पक्षको सुधारका लागि केन्द्रिय सदस्य श्रेष्ठले योगदान पुर्याउँदै आएका छन् । उनकै ब्यवस्थापनमा संखुवासभामा नेपाल भलिवल संघको दशौं राष्ट्रिय साधारण सभा तथा उनकै संयोजकत्वमा गत बर्ष ऐतिहाँसिक राष्ट्रिय भलिवल प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको थियो ।...
धरानमा गोली हानेर दुई गाडी गाँजा नियन्त्रण
अपराध, समाचार

धरानमा गोली हानेर दुई गाडी गाँजा नियन्त्रण

मंशिर १९ गत मंगलबार राति प्रहरीले धरानबाट गोली हानेर दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ ।  धनकुटाबाट धरानतर्फ गाँजा बोकेर गइरहेको गाडीलाई नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउन्ड गोली हानेर गाजा बरामद गरेको हो । धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिबधारामा गाडि पक्राउ गर्न पुगेका थिए । प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको छ । गाजा ओसारपसारमा संलग्न मध्ये १ जना पक्राउ परेका छन् भने अर्का एक फरारको खाेजि भैरहेकाे सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए ।  उनले गाजा नियन्त्रण गर्न ४ राउन्ड गोली प्रहार गर्नु परेको बताएका छन । एसपी तिम्सिनाले गाजा नियन्त्रण गरिएको विषयमा बुधबार दिउसो पत्रकार सम...
अबैद्य मदिरा उत्पादनमा कडाई गर्दै जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति
समाचार, स्वास्थ्य

अबैद्य मदिरा उत्पादनमा कडाई गर्दै जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति

संखुवासभा मंशिर १८ जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समिति संखुवासभाले अबैध मदिरा बिक्रि बितरणमा कडाई गर्ने भएको छ । मंशिर १४ गते करदाता सेवा कार्यालय खाँदबारीका प्रमुख तथा कर अधिकृत योगेश भटराईको अध्यक्षतमा बसेको बसेको ७ सदस्यीय जिल्ला स्तरिय अबैध मदिरा नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिका सदस्यहरुमा एक नं. वडा कार्यालयका अध्यक्ष तथा खाँदबारी नगरपाििलका कार्यपालिका सदस्य निरञ्जन श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत भोगेन्द्र श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका महासचिव सरोज कुमार बज्राचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक डम्बर मगर सदस्य तथा करदाता सेवा कार्यालय खाँदबारीका नायव शुब्बा संजय राई सदस्य सचिव रहेका छन् । केहि दिन अघि खाँदबारीमा बसेको समितिको बैठकले अबैध मदिरा उत्पादत तथा बेवबिखवनको कार्य अबैधानिक रहेको भन्दै मदिराजन...
नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको कार्यालय स्थापना
समाचार

नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको कार्यालय स्थापना

 संखुवासभा मंशिर १७ नेपाल अर्बूद रोग निवारण संस्था जिल्ला शाखा संखुवासभाको कार्यालय स्थापना गरिएको छ । आए एक कार्यक्रमका बिच नेपाल अर्बूद रोग निवारण संस्थाका केन्द्रिय महासचिव दीपेन्द्र बान्तवाले होर्डिङ्ग बोर्ड राखेर कार्यालयको उद्घाटन गरेका हुन् । खाँदबारी १ दुरसंचार टोलस्थीत खाँदबारी एफएमको भवनमा कार्यालय उद्घाटन गरिएको हो । नेपाल अर्बूद रोग निवारण संस्थाका जिल्ला अध्यक्ष कृष्णराज शाक्यको सभापतित्व तथा केन्द्रिय सदस्य दीपेन्द्र बान्तवाको प्रमुख आतिथ्यतामा भएको कार्यालय समुद्घाटन कार्यक्रममा खाँदबारी एफएमका अध्यक्ष सरोज कुमार बज्राचार्य, युवा नेता तथा अर्बूदका आजिवन सदस्य दीपनकुमार श्रेष्ठ, हिमालय माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अर्जून पराजुली लगायतको उपस्थीति रहेको थियो । अर्बूद रोग निवारण संस्थाका उपाध्यक्ष निरञ्जन श्रेष्ठले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रम...
नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाको २३ औं जिल्लासभा तथा अधिवेशन सम्पन्न÷ शाक्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन
समाचार

नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाको २३ औं जिल्लासभा तथा अधिवेशन सम्पन्न÷ शाक्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन

मंशिर १५ नेपाल अर्बूद रोग निवारण संस्थाको २३ औं जिल्ला सभा तथा अधिवेशन आज खाँदबारीमा सम्पन्न भएको छ । आज सम्पन्न अधिवेशनले कृष्णराज शाक्यको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा निरन्जन श्रेष्ठ, सचिवमा सुरेन शाक्य, सहसचिवमा लेलिन श्रेष्ठ, कोषाध्यक्षमा मेनुका श्रेष्ठ, सदस्यहरुमा क्रमस अनुपयुश शाक्य, सुजन बज्राचार्य, सुजन श्रेष्ठ, मिलन श्रेष्ठ निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यता तथा अर्बूदका केन्द्रिय महासचिव तथा निर्वाचन अधिकृत दीपेन्द्र वान्तवाको बिशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण भगत प्रधान, नेपाल मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लोकदर्शन शाक्य, नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरी, नेपाली काँग्रेसका पुर्व जिल्ला सभा...
आठौं पाङ्मा कप पुरुष फुटवल प्रतियोगिताको आयोजना गरिँदै
खेलकुद, समाचार

आठौं पाङ्मा कप पुरुष फुटवल प्रतियोगिताको आयोजना गरिँदै

संखुवासभा मंशिर १४ संखुवासभाको खाँदबारी ४ मा रहेको भगिवन्त रंगशालमा आठौं पाङ्मा कप पुरुष फुटवल प्रतियोगिताको आयोजना गरिने भएको छ। किराँतहरुको मौलिक पर्व सोकला उँधौलीको अवसरमा लोहोरुङ्ग क्लव पाङ्माको आयोजनामा आगामी मंशिर २७ गते देखि पौष १ गते सम्म प्रतियोगिता संचालन हुने आयोजक संस्था लोहोरुङ क्लवले पत्रकार सम्मेलन मार्फत जनाएको छ । प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १० वटा फुटवल क्लवको सहभागिता रहने आयोजको भनाई छ । सहभागि टिमहरुमा लोहोरुङ क्लब, एडभान्स क्लब, खाँदबारी युथ क्लव , तुम्लिङटार स्पोर्टिङ क्लब, तिनपोखरी समाज बिकास क्लव सेकाहा सामुदाईक बिकास क्लव, सभापोखरी फुटबल क्लब, मकालु फ्रेण्ड्स क्लब, सितलपाटी फुटबल क्ल्ब्ब, आदर्श युथ क्लब झापाले प्रतियोगितामा सहभागिता जनाउने बताईएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २ लाख २ हजार २ सय २२ शिल्ड, मेडल र प्रमाणपत्र प्रा...