समाचार Archives - Page 24 of 80 - साझाकुरा
बिहिबार, बैशाख ३१, २०८३

समाचार

उपचुनाबका लागिआज उम्मेदवारको अन्तिम नामावली प्रकाशन
समाचार

उपचुनाबका लागिआज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

मंशिर ५ मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । अहिले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ । कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ । कुल ४४ पदमा हुन लागेको उपचुनावका लागि चार सय १० जनाको उम्मेदवारी परेको छ । मङ्सिर १६ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।...
कर सप्ताहका अवसरमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रम सम्पन्न
अर्थ/व्यापार, समाचार

कर सप्ताहका अवसरमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रम सम्पन्न

संखुवासभा मंशिर ३ कर प्रणालीको सार , लगानीको आधार भन्ने मुल नाराका साथ मंशिर १ देखि ७ गते सम्म सरकारले घोषणा गरेको कर सप्ताहको तेश्रो दिन सोमबार करदाता सेवा कार्यालय संखुवासभाले खाँदबारीमा कर शिक्षा तथा करदाता सम्मान कार्यक्रमको आयोजना गरेको छ । संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानको सभापतित्वमा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख कर अधिकृत बुद्धि प्रसाद आचार्यको म्रमुख आतिथ्यता रहेको थियो । बिभिन्न संघसंस्था कार्यालय र उद्योगि ब्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कर अधिकृत बुद्धि प्रसाद आचार्यले कर डरले हैन रहरले तिर्न करदाताहरुलाई आग्रह गर्नूभएको थियो । आफुले गरेको कारोबारको राम्ररी हिसाव किताव, बिल बिजक नराख्दा ब्यवसायीहरु मारमा पर्ने गरेको वहाँको भनाई थियो । कर राज्य संचालनको प्रमुख आधार भएकाले करको दायरा फराकिल...
छुट्टाछुट्टै घटनामा परि संखुवासभामा दुईको मृत्यु
समाचार

छुट्टाछुट्टै घटनामा परि संखुवासभामा दुईको मृत्यु

फोटोः सामाजिक संजाल मंशिर ३ संखुवासभामा भएको छुट्टा छुट्टै घटनामा परि दुई जनाले ज्यान गुमाएका छन् । सिलिचोङ्ग ३ स्थीत तेवा भिरमा मौरिको मह काड्ने क्रममा भिरबाट लड्दा स्थानीय राजन राईको मृत्यु भएको छ भने मकालु २ स्थीत सेदुवा कासुवा हाईड्रो पावरको ट्राक ओपन गर्ने क्रममा जेसिवी दुर्घटनामा पर्दा मकालु २ सेदुवाका सुरबिर राईको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार ट्राक ओपन गर्ने क्रममा संचालन गरिएको जेसिबी करिव एक सय मिटर मुनि झर्दा घटनास्थलमै उनको ज्यान गएको संखुवासभाका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो ।...
चालक झाँक्री प्रकाश भुजेल र दुर्घटनाका मृतकका परिवारबीच सहमति
समाचार

चालक झाँक्री प्रकाश भुजेल र दुर्घटनाका मृतकका परिवारबीच सहमति

३ मंसिर, दुर्घटनामा ज्यान लिएको आरोपमा पक्राउ परेका चालक झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच अन्तत सहमति जुटेको छ । दुई पक्षबीच छलफलपछि अस्पतालमा रहेको शव उठाईने भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । काठमाडौंको शंकरापुरमा गत कार्तिक २८ गते भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीको घटनास्थलमै र उनकी गर्भवती पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भै उपचारका क्रममा मृत्यु भएको थियो । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किन पुगेको थियो । चालक झाँक्रि प्रकाश भुजेल र मृतकका परिवार बिच के कस्तो सहमति भएको हो त्यो भने प्रष्ट भैनसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।...
संखुवासभामा पनि आजबाट कर सप्ताह शुरु ( फाेटाे फिचर सहित)
अर्थ/व्यापार, समाचार

संखुवासभामा पनि आजबाट कर सप्ताह शुरु ( फाेटाे फिचर सहित)

संखुवासभा मंशिर १ कर प्रणालीको सार, लगानीको आधार भन्ने मुल नाराका साथ शुरु भएको १३ औ्र कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता सेवा कार्यालय संखुवासभाले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । सरकारले आज मंशिर १ देखि ७ गते सम्मलाई कर सप्ताहका रुपमा मनाउने घोषणा गरेको छ । आज संखुवासभाको खाँदबारी स्थीत पोखरी बजारबाट प्रभातफेरी शुरु गरि नगरका बिभिन्न स्थानको परिक्रमा सहित शुभकामना समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय उद्योगि ब्यवसायी , बिभिन्न कार्यालय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । संखुवासभा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको शुभकामना समारोहको अध्यक्षता करदाता सेवा कार्यालयका संखुवासभाका कार्यालय प्रमुख योगेश भट्टराईले गर्नूभएको थियो भने कार्यक्रमको कार्यक्रमको प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी बिनोद खड्का रहनुभ...
सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध
अपराध, समाचार

सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध

संखुवासभा कार्तिक २९ पछिल्लो समय संखुवासभामा पनि सामाजिक संजालको प्रयोगबाट हुने ठगि धन्दामा पिडित हुनेहरुको संख्या बढ्दै गएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्स, ईस्टग्राम, लगायतका सामाजिक संजाल मार्फत ठगिनेको संख्या दर्जनमा मात्र नभएर सैयौंको संख्यामा रहेको पिडितहरुको भनाई छ । ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जि मेल लगायत अन्य संजालहरु ह्याक गरि आफ्ना चिनजान र साथीभाईहरुलाई म्यासेज पठाई पैसा माग्ने गरेको र आफ्नै चिनजानको साथी हो भन्ने सम्झेर पैसा ट्रान्सफर गर्दा आफु ठगिएको नाम नखुलाउने शर्तमा खाँदबारी १ का एक ब्यवसायीले बताए । उनले आफुजस्तै सामाजिक संजालबाट ठगिनेको संख्या उल्लेख्य रहेको अनुमान गरेका छन् । नजिकका चिनजानको साथीको फेसबुकबाट बारम्बार केहि रकम सहयोगका लागि अनुरोध भएकाले आफुले बिश्वास गरेर रकम पठाउँदा ठगिनुपरेको उनले बताए । पछिल्लो समय अनलाईन ठगिका घटनाहरु ...
गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन
समाचार

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन

कार्तिक २९ गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा  निधन भएको छ । उनकाे उपचारकाक्रममा काठमाण्डाैस्थित ग्राण्डी अस्पतालमा निधन भएको हाे ।म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसकि समानुपातिक सांसद थिईन्। केही दिन डेङ्गी सङ्क्रमण भएको भएपनि उनकाे हृदयघातबाट मृत्युभएकाे हुनसक्ने पारिवारिक श्राेतले जनाएकाे छ ।...
वादविवाद प्रतियाेगिता ‘द डिवेट वार हुने
समाचार

वादविवाद प्रतियाेगिता ‘द डिवेट वार हुने

कार्तिक २८ संखुवासभामा नै पहिलाे पटक संसदीय प्रणालीमा आधारित वादविवाद प्रतियाेगिता 'द डिवेट वार हुने भएकाे छ । आज असल शासन क्लब सङ्खुवासभा क्लबले नेपाल पत्रकार महासंघ संखुवासभाकाे कार्यालयमा पत्रकार सम्मेलन गरेर याे कार्यक्रमकाे जानकारी दिएकाे हाे । मंसिर १४ गते देखि सुरु हुने याे कार्यक्रम विभिन्न चरणमा सम्पन्न हुने आयाेजकले जनाएकाे छ । वर्ड  स्कुल डिवेट च्याम्पियनसिप (डव्लुएसडीसी) काे नियमानुसार सञ्चालन हुनेछ । कार्यक्रम संयाेजक अनुप चापागाईका अनुसार खाँदवारी नगरपालिका भित्रका माविका १९ बर्ष मुनिका विद्यार्थीहरु सहभागी हुनेछन् । एक विद्यालयबाट १ छात्रा सहित ३ जना विद्यार्थीहरु सहभागी हुन पाउने चापागाईले जनाए । विद्यार्थीहरुकाे बाैद्धिक क्षमता विकास गरेर खाेज तथा अनुसन्धान गर्न प्रेरित गरि सामुहिक भावनाकाे विकास गर्दै आलाेचनात्मक चेतनाकाे अभिवृद्धी गर्नका लागि याे कार्यक्रम गर्न ...
एकादशी मेलाकाे सम्पुर्ण तैयारी पूरा खाँदबारी नगरपालिकाद्वारा बिदाकाे घाेषणा
समाचार, समाज

एकादशी मेलाकाे सम्पुर्ण तैयारी पूरा खाँदबारी नगरपालिकाद्वारा बिदाकाे घाेषणा

कार्तिक २६ खुवासभाको पबित्र धार्मिक तिर्थस्थल खाँदबारी ९ तुम्लिङ्गटारस्थित मनकामना धाममा सदा बर्ष झैं यसपालि पनि भब्य मेलाको तैयारी गरिएको छ । मेलालाई भब्य रुपमा सम्पन्न गर्न कार्तिक २७ गते खाँदबारी नगरपालिकाले माताहतका कार्यालयमा बिदाकाे घाेषणा गरेकाे छ । एकादशी मेला नामले प्रशिद्ध रहँदै आएको यो मेला वारिजमुना पारिजमुना नामको गितबाट थप प्रसिद्ध बन्दैआएको छ । बरिष्ठ लोकगायक स्वर्गिय खेमराज गुरुङ्गले एकादशी बजारैमा गितबाट यस मनकामना धामलाई अन्तराष्ट्रिय क्षेत्रसम्म पुर्याएका छन् । बिषेस गरि आज साँझबाट शुरु हुने मेलाको तैयारीका लागि हप्ता दिन अघिबाटै सम्पुर्ण तैयारीहरु शुरु गरिएको छ । मेलालाई थप भब्य बनाउनका लागि शिव परियार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकाहरुको समेत सहभागितामा बिभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक मन्दीर ब्यवस्थापन समितिले जनाएको छ । पुर्वक...
बागलुङ जैमिनी दुर्घटनामा परि एकै वडाका पाँचकाे मृत्यु
समाचार

बागलुङ जैमिनी दुर्घटनामा परि एकै वडाका पाँचकाे मृत्यु

कार्तिक २६ आज बिहान जैमिनी नगरपालिका-८ छिस्तीबाट बागलुङका लागि छुटेको ग २ च ९२४७ नम्बरको पिक अप जीप जैदी र छिस्तीको सिमानामा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएकाे थियाे ।बागलुङको जैमिनिमा दुर्घटनामा मृत्यु हुनेहरु सबै जैमिनी नगरपालिका-८ छिस्ती केवइका बासिन्दा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङ अनुसार उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा जीप चालक जैमिनी नगरपालिका-८ छिस्ती केवईका ३८ वर्षका महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीस, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीस र ७५ वर्षको कुलप्रसाद श्रीस रहेका छन्। जैमिनी नगरपालिका-८ छिस्तीबाट सोमबार बिहान बागलुङका लागि  सवारी चालक सहित ६ जना सवार पिक अप पिक अप जीप जैमिनी नगरपालिका-७ हर्देवामा दुर्घटनामा परेकाे थियो।...