नवौं पाङ्मा कप फुटबल प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन
संखुवासभा, मंशिर ११
लोहोरुङ क्लब पाङ्माले किराँत समुदायको उधौली तथा धान्य पूर्णिमाको अवसरमा आयोजना गर्न लागेकाे नवौं पाङ्मा कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता बारे पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ । खेल संयाेजक ध्यान सिं राईकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यकाे प्रमुख आतिथ्यतामा भएकाे पत्रकार सम्मेलनमा क्लबले प्रतियाेगिताका सम्बन्धि जानकारी गराएकाे हाे ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना गर्नलागिएकाे प्रतियाेगिता यहि मंसिर १५ देखि १९ गतेसम्म खाँदबारी ४ मा रहेकाे भगिवन्त रंगशालामा हुने क्लबको अध्यक्ष पर्शुराम राईले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले रु २ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु १ लाख सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिब छत्रमणी ...









