समाचार Archives - Page 23 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

फरार बान्तवा कतारबाट फर्काइए
अपराध, समाचार

फरार बान्तवा कतारबाट फर्काइए

कार्तिक १४ पत्नीको हत्या गरेर फरार अभियुक्त भोजपुरका गजेन्द्र बान्तवा कतारबाट पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका बान्तवालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनका लागि गत मंगलबार नेपाल ल्याईएको प्रहरीले जनाएको छ । प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको विशेष पहलमा रेड नोटीस जारी भएपछि बान्तवालाई फिर्ता ल्याइएको प्रहरीको भनाई छ । २०७८ साल मंसिर ३ गते मेचीनगर नगरपालिका–११ झापा धाइजन बस्ने ४८ वर्षीय शर्मिला तामाङ आफ्नै कोठामा मृत भेटिएकि थिईन् । प्रहरी अनुसन्धानमा उनको हत्या भएको पाईएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा बान्तवाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी परेको थियो । मृतक शर्मिलाका दाजुले बान्तवा बिरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी ...
अरुण भ्याली फुटबलको उपाधि पञ्चकन्या फुटबल क्लबलाई
खेलकुद, समाचार

अरुण भ्याली फुटबलको उपाधि पञ्चकन्या फुटबल क्लबलाई

कार्तिक १२ गत कार्तिक ६ गतेदेखि संखुवासभाकाे मानेभञ्ज्याङमा जारी अरुण भ्याल्ली फुटबल प्रतियाेगिताकाे उपाधि पञ्चकन्या फुटबल क्लबले चुमेकाे छ ।  साेमबार  चुलाचुली फुटबल क्लब धनकुटा र पञ्चकन्या संखुवासभाबिच भएकाे फाईनल खेलमा चुलाचुलीलाई १ का बिरुद्ध  २ गाेलकाे जित हाँसिल गर्दै उपाधि चुमेकाे हाे । प्रतियोगिताको हाफटाइमअगाडि चुलाचुली क्लब धनकुटाका तपन कार्कीले एक गोल गर्दै टिमलाई अग्रता दिलाए पनि हाफटाइमपछिकाे खेलमा पञ्चकन्याले दुई गाेल प्रहारगर्दै  पञ्चकन्याले उपाधि हात पारेकाे हाे । एडभान्स क्लबले आयोजना गरेकाे उक्त प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे थियाे ।  प्रतियोगितामा सेकाहा क्लब र लोहोरुङ क्लब सेमिफाइनलिस्ट भएका छन्। प्रतियोगिताको बिजेताले नगद दुई लाख, उपविजेताले एक लाख तथा सेमिफाइनलिस्ट दुई टिमले नगद २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन्।...
हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना निर्वाचित
शिक्षा, समाचार

हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना निर्वाचित

संखुवासभा कार्तिक १० संखुवासभाकाे सदरमुकाम खाँदबारीस्थित हिमालय किरण पव्लिक क्याक्पसकाे प्रथम सभाबाट ९ जना पदाधिकारीहरु निर्वाचित भएका छन् । आज सम्पन्न क्याम्पस सभाले निर्वाचित गरेकाहरुमा सुन्दरी खतिवडा, कल्पना मगर ,दुर्गादेवि चापागाई, खड्ग बहादुर चापागाई, सुर्यबहादुर तामाङ, दुर्गा बहादुर विष्ट, शेर बहादुर बन, ऋतुबर्ण काफ्ले र उदय कुमार पुलामी निर्वाचित भएका छन् । बाँकी १० सदसिय पदेन सदस्य सहित जम्मा १९ जनाकाे समिति रहने बिधानत प्रावधान रहेकाे छ । । निर्वाचित सदस्यहरुकाे प्रथम बैठकबाट अध्यक्षकाे टुङ्गाे लाग्ने जनाईएकाे छ। ...
श्रेष्ठद्वारा लिखित पुस्तक ‘अर्को जन्म’ विमोचन
समाचार

श्रेष्ठद्वारा लिखित पुस्तक ‘अर्को जन्म’ विमोचन

मोहन कुमार राई संखुवासभा, हवाइ दुर्घटनामा परी नयाँ जीवन पाएका पदम कुमार श्रेष्ठ द्धारा लिखित पुस्तक ‘अर्को जन्म’ को एक कार्यक्रम वीच विमोचन गरिएको छ । श्रीमती निरमाया श्रेष्ठद्धारा प्रकाशित पुस्तक विहिबार चैनपुर नगरपालिकाको दिलकुुमारी भवनमा गएिको विमोचन कार्यक्रममा उक्त पुस्तकका सम्पादक एकु घिमिरेले पुस्तक भित्र कहाली लाग्दो हवाईदुघटना सँगै संस्कृति, इतिहास, भोगोल, समाज, कृषि शिक्षा जस्ता थुपै्र पाटाहरुलाई समेटेको बताउनु भयो । विमोचित ‘अर्को जन्म’ कृति मौलिक र पृथक शैलीमा रहेको समेत जनाएको थियो । पुस्तक साहित्यिक नभएर संस्मरणात्मक भएकाले जीवनका घटनाक्रमलाई सरसर्ती पस्कनेकाम गर्दै विश्वसनिताका लागि केही प्रमाणहरु समेत पुस्तकमा समावेश भएको जनाएको छ । २०४१ सालमा संखुवासभाको तुम्लिङ्गटार विमान स्थलबाट काठमाण्डौका लागि उडेको जहाज भोजपुरको चप्लेटीमा दुर्घटनामा परी नयाँ जीवन पाएका श्रेष्ठले जी...
रवि लामिछानेलाई थप ७ दिन थुनामा राखि अनुसन्धान गर्न अदालतको अनुमति
राजनीति, समाचार

