तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई २० लाख सहयोग
संखुवासभा, कार्तिक २१
नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई दाताहरुले पुन २० लाख नगद सहयोग उपलब्ध गराएका छन् । नेपाल नेत्र ज्योती संघद्वारा खांदबारीमा संचालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रलाई जग्गा दाता मनोज श्रेष्ठ र लिला श्रेष्ठका छोरा बुहारीहरु शिसिर÷करिना समनामे श्रेष्ठ र सरद÷ प्रेरणा शिंह श्रेष्ठले
हिजो एक कार्यक्रम बिच २० लाख नगद सहयोग गरेका छन् ।
यस अघि केहि महिना अघि मनोज श्रेष्ठ सोहन श्रेष्ठ लगायतका दाताका परिवारका सदस्यहरुले उपचार केन्द्रलाई ५० लाख सहयोग उपलब्ध गराएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले दाताहरुको सहयोगको सहि सदुपयोग हुँदै आएको बिश्वास ब्यक्त गर्नूभएको थियो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रका अध्यक्ष अनन्तकुमार गौलीले आँखा उपचार केन्द्रको स्थापना दे...









