समाचार Archives - Page 13 of 80 - साझाकुरा
बिहिबार, बैशाख ३१, २०८३

समाचार

विश्व क्यान्सर दिवसका अवसरमा अर्वुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा चेतनामुलक कार्यक्रम संचालन
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्व क्यान्सर दिवसका अवसरमा अर्वुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा चेतनामुलक कार्यक्रम संचालन

संखुवासभा माघ २२ विश्व क्यान्सर दिवसका अवसरमा खाँदबारीमा विभिन्न जनचेतनामुलक कार्यक्रमकाे आयाेजना गरिएकाे छ । नेपाल अर्बुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबकाे संयुक्त आयाेजनामा क्यान्सर बिरुद्ध जनचेतनामुलक छलफल तथा खाँदबारी पाेखरी पार्कमा दिपप्रज्वलन कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रमका पमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले पछिल्लाे समय क्यान्सर राेग हर समुदाय र टाेल टाेलमा फैलिरहेकाले सचेतना जगाउन आवश्यक भएकाे बताउनु भयाे । प्रमुख अतिथी शाक्यले अहिले नेपालमा ४२ हजार बढि क्यान्सरका बिरामि रहेकाे र २२ प्रतिशत क्यान्सरकाे कारण सुर्ति सेवन रहेकाे, अब्यवस्थित खानपान र ब्यायाम अर्थात शारिरिक श्रम अभावका कारण ५ देखि १० प्रतिशत क्यान्सर र बंशानुगत कारणबाट पनि ५ देखि १० प्रतिशत मानिस क्यान्सर पिडित हुनेगरेकाे आँकडा प्रस्तुत गर्दै याे राेगबाट वच्न नियमित स्वास्थ्य परिक्...
पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक
समाचार, समाज

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

माघ २१ याक्सिगुम मिडिया प्रा.लि.को ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यत्र mम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ कृष्ण् लिंखा (राई)को निर्देशन रहेको छ । सह–निर्माताहरुमा खगेन सिं सोम्याहाङ्ग, वालगोपाल सोम्याहाङ्ग, सुजता जिमी र देवी याक्खा रहेका छन् । भिडियोमा अजय जिमी, गोकुल सोम्याहाङ्ग, हिरा सोम्याहाङ्ग, बिमला जिमी, सरिता जिमी, सरिता जिमी, राजकुमारी कोङ्रेन, सञ्जिता जिमी, रमेश लिम्बुखिम, गजेन्द्र पुपाङ्गु, मिजन सोम्याहाङ्ग, सविता जिमी लगायतको अभिनय तथा प्रस्तुति रहेको छ । मनु नेम्वाङ र शिव सम्बाहाम्फेले हाक्पारेमा स्वर दिएका छन् भने लय संकलन अजय जिमी याक्खाको रहेको छ । याक्खा जातिको मुख्य बसोवास रहेको क्षेत्र संखुवासभाको आँखीभुईंमा भिडियोको छायाँकन गरिएको ...
हेल्पिङ हेण्ड्सद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन
समाचार, स्वास्थ्य

हेल्पिङ हेण्ड्सद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन

संखुवासभा माघ २१ हेल्पीङ्ग हेण्ड्स नेपालको मुख्य सहयोग, मनकामना अस्पताल तुम्लिंङ्टारको सहकार्य तथा लोहोरुङ्ग राई समाजको आयोजनामा मा संखुवासभाको खाँदबारी ४ पाङ्ममा निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरिएको छ । हेल्पीङ्ग हेण्ड्सका अन्तराष्ट्रिय अध्यक्ष नारायण श्रेष्ठ तथा वहाँकी धर्मपत्नी श्रेष्ठको उपस्थीतिमा स्वास्थ्य शिवीरको आयोजना गरिएको हो । शिवीरमा नेपाली काँग्रेसका पुर्व सभापति दीपन कुमार श्रेष्ठ, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो । उक्त शिवीरमा आँखा परिक्षण, जेनरल फिजिसिशन, दन्त सेवा, ईसिजी सेवा, आङ खस्ने समस्या, निशुल्क चश्मा तथा औषधी समेत बितरण गरिएको थियो । आज पाङ्मा स्वास्थ्य चौकीमा भएको निशुल्क स्वास्थ्य शिवीरमा दुई सय बढि बिभिन्न रोगबाट पिडित भएका बिरामीहरुको स्...
प्रेस चौतारीको संखुवासभा अध्यक्षमा चापागाईं
समाचार

प्रेस चौतारीको संखुवासभा अध्यक्षमा चापागाईं

संखुवासभा माघ २० प्रेस चौतारी नेपालको छैटौं जिल्ला अधिवेशनले जनक चापागाईंको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज सदरमुकाम खाँदबारीमा सम्पन्न अधिवेशनले चापागाईंको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको नेकपा एमाले संखुवासभा प्रचार बिभाग प्रमुख नवीन दाहालले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा दिब्याकुमारी राई सचिवमा रमा चाम्लीङ् राई, सह– सचिवमा देशन राई, कोषाध्यक्ष कल्पना सुबेदी पौडेल, सदस्यहरुमा सुमिता याख्खा, प्रकाश तामाङ, स्वस्तीका राई, मर्कूस राई, कन्चन राई, बिकास बिक, मंगल मेवाहाङ र मोतीराम भण्डारी रहेका छन् । प्रेस चौतारी नेपाल संखुवासभाका निवर्तमान अध्यक्ष प्रेम निरौलाको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक लेखनाथ बुढाथोकीले प्रेस स्वतन्त्रताका पक्षमा ढृणत...
बिश्व क्यान्सर दिवस सन्दर्भ र हाम्रो भुमिका
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