रवि लामिछानेलाई थप ७ दिन थुनामा राखि अनुसन्धान गर्न अदालतको अनुमति

कार्तिक ८ सहकारीमा बचतकर्ताको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ । अदालतले यसअघि दिएको ६ दिनको म्याद आज सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।...
अरुण भ्याल्ली फुटवल प्रतियाेगिताकाे आज सम्पन्न खेलमा लाेहाेरुङ र पञ्चकन्या बिजयी
खेलकुद, समाचार

अरुण भ्याल्ली फुटवल प्रतियाेगिताकाे आज सम्पन्न खेलमा लाेहाेरुङ र पञ्चकन्या बिजयी

संखुवासभा, कार्तिक ८ संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा हिजाेदेखि शुरुभएकाे अरुण भ्याल्ली फुटवल प्रतियोगिताकाे दाेश्राे दिन दुईवटा खेल सम्पन्न भएका छन् । आजकाे पहिलाे खेल लाेहाेरुङ क्लब र मकालु फ्रेण्सबिच भएकाे थियाे जसमा लाेहाेरुङ ले मकालु फ्रेण्ड्सलाई १ का बिरुद्ध ६ गाेलकाे ठुलाे अन्तरले पराजित गरेकाे थियाेभने पन्चकन्या फुटबल क्लब र गाउँले फुटबल बिच भएकाे खेलमा सुन्यकाे बिरुद्ध १ गाेल गर्दै पन्चकन्या फुटबल क्लबले जित हाँसिल गरेकाे छ । हिजाे भएकाे पहिलाे दिनकाे सम्पन्न खेलमा सेकाहा सामुदायिक बिकास क्लबले खाँदबारी युथ क्लबलाई हराएकाे थियाे भने दाश्राे खेलमा सभापाेखरीले तिनपाेखरी क्लबलाई पराजित गरेकाे थियाे । कार्तिक १२ गते सम्म संचालनहुने नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमकाे सहभागिता रहेकाे आयाेजकएडभान्स क्लवले जनाएकाे छ । प्रतियोगिता...
अरुण भ्याल्ली फुटवल प्रतियोगिताकाे आजकाे खेलमा सेकाहा र सभापाेखरी बिजयी
खेलकुद, समाचार

अरुण भ्याल्ली फुटवल प्रतियोगिताकाे आजकाे खेलमा सेकाहा र सभापाेखरी बिजयी

संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा संचालन हुने अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु भएकाे छ । कार्तिक १२ गते सम्म संचालनहुने नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमकाे सहभागिता रहेकाे आयाेजकएडभान्स क्लवले जनाएकाे छ । आजका प्रमुख अतिथी तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाबाट उद्घाटन गरिएकाे प्रतियाेगिताकाे पहिलाे खेलमा सेकाहा सामुदायिक बिकास क्लबले खाँदबारी युथ क्लबलाई हराएकाे थियाे भने दाश्राे खेलमा सभापाेखरीले तिनपाेखरी क्लबलाई पराजित गरेकाे थियाे । आजदेखि ६ दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने टिमले नगद रु दुई लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु एक लाख प्राप्त गर्ने क्लवका अध्यक्ष जिल्लामान राईले जनाए । एडभान्स क्लवले नियमित रुपमा बर्षौंदेखि यस फुटवल प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । प्रतियोगितामा खेलका अत...
अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु
खेलकुद, समाचार

अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु

संखुवासभा,कार्तिक ७ संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा संचालन हुने अरुण भ्याल्ली फुटवल प्रतियोगिता आजबाट शुरु हुदैछ । कार्तिक १२ गते सम्म संचालनहुने नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमले प्रतिश्पर्धा गर्ने आयाेजकएडभान्स क्लवले जनाएकाे छ । आजदेखि ६ दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने टिमले नगद रु दुई लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु एक लाख प्राप्त गर्ने क्लवका अध्यक्ष जिल्लामान राईले जनाए । एडभान्स क्लवले नियमित रुपमा बर्षौंदेखि यस फुटवल प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । प्रतियोगितामा खेलका अतिरिक्त ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती समेत रहने क्लवले जनाएको छ । फाेटाे सामाजिक संजाल ...
बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द
अपराध, समाचार

बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द

कार्तिक ६ बालिका बलात्कार गर्ने आरोपीलाई पक्राउ नगरिएको भन्दै दाङको भालुबाङ बजार बन्द गरेका छन् । उनिहरुले आज मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरको छ भने भालुबाङ बजार समेत पुर्णरुपमा बन्द गरेका छन् । गत असोज २४ गते सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न गएकी ८ बर्षीया बालिका बलात्कार गरिएको उनिहरुको आरोप छ । उक्त घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको बताएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानका लागि भन्दै कार्यालयमा संरक्षण गरेर राखेको जनाईएको छ । दुवै बालिका संग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ भैरहेको प्रहरीको भनाई आएपनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन । जिल्ला प्रहरी कार्यालय द...
डडेलधुरामा बस दुर्घटनामा ज्यान गुमाउने ५ मध्ये ३ जना एकै परिवारका
समाचार

डडेलधुरामा बस दुर्घटनामा ज्यान गुमाउने ५ मध्ये ३ जना एकै परिवारका

कार्तिक ७ डँडेलधुरामा रात्रिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको छ । योसहित ज्यान गुमाउनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डँडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव बिहान घटनास्थलबाट निकालिएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । दुर्घटनालगत्तै पुर्चौँडी–३ का ४५ वर्षीय जैमती बोहरा, एक नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको शव भेटिएको थियो । नाबालक, सहदेव र कमला एकैपरिवारका रहेका प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । बसमा १७ जना रहेकोमा चालक बैतडीक...