अर्थ/व्यापार Archives - Page 2 of 11 - साझाकुरा
शुक्रबार, फाल्गुन २९, २०८२

अर्थ/व्यापार

साँसदहरुद्वारा खाँदबारी– किमाथांका सडक अनुगमन
अर्थ/व्यापार, समाचार

साँसदहरुद्वारा खाँदबारी– किमाथांका सडक अनुगमन

संखुवासभा फागुन ८ तसबीरः नवीन गुरुङ्ग राष्ट्रिय सभाका साँसदहरु यतिवेला काशी कोरिडोरको सडक अनुगमनका लागि संखुवासभामा आईपुगेका छन् । उनिहरुले संखुवासभा भ्रमणका क्रममा भोटखोला ४ स्थीत बरुण बजार सम्मको सडक अनुगमन गर्ने उत्तर दक्षिण कोशी सडकका कार्यालय प्रमुख राम बहादुर गुरुङ्गले जानकारी दिए । १६२ किलोमिटर लम्बाई रहेको खाँदबारी किमाथांंका सडकको अनुगमनका क्रममा काठमाण्डौबाट हवाई उडानमार्फत तुम्लिंङ्टार बिमानस्थल ओर्लिएको अनुगमन टोलिमा राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनामा ग्याल्जेन शेर्पा, सदस्यहरु किरणबाबु श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, दुर्गाकुमारी गुरुङ, मनरुपा शर्मा र राजेन्द्रलक्ष्मी गैरेसहित समितिका कर्मचारी उपसचिव सरस्वती मरहठ्ठा र शाखा अधिकृत नारायणबहादुर कार्की रहेको उत्तर दक्षिण कोशी सडक कार्यालय ...
तुम्लिंङ्टारमा २१ दिन पछि बिमान अवतरण
अर्थ/व्यापार, समाचार

तुम्लिंङ्टारमा २१ दिन पछि बिमान अवतरण

तसवीरः मेघराज तामाङ्ग संखुवासभा फागुन ७ खराव मौसमका कारण २१ दिन देखि उडान अवरुद्ध भएको तुम्लिङ्टार बिमानस्थलमा बुधबार हवाई उडान भएपछि यात्रुहरु लाभान्वित भएका छन् । मौसममा सुधार नआएपनि तुवाँलो केहि हटेकाले हवाई उडान सुचारु भएको हो । संखुवासभा जिल्लाकै एकमात्र बिमानस्थल तुम्लि«्टारमा तीन हप्ता बढि उडान नहुँदा बिरामी, ब्यवसायी र अन्य यात्रुहरु मारमा पर्दैआएका थिए । बुधबार मौसममा खासै सुधार नआएपनि बुद्ध एयरको ७२ सिटे जहाजले उडान भरेपछि यात्रुहरु लाभान्वीत भएका हुन् । गत माघ १४ गते देखि खराब मौसमका कारण बिमान उडान नहुँदा स्थानीय ब्यवसायीहरु समेत निराश बन्दै आएका थिए । लामो समय उडान अवरुद्ध हुँदा काउण्टर संचालन हुन सकिरहेको थिएन अव मौसमका क्रमिक सुधार भैदिए निरन्तर उडान सेवा दिन सकिने भएपनि मौसममा खासै सुधार नदेखिँदा अझै उडान अवरुद्ध हुने संभावना रहेको नागरिक उड्यान कार्यालयका प्रमुख...
अरुण तेश्रो परियोजनाका पिडितलाई छुट मुआब्जा बितरण शुरु
अर्थ/व्यापार, समाचार

अरुण तेश्रो परियोजनाका पिडितलाई छुट मुआब्जा बितरण शुरु

संखुवासभा माघ ३० सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पिडितलाई १६ वर्षपछि मुआब्जा बितरण शुरु गरिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छ्याङ्कुटी–दिदिङ सडक खण्डको जग्गाको मुआब्जा वितरण गर्ने कार्य शुरु भएको जिल्ला प्शासन कार्यालय संखुवासभाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतकोे आदेश अनुसार छ्याङकुटी–दिदिङ सडक खण्डको २४ दशमलव ५ किलोमिटर०अन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण शुरु गरिएको हो । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम अहिलेसम्म चार करोड ८८ लाख रुपैयाँ पीडितको खातामा भुक्तानी भइसकेको र बाँकिलाई पनि मुआब्जार बितरणको काम भैरहेको प्रजिअ खड्काले बताउनुभयो । वहाँले लामो समय देखि रोकिएको छुट मुआब्जा प्राप्त ग...
करदातालाई अभिमुखिकरण कार्यक्रम
अर्थ/व्यापार, समाचार

करदातालाई अभिमुखिकरण कार्यक्रम

संखुवासभा,माघ २९ उद्यमशिल संस्कृति, राष्ट्रको संबृद्धि भन्ने नाराका साथ संखुवासभाको खाँदबारीमा उद्योग बाणिज्य प्रशासन सम्वन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा संखुवासभा उद्योग बाणिज्य संघको सहआयोजनामा दुईदिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको संखुवासभा उद्योग बाणिज्य संघका महासचिव प्रबिण श्रेष्ठले जानकारी दिनुभयाे । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमचन्द्र कुलुङ्को सभापतित्व तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय संखुवासभाका निमित्त कार्यालय प्रमुख संजय राई, संखुवासभा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष श्यामसुन्दर उदाश, पुर्व अध्यक्ष युवराज शाक्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायत बिशिष्ठ अतिथी रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य ...
अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार, समाचार

अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

माघ १९, अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउने भएको छ । नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि विदेशी वस्तुहरूमा चर्को कर लगाउन थालिएको अन्तराष्ट्रय संचारमाध्यमहरुले जनाएका छन् । आज देखि मेक्सिको र क्यानडाका लागि २५÷२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १० प्रतिशत थप कर लगाउने जनाईएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोके ‘ट्यारिफ’ लगाउने चेतावनी दिएका थिए । आयातित सामानमा लगाइने करलाई ‘ट्यारिफ’ भनिन्छ । आजबाट बृद्धिहुने करसंगै क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो धक्का पुग्ने बताईएको छ अक्सफोर्ड इकोनोमिक्सका टोनी स्टिलोका अनुसार यसबाट ती देशसहित अमेरिकी उपभोक्ताका लागि पनि मूल्य वृद्धि हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । भ...
सुन तोलामा दुई हजार तीन सयले बढ्यो
अर्थ/व्यापार, समाचार

सुन तोलामा दुई हजार तीन सयले बढ्यो

माघ १८ आज एकैदिन सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम रहेको थियो । यस्तै आज चाँदीको भाउमा पनि बृद्धि आएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । ...
आगलागि पिडितलाई ४ लाख ८८ हजार बढि सहयाेग
अर्थ/व्यापार, समाचार

आगलागि पिडितलाई ४ लाख ८८ हजार बढि सहयाेग

संखुवासभा माघ १५ सभापोखरी आगलागि पिडित राहत संकलन समितिले सभापोखरीमा गत माघ २ गते भएको आगलागिका पिडितहरुलाई राहत रकम हस्तान्तरण गरेको छ । सभापोखरी ६ मा रहेको नयाँ बस्तीमा गत माघ २ गते आगलागि हुँदा ५ घर जलेर नष्ट भएको थियो । आगलागिबाट करिव १ करोड ५० लाख बराबरको क्षति भएको थियो । आगलागि पिडित परिवारको क्षतिमा केही राहात होस भन्ने उदेश्यले सभापोखरी आगोलागि पिडितका लागि राहत सङ्कलन समितिमा उठेको रु ४ लाख ८८ हजार ५ सय ५५ रुपैयाँ आगलागि प्रभावितहरुलाई बितरण गरिएको राहत सङ्कलन समितिका सल्लाहकार बिवेक घलेले जानकारी दिनुभयो । देश बिदेशमा रहेर संखुवासभाको सभापोखरीमा भएको दुखद घटनामा सहयोग गर्नूहुने सबैप्रति राहत सङ्कलन समितिका संयोजक प्रेमकुमार लिम्बुले धन्यबाद प्रकट गर्दै सहयोगि हातहरुद्वारा प्रदान गरिएको रकम घरवालाहरुः १ निर्मला तामाङ्ग कालाखेती र सुसिल तामाङ्गलाई संयुक्तरुपमा रु १ लाख...
केहि संचारमाध्यमले खेदो गरिरहेका छन्, आरोप प्रमाणित गर्न चुनौति दिन्छु? उर्जा जलश्रोत तथा सिंचाई मन्त्री खड्का
अर्थ/व्यापार, शिक्षा, समाचार

केहि संचारमाध्यमले खेदो गरिरहेका छन्, आरोप प्रमाणित गर्न चुनौति दिन्छु? उर्जा जलश्रोत तथा सिंचाई मन्त्री खड्का

संखुवासभा माघ ११ कृष्णराज शाक्य नेपाल सरकार उर्जा जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आफुमाथिको आरोप प्रमाणीत गर्न संचारमाध्यमलाई चुनौति दिएका छन् । गृहजिल्ला संखुवासभाको हिमालय माध्यमिक बिद्यालयको ७५ औं बार्षिकोत्सव तथा हिरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले आफु बिरुद्ध केहि संचारमाध्यमहरुले लगाएको आरोम मिथ्या भएको बताउँदै उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् । नेपालका केहि संचारमाध्यमले आफुलाई खेदो गरिरिहेको र बिभिन्न अनर्गल मिथ्या आरोप लगाईरहेको भन्दै उक्त आरोप प्रमाणित भए आफुले राजनिति नै छाडिदिने बताएका हुन् । अहिले सरकार जलश्रोतको उपयोगमा जुटेको छ । सरकारका ढल्ने नयाँ सरकार बन्ने भन्ने हल्लाका कुरामा कुनै सत्यता नभएको भन्दै मन्त्री खड्काले यो सरकार पटक पटकको अस्थीर सरकारलाई बिस्थापित गर्दै बलियो सरकारका रुपमा स्थापित भएकाले सरकार ढल्नेकुरा हाँस्यास्पद भएको...
संबृद्ध बहुउदेश्यिय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा मनायो
अर्थ/व्यापार, समाचार

संबृद्ध बहुउदेश्यिय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा मनायो

संखुवासभा पौष २३ संखुवासभाको खाँदबारीमा रहेको संबृद्ध बहुउदेश्यिय सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा आज खाँदबारीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिजय कालधनको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीका रुपमा खाँदबारी नगरपालिकाका कार्यबाहक नगरप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य रहनुभएको थियो । कार्यक्रममा खाँदबारी स्थीत बित्तिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, जिल्ला जिल्ला सहकारी संघका प्रमुख तथा प्रतिनिधी, बचत कर्ता र संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । पछिल्लो समय सहकारीहरुमा बिभिन्न समस्याहरु रहेपनि नयाँ बिचार र नयाँ सोंचका साथ संबृद्ध बहुउदेश्यिय सहकारी संस्थाले जिल्लामा बिभिन्न रचनात्मक कार्यहरु गर्दैआएको छ । बचत संकलन, ऋण लगायत यस सहकारीले वातावरणीय सरसफाई, यातायात सेवा हरीयाली अभियान, शैलुन संचालन लगायतका कार्र्यहरु गर्दैआएको छ । तेश्रो बार्षिक साधारण सभा ख...