समाचार Archives - Page 12 of 80 - साझाकुरा
बिहिबार, बैशाख ३१, २०८३

समाचार

नयाँ शिक्षा ऐनको माग राख्दै संखुवासभामा शिक्षकहरु आन्दोलित
शिक्षा, समाचार

नयाँ शिक्षा ऐनको माग राख्दै संखुवासभामा शिक्षकहरु आन्दोलित

संखुवासभा, फागुन ६ (फोटो फिचर सहित) शिक्षक संगठनहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक महासंघले नयाँ शिक्षा ऐन लागु हुनुपर्ने माग राख्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । देशका ७ सय ५३ वटै पालिकाहरुमा आजबाट महासंघले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । यसै सन्दर्भमा नेपाल शिक्षक महासंघ संखुवासभाले खाँदबारी नगरपालिका लगायत जिल्लाका दशैवटा पालिका प्रमुखहरुलाई शिक्षा ऐन २०२८ खारेजी तथा नयाँ शिक्षा ऐनको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । आज नेपाल राष्ट्रिय शिक्षक महासंघ र जिल्ला स्थीत शिक्षक संगठनहरुका प्रतिनिधीहरुले सबै शिक्षक संगठनहरुको अगुवाई गर्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया नगर शिक्षा संयोजक दीपकमणी घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । उनिहरुले शिक्षा ऐन २०२८ समय सान्दर्भिक र शिक्षकको हितमा नभएकाले नयाँ शिक्षा ऐन लागु गरि शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न आ...
प्रजातन्त्र दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिने
समाचार

प्रजातन्त्र दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरिने

संखुवासभा, फागुन ५ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रजातन्त्र मुल समारोह समितिले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्नेभएको छ । संखुवासभाको सदरमुकाम खाँदबारीमा आज बसेको सर्वपक्षिय बैठकले आगामी फागुन ६, ७ र ८ गते बिबिध कार्यक्रमका साथ दीवस मनाउने निर्णय गरेको हाे । उक्त दिनहरुमा जिल्ला स्थीत सम्पुर्ण राजनितिक दल, कार्यालय, संघसंस्था र प्रतिष्ठानहरुमा सरसफाई गर्ने, र साँझमा घरघरमा दिपप्रज्वलन गर्न सबै जिल्लाबासीहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । फागुन ७ गते संखुवासभा जिल्ला समारोह समितिको संयोजन तथा संखुवासभाउद्योग बाणिज्य संघको सह–संयोजनमा खाँदबारी अस्पतालका बिरामीहरुलाई फलफुल बितरण, त्यसपछि नेपाल रेडक्रस सोसाईटिले रक्तदान कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ । साँझमा खाँदबारी पोखरी पार्कमा सामुहिक दिपप्रज्वलनको कार्यक्रम राखिएको जिल्ला समन्वय समितिका उपप्रमुख बबिता खत्रीले जान...
प्रतियाेगिताकाे आयव्यय सार्वजनिक
खेलकुद, समाचार

प्रतियाेगिताकाे आयव्यय सार्वजनिक

संखुवासभा फागुन २ सङ्खुवासभाको खाँदबारी नगरपालिका–५ माल्टामा भएको अन्तरपालिका महिला भलिवल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । अन्तरपालिका खुल्ला महिला भलिबल प्रतियोगिता गत मंसिर १२ देखि १४ गते सम्म खाँदबारी नगरपालिका–५ माल्टामा सञ्चालन गरिएकाे थियाे ।  बिहिबार नेपाल पत्रकार महासंघ सङ्खुवासभाका अध्यक्ष कृष्णराज शाक्यकाे अध्यक्षतामा महासंघमै आयोजित पत्रकार सम्मेलनमा ५ नं वडा खेलकुद विकास समितिले पत्रकार सम्मेलन मार्फत आयव्यय सार्वजनिक गरेको हो । खेल संयोजक रमेश काफ्लेले प्रतियोगिताना १० लाख १२ हजार आम्दानी भएको र साे मध्ये आठ लाख ५४ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उनले प्रतियाेगिता संचालनबाट १ लाख ५८ हजार रुपैयाँ बचत भएको जानकारी गराउँदै केही वडा, पलिकाहरु दाताहरुबाट सहयोग रकम आउने प्रकृयामा रहेकाे जानकारी गराए । अन्तरपालिका महिला भलिवल प्रतियोगितालाई आगामी बर्षहरुमा पनि नि...
जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा
खेलकुद, समाचार, स्वास्थ्य

जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा

संखुवासभा फागुन १ जिल्ला कराँते महासंघ संखुवासभाले जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खालाई सम्मान गरेको छ । बिहिबार खाँदबारी नगरपालिकाको सभाहलमा एक भब्य अन्तरक्रिया तथा स्वागत कार्यक्रमको आयोजना गरि संघले उनलाई सम्मान गरेको हो । धनकुटा स्थाई घर भै हाल काठमाण्डौमा खेल क्षेत्रमै क्रियाशिल प्रशिक्षक याख्खाले २०५१ साल देखि २०६० सालसम्म करिव १० बर्ष संखुवासभाको सदरमुकाम खाँदबारीलाई कार्यक्षेत्र बनाई पाँच सय बढि कराँते खेलाडी उत्पादनमा योगदान दिएको भन्दै संखुवासभाको सितोरिया कराँते महासंघले आज उनलाई सम्मान गरेको हो । लामो समय पछि संखुवासभा आईपुग्नुभएका कराँते प्रशिक्षक याख्खाको सम्मानका लागि सितोरियो कराँते प्रशिक्षणमा रहेका प्रशिक्षक र एक सय ५० बढि प्रशिक्षार्थीहरुले उनलाई खेल कौशल प्रदर्शन मार्फत स्वागत गरेका थिए । संखुवासभामा ३० बर्ष अघि पहिलो पटक सितोरियो कराँते भित्...
संखुवासभामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना
समाचार

संखुवासभामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना

संखुवासभा फागुन १ संखुवासभामा भूमि समस्या समाधान आयोगको जिल्ला कार्यालय स्थापना भएको छ । बुधबार खाँदबारीस्थित नापी कार्यालयमा आयोगको कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै नवनियुक्त भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य नारायण कटुवाल र सदस्य रघुनाथ गिरीलाई आयोगका जिल्ला अध्यक्ष शंकरमान कडेलले सपथ खुवाएका थिए । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले भूमिहीनहरुको लागि जग्गा ब्यबस्थापन गर्न आग्रह गर्दै समितिले प्रभावकारी र देखिने खालको काम गर्नुपर्ने धारणा राखेका थिए । त्यसैगरि संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आयोगले सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष खड्ग राई र नेपाली कांग्रेसका प्रतिनिधी सल्येन नेपालीले आयोगले वास्तविक भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउनुपर्नेमा जोड ...
अरुण तेश्रो परियोजनाका पिडितलाई छुट मुआब्जा बितरण शुरु
अर्थ/व्यापार, समाचार

अरुण तेश्रो परियोजनाका पिडितलाई छुट मुआब्जा बितरण शुरु

संखुवासभा माघ ३० सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पिडितलाई १६ वर्षपछि मुआब्जा बितरण शुरु गरिएको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छ्याङ्कुटी–दिदिङ सडक खण्डको जग्गाको मुआब्जा वितरण गर्ने कार्य शुरु भएको जिल्ला प्शासन कार्यालय संखुवासभाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतकोे आदेश अनुसार छ्याङकुटी–दिदिङ सडक खण्डको २४ दशमलव ५ किलोमिटर०अन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण शुरु गरिएको हो । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम अहिलेसम्म चार करोड ८८ लाख रुपैयाँ पीडितको खातामा भुक्तानी भइसकेको र बाँकिलाई पनि मुआब्जार बितरणको काम भैरहेको प्रजिअ खड्काले बताउनुभयो । वहाँले लामो समय देखि रोकिएको छुट मुआब्जा प्राप्त ग...
उर्जामन्त्रीको पहलमा संखुवासभाको मनकामना धाम संरक्षणका लागि बाँध निर्माण
समाचार

उर्जामन्त्रीको पहलमा संखुवासभाको मनकामना धाम संरक्षणका लागि बाँध निर्माण

खाँदबारी, २९ माघ पूर्वको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल संखुवासभाको मनकामना धाम संरक्षणका लागि बाँध निर्माण गरिएको छ । संसारको सबैभन्दा होचो उपत्यका अरुण उपत्यकामा अवस्थित प्रसिद्ध मनकामना मन्दिरमा क्षेत्रमा अरुण नदीले क्षति पु¥याएपछि त्यसको संरक्षणका लागि बाँध निर्माण गरिएको हो । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा सिंचाई विभागले उक्त धाम संरक्षणका लागि आवश्यक वजेट विनियोजन गरेसँगै संरक्षणको कामले गति लिएको हो । विगत तीन वर्षदेखि सप्तकोशी नदीको मुख्य सहायक नदीको रुपमा रहेको अरुण नदीले आफ्नो वहाव क्षेत्र परिवर्तन गरि मनकामना धाम तर्फको क्षेत्र कटान गर्दै आएको थियो । उक्त कटानका कारण सम्पूर्ण मनकामना धाम तथा ज्येष्ठ नागरिक आवास क्षेत्र समेतमा गम्भीर क्षति पुग्ने अवस्था सिर्जना भएको थियो । यसै हिँउद याममा मनकामना धाम क्षेत्र तटबन्धन गरी संरक्षण नगरेमा मनकामना ध...
करदातालाई अभिमुखिकरण कार्यक्रम
अर्थ/व्यापार, समाचार

करदातालाई अभिमुखिकरण कार्यक्रम

संखुवासभा,माघ २९ उद्यमशिल संस्कृति, राष्ट्रको संबृद्धि भन्ने नाराका साथ संखुवासभाको खाँदबारीमा उद्योग बाणिज्य प्रशासन सम्वन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा संखुवासभा उद्योग बाणिज्य संघको सहआयोजनामा दुईदिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको संखुवासभा उद्योग बाणिज्य संघका महासचिव प्रबिण श्रेष्ठले जानकारी दिनुभयाे । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमचन्द्र कुलुङ्को सभापतित्व तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय संखुवासभाका निमित्त कार्यालय प्रमुख संजय राई, संखुवासभा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष श्यामसुन्दर उदाश, पुर्व अध्यक्ष युवराज शाक्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायत बिशिष्ठ अतिथी रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य ...
खाँदबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमावि खाँदबारी २७ स्वर्ण सहित प्रथम
खेलकुद, समाचार

खाँदबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमावि खाँदबारी २७ स्वर्ण सहित प्रथम

माघ २८ खाँदबारी नगर स्तरीय रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हिमालय मावि खाँदबारी प्रथम भएको छ । आइतबार सम्पन्न नगर स्तरिय प्रतियोगितामा २७ स्वर्ण, १२ रजत, १३ काँस्य सहित हिमालय मावि खाँदबारीले प्रथम स्थान हासिल गरेको हो । प्रतितियोगितामा मनकामना रत्न अम्बिका मावी तुम्लिङटार द्वितीय स्थान प्राप्त गरेको छ । मनकामनाले १५ स्वर्ण , १६ रजत , १२ काँस्य ल्याई द्धितीय स्थानमा चित्तबुझाएको हो । त्यसैगरी ९ स्वर्ण, ६ रजत, १३ काँस्य सहित सुर्य आवासीय मावि खाँदबारी तृतिय भएको छ । खाँदबारी नगरपालिकाको अयोजनामा सम्पन्न प्रतियोेगितामा खाँदबारी नगरपालिका अन्र्तगतका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । Source: arun sandesh ...
भोजपुरमा लागु औषधसहित तीन जना पक्राउ
अपराध, समाचार

भोजपुरमा लागु औषधसहित तीन जना पक्राउ

माघ २७ भोजपुरमा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका कन्चन बस्नेत, भोजपुर नगरपालिका–९ ठेगाना रहेका अनिल राई र रमेश राई लागु औषध र नगद सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरविन्द्र शाहले जानकारी दिए । केहि ब्यक्तिहरुले लागु पदार्थ सेवन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले निगरानि बढाउँदा टेम्केमैयुङ गाउँपालिका २ का कन्चन बस्नेतको साथबाट १० चक्की ट्रमाडोल र १० चक्की स्पास्पेन चक्की बरामद गरिएको र शोधपुछका क्रममा उनले अनील राई र रमेश राईबाट किनेर ल्याएको भन्ने खुलेपछि प्रहरीले उनीहरुको घर कोठामा खानतलासी गर्दा दुई हजार ५० चक्की ट्रमाडोल, दुई हजार ७० स्पास्पेन, नगद ९७ हजार दश, एक सय वीस ग्राम गाजा र २ थान मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रक्राउ परेका तीनै जनालाई जि...