संखुवासभामा याेग सप्ताह शुरु
स्वास्थ्य जीवन, शान्त मन–समृद्ध समाजका लागि सत्सङ, योग, प्राणायाम र ध्यान भन्ने नाराका साथ जिल्ला योग समन्वय समिति संखुवासाभाको आयोजनामा जिल्लाका बिभिन्न क्षेत्रमा आजबाट योग शिवीर संचालन शुरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले आज सदरमुकाम स्थीत आयुर्बेद कार्यालयको सभाहलमा योग शिवीरको उद्घाटन गर्नूभएको थियो भने खाँदबारी ८ पाठकगाउँमा रहेको श्री आदर्श बिद्या मन्दीर पाठक गाउँमा पनि योग शिवीर संचालन गरिएको थियो । खाँदबारी ८ मा भएको सप्ताहब्यापी योग कार्यक्रमको खाँदबारी नगरपालिकाका कार्यबाहक प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य र शिक्षा बिकास तथा समन्वय प्रमुख गोपालमान भण्डारीबाट समुद्घाटन गरिएको थियो ।
योग शिवीरमा करिव २ सय जनाको सहभागिता रहेको जिल्ला योग समन्वय समितिका संयोजक भिम बहादुर कट्टेलले जानकारी दिनुभयो । वहाँले जिल्लामा रहेका ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, पतञ...