बिश्व क्यान्सर दिवस सन्दर्भ र हाम्रो भुमिका

महेश श्रेष्ठ नेपाल अर्बूद रोग निवारण संस्थाका अध्यक्ष हुनुहुन्छ । हरेक बर्ष फेब्रुअरी महिनाको ४ तारिक बिश्व क्यान्सर दिवस को रूपमा नेपाल लगायत बिश्व भरका सबै देशमा बिभिन्न कार्यक्रमका साथ भबरूपमा मनाउने गरिन्छ। बिश्व भरि नै महामारी कै रूपमा फैलदै गहिरहेको क्यान्सर बिरूद्वमा लड्न बिश्वसमुदाय लाई एकजुट पारि बिश्वब्यापी रूपमा क्यान्सर बारेमा अनुसन्धान गर्नु , क्यान्सरको रोकथाम तथा निर्मुल गर्नु, क्यान्सर रोगीहरूको सेवाहरूमा सुधार गर्नु तथा जागरुकता बढाउनु र क्यान्सर का बिमारीको हेरचाहमा बिषेश ध्यान पुर्याउनु नै बिश्व क्यान्सर दिवस को मुख्य उदेश्य हो। क्यान्सर रोगको बिरूद्वमा काम गर्ने संसारभरी रहेका बिभिन्न संघसंस्था एवं समुदायहरूको अन्तराष्ट्रिय छाता संगठन (UICC ) Union for international cancer control द्वारा प्रतिपादन भएको बिश्व क्यान्सर दिबसको सन् २०२२ देखी २०२४ सम्मको अभियान नारा cl...
अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै
अन्तर्राष्ट्रिय, अर्थ/व्यापार, समाचार

अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

माघ १९, अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउने भएको छ । नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि विदेशी वस्तुहरूमा चर्को कर लगाउन थालिएको अन्तराष्ट्रय संचारमाध्यमहरुले जनाएका छन् । आज देखि मेक्सिको र क्यानडाका लागि २५÷२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १० प्रतिशत थप कर लगाउने जनाईएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोके ‘ट्यारिफ’ लगाउने चेतावनी दिएका थिए । आयातित सामानमा लगाइने करलाई ‘ट्यारिफ’ भनिन्छ । आजबाट बृद्धिहुने करसंगै क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो धक्का पुग्ने बताईएको छ अक्सफोर्ड इकोनोमिक्सका टोनी स्टिलोका अनुसार यसबाट ती देशसहित अमेरिकी उपभोक्ताका लागि पनि मूल्य वृद्धि हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । भ...
प्रेम प्रस्ताव अस्वीकार गर्दा अछाममा दुई किशोरीको हत्या भएको पुष्टि
अपराध, समाचार

प्रेम प्रस्ताव अस्वीकार गर्दा अछाममा दुई किशोरीको हत्या भएको पुष्टि

माघ १९, अछाममा अघिल्लो शनिवार मृत फेला परेका दुई किसोरीको प्रेम प्रस्ताव अस्वीकार गरेका कारण हत्या भएको खुल्न आएको छ । अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या गरिएको प्रहरीले निश्कर्ष निकालेको हो । गएको शुक्रवार गोठालो गएका इशरा र सरस्वतीको हत्या आशंकामा पक्राउ परेका तिन मध्ये दुई किशोरले घटनाको स्वीकार गरेको पत्रकार सम्मेलनमार्फत अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछाम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा दुई जना किशोरीको हत्या भएको खुलेको हो । अघिल्लो शुक्रवार बाख्रा चराउनका गएका दुई जना किशोरी घर नफर्किए पछि खोजि गर्दै जाँदा अर्को दिन शनिवार शरीरमा ढु...
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
अपराध, समाचार

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ

माघ १९, मानव बेचबिखनमा सलंग्न रहेको आरोपमा पर्साको वीरगञ्जबाट चार जनालाई पक्राउ गरिएको छ । प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका– १६ भन्सार नजिकै रहेको एक होटलबाट भारतको विहारका ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका–२ टिकुलियाकी ३२ वर्षीया सुक्राति चौधरी, ओखलढुंगा देयाले गाउँपालिका–५ का ३३ वर्षीय दिपेश राई र बारा जितपुर सिमरा–१४ बस्ने ३८ वर्षीया मिराकुमारी महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले जनाए । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थपको अनुमति लिइ थप अनुसन्धान प्रकृया अगाडि बढाईएको र उनिहरुको नियन्त्रणमा रहेका दुई जना महिलाको उद्धार गरेको प्रहरीको भनाई छ । ...
लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार
अपराध, समाचार

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार

माघ १८ नवलपरासीमा लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते माघ १८, लागु औषध कारोबारीलाई पक्रन प्रहरीले पश्चिम नवलपरासीमा ४ राउण्ड गोली प्रहार गरेको छ । नवलपरासीको नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरमा लुकाई छिपाई राखिएको लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गर्नूपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । लोनियाले ब्यवसायिक कारोबारका लागि लागूऔषध लुकाईराखेको सूचनाका आधारमा लागूऔषध नियन्त्रणमा लिन प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो । प्रहरीले खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । लोनिया भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको बायाँ खुट्टामा गोलीको छर्रा समेत लागेको प्रहरीले जनाएको छ । छर्राबाट ...
सुन तोलामा दुई हजार तीन सयले बढ्यो
अर्थ/व्यापार, समाचार

सुन तोलामा दुई हजार तीन सयले बढ्यो

माघ १८ आज एकैदिन सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम रहेको थियो । यस्तै आज चाँदीको भाउमा पनि बृद्धि आएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । ...