समाचार Archives - Page 27 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

निशुल्क आँखा शिवीरमा ३६ जनाको मोतियाँ बिन्दुको सफल अप्रेसन
समाचार, स्वास्थ्य

निशुल्क आँखा शिवीरमा ३६ जनाको मोतियाँ बिन्दुको सफल अप्रेसन

असोज ५ संखुवासभाको खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीको आयोजना तथा बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा निशुल्क आँखा शिवीर संचालन गरिएको छ । शुक्रबार संचालन भएको आँखा शिवीरमा ३६ जनाको मोतियाँ बिन्दुको सफल अप्रेशन गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिए । शिवीरमा संखुवासभा, भोजपुर र खोटाङ्गबाट आँखा उपचारका लागि आएका मोतियाँ बिन्दुका समस्याग्रस्त बिरामीहरुको उपचार गरिएको बिराटनगर आँखा अस्पतालका नेत्र बिषेसज्ञ डा पारस चौधरीले बताए ।...
पर्यटन प्रवर्धनका लागि खाँदबारी रन आयोजना हुने
खेलकुद, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धनका लागि खाँदबारी रन आयोजना हुने

असोज ५ दशैं तिहार र छट पर्वकोको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लवले खाँदबारी रनको आयोजना गर्ने भएको छ । प्रर्यटन प्रवर्धन, खाँदबारी रन भन्ने नाराका साथ आयोजना हुनलागेको प्रतियोगिता आगामी असोज १७ गते घटस्थापनाको दिन संचालन गरिने खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले जानकारी दिए । प्रतियोगितामा बिभागिय , खुल्ला पुरुष र महिला टिमको सहभागिता रहने आयोजक खाँदबारी युथ क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ् गुरुङ्गले जनाए । उनले बिभागिय टिमका धावकले १० किलोमिटर र खुल्ला पुरुष तथा महिला सहभागिले ६ किलोमिटरको दुरी पार गर्नूपर्ने प्रावधान रहेको जानकारी दिए । तिनै बिधामा बिजयी हुने सहभागिले रु ७ हजार नगद, सम्मान पत्र तथा उपबिजेताले नगद रु ५ हजार र सम्मान पत्र प्राप्त गर्ने आयोजक खाँदबारी युथ क्लवले जनाएको छ ।...
सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध
अपराध, शिक्षा, समाचार

सामाजिक संजालमार्फत ठगिको घटना बढ्दै सचेत रहन प्रहरीको अनुरोध

भाद्र ४ पछिल्लो समय संखुवासभामा पनि सामाजिक संजालको प्रयोगबाट हुने ठगि धन्दामा पिडित हुनेहरुको संख्या बढ्दै गएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्स, ईस्टग्राम, लगायतका सामाजिक संजाल मार्फत ठगिनेको संख्या दर्जनमा मात्र नभएर सैयौंको संख्यामा रहेको पिडितहरुको भनाई छ । ह्याकरहरुले अरुको फेसबुक, फेसबुक पेज, जि मेल लगायत अन्य संजालहरु ह्याक गरि आफ्ना चिनजान र साथीभाईहरुलाई म्यासेज पठाई पैसा माग्ने गरेको र आफ्नै चिनजानको साथी हो भन्ने सम्झेर पैसा ट्रान्सफर गर्दा आफु ठगिएको नाम नखुलाउने शर्तमा खाँदबारी १ का एक ब्यवसायीले बताए । उनले आफुजस्तै सामाजिक संजालबाट ठगिनेको संख्या उल्लेख्य रहेको अनुमान गरेका छन् । नजिकका चिनजानको साथीको फेसबुकबाट बारम्बार केहि रकम सहयोगका लागि अनुरोध भएकाले आफुले बिश्वास गरेर रकम पठाउँदा ठगिनुपरेको उनले बताए । पछिल्लो समय अनलाईन ठगिका घटनाहरु संखुवासभामा समेत ...
युक्रेनसंगको जारी युद्धमा ७० हजार बढि रुसी सेनाको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

युक्रेनसंगको जारी युद्धमा ७० हजार बढि रुसी सेनाको मृत्यु

असोज ४ युक्रेन र रुस बिचको दुई बर्षे युद्धकालमा रुसले ७० हजार बढि सैनिक गुमाएको छ । युक्रेन संग निरन्तर जारी युद्धमा गएको दुई वर्षमा ७० हजार १ सय १२ जना रुसी सेनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । सन् २०२२ मा शुरु भएको युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैनिकको ज्यान गएको बीबीसीले गरेको अध्ययन तथ्याङ्कमा उल्लेख छ । ज्यान गुमाउनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका नागरिक समेत छन् । ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । यो सङ्ख्यामा रुसी कब्जामा रहेका दोनेत्सक तथा लुहान्स्कका मिलिसियाको विवरण समावेश गरिएको छैन । पुष्टि भएका मृतकमध्ये १३ हजार ७ सय ८१ स्वयंसेवक छन् । सबैभन्दा धेरै पूर्व कैदीले ज्यान गुमाएका छन् जसलाई अपराध माफी गर्ने शर्तमा रुसले युक्रेनमा लड्न पठाएको थियो । यस्तै युद्धमा मारिने युक्रेनी सैनिकको संख्या पनि निकै ठूलो र...
निर्वाचन आयोगद्वारा पालिका उपचुनावको कार्यतालिका सार्वजनिक
समाचार

निर्वाचन आयोगद्वारा पालिका उपचुनावको कार्यतालिका सार्वजनिक

असोज ३ निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिमा यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय राख्ने , मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख छ । तालिका अनुशार मङ्सिर १६ गते बिहान ७ बजेदेखि मतदान शुरु गरिने उल्लेख छ । आयोगका अनुसार उक्त दिन दुई वटा जिल्ला समन्वय समिति प्रमुख, मेयर र उपमेयर एक÷ एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० वटा पदको निर्वाचन सम्पन्न गरिनेि जनाएको छ ।...
मिस्टर काठमाण्डाै’ विजेता प्रकाश राईकाे निधन
समाचार

मिस्टर काठमाण्डाै’ विजेता प्रकाश राईकाे निधन

असोज २ पाँच दिनअघि मिस्टर काठमाण्डाै शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका प्रकाश राईको निधन भएको छ । आज बिहान उपचारका लागि राईलाई धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याएकाेमा डाक्टरहरूले मृत घोषणा गरेका हुन् । बिहान ६ बजेतिर राई होटलमै ढलेपछि अस्पताल लगिएको थियो । मोरङको पथरीका ४५ वर्षीय राईको मृत्युका कारण डाक्टरहरूले औपचारिक रूपमा बताएका छैनन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मोरङबाट परिवारका सदस्य र आफन्त आएकाले शवको परीक्षणसहितका प्रक्रिया थालिने जनाएको छ । गएकाे शनिवार दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा भएको पाँचौं खुला मिस्टर काठमाण्डाै शारीरिक सुगठन प्रतियोगिता राईले जित्नुभएको थियो । तस्बिर : मेराे फिटनेशबाट ...
ट्याक्टर दुर्घटनामा दुईकाे मृत्यु
समाचार

ट्याक्टर दुर्घटनामा दुईकाे मृत्यु

संखुवासभा असाेज २ संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ स्थित नेता भीर नजिकै भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्याक्टर भिरबाट खसेको हो । खाँदबारी नगरपालिका ८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ । खाँदबारी नगरपालिका ८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । उनका अनुसार ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ । श्राेत:हेर्ने चित्...
दिल्लीका मुख्यमन्त्री केजरीवालले आज राजीनामा दिने
अन्तरवार्ता, समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवालले आज राजीनामा दिने

असोज १ भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राजीनामा दिनु हुने भएको छ । उहाँले जाँड–रक्सीजन्य पदार्थसम्बन्धी घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ पदबाट राजीनामा दिने बताउनुभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गएको २१ मार्चमा पक्राउ परेर लामो समय तिहाड जेलमा बिताउनुभएका केजरीवालले राजीनामा दिन लाग्नुभएको हो । उहाँको आम आदमी पार्टीले अब नागरिकबाट इमानदारिताको प्रमाणपत्र लिएर मात्रै पदमा फर्किने बताएको छ । केजरीवालले दुई दिनअघि राजीनामाको घोषणा गर्नुभएको थियो । आम आदमी पार्टीले आजै नयाँ मुख्यमन्त्रीको नाम चयन गर्नेछ । केजरीवालकी पत्नी सुनिता केजरीवाल मुख्यमन्त्री बन्ने चर्चा भइरहे पनि सम्भावना भने कम रहेको भारतीय सञ्चारमाध्यम द हिन्दले जनाएको छ । नयाँ मुख्यमन्त्रीका रूपमा सुनितासहित आतिशी सिंह, गोपाल राय तथा कैलाश गहलोतको चर्चा भइरहेको छ ।...
यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने
अन्तर्राष्ट्रिय, समाचार

यूएईमा अवैध बसेका नेपालीले आममाफी कार्यक्रमबाट लाभ लिन सक्ने

भदौ २१, यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो । भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् । यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि शुरू भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ । यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारको हकमा लागू हुनेछ । तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुने छैन । नेपाली दूतावास अबुधाबीले गैरकानूनी रूपले बसोबास गरिरहेका नेपालीलाई आममाफीको सुविधा लिन अनुरोध गरेको छ । प्रक्रिया पूरा गरी नेपाल फर्केको व्यक्ति फेरि यूएई फर्किन चाहे कुनै बाधा नपर्ने पनि दूतावासले जन...
नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं वार्षिकोत्सव सम्पन्न
समाचार, स्वास्थ्य

नेपाल अर्बुद रोग निवारण संस्थाको ४२ औं वार्षिकोत्सव सम्पन्न

असाेज १ नेपालमा अर्बुद रोग निवारण संस्था (NCRS) ले ४२औं वार्षिकोत्सव  मनाएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा सिञ्चाइ मन्त्री दिपक खड्का रहेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गरे। नेपाल अर्बुद राेग निवारण संस्था बिगत ४२ बर्षदेखि निरन्तर रुपमा क्यान्सर रोग विरुद्ध सचेतना फैलाउन क्रियासिल रहेकाे बताउँदै अध्यक्ष श्रेष्ठले स्तरीय सेवा विस्तारमा भने अझै धेरै काम गर्न बाँकि रहेको जानकारि दिए । संस्थाका महासचिव दिपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखाहरुमा रहेका १५ हजार भन्दा बढी स्वयम्सेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै आगामी दिनमा देशभर स्वयम्सेवक मार्फत जनचेना अभियान सञ्चानल गर्ने तयारी रहेको बताए । नेपाल वायु से...