समाचार Archives - Page 34 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह
अन्तर्राष्ट्रिय, समाचार

हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह

श्रावण २३ बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशसँग सुपुर्दगी गर्न आग्रह गरेका छन्। एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोश जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र दुबैजनालाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए। बङ्लादेश नेशनलिस्ट पार्टी बिएनपी का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरे। साथै आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग पनि गरे। बङ्गलादेशमा आरक्षण कोटा प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा सुरु...
बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त
अन्तर्राष्ट्रिय, समाचार

बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त

श्रावण २३ तस्बिरः एजेन्सी बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुस नियुक्त भएका छन् । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकार प्रमुख बनाएको जनाएका हुन् । त्यहाँको राष्ट्रपति, सेना र विद्यार्थीबीचको संयुक्त बैठकपछि यो निर्णय गरिएको जनाईएको छ। मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई ईन्कार गर्न नसकेको भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइ सकेका थिए । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देस छाडेर भागेपछि त्यहाँका सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठनको घोषणा गरेका थिए । बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुस अहिले उपचारका क्रममा फ्रान्स पुग्नुभएको छ । सरकार प्रमुखमा नियुक्त भएपछि अहिले उनि स्वदेश फर्किने तयारीमा रहेको अन्तरा...
इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग खेल्ने
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग खेल्ने

श्रावण २२ इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दाेस्राे सेमिफाइनलमा नेपालले इरानलाई ३–० काे साेझाे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२१, दाेस्राे सेट २८–२६ र तेस्राे सेट २५–२० ले जित्याे । याेसँगै नेपालले लिग चरणमा इरानसँगकाे हारकाे बदला लिएकाे छ । लिग चरणमा नेपाल इरानसँग ३–२ काे सेटमा पराजित भएकाे थियाे । अब नेपालले उपाधिका लागि भाेलि भारतसँग खेल्नेछ । आज भएकाे पहिलाे सेमिफाइनलमा श्रीलङ्कालाई ३–० काे साेझाे सेटमा हराउँदै भारत फाइनलमा पुगेकाे थियाे । ...
बंगलादेशको ढाकामा व्यापक लुटपाट
अन्तर्राष्ट्रिय, समाचार

बंगलादेशको ढाकामा व्यापक लुटपाट

श्रावण २२ बगंलादेशको राजधानी ढाकामा राजनितिक संकट गहिरिएपछि व्यापक लुटपाट र तोडफोडका घटनाहरु ब्यापक रुपमा भएका छन् । प्रदर्शनकारीहरूले गृहमन्त्री असदुज्जामान खानको धनमण्डीस्थित निवासमा ब्यापक तोडफोड मच्चाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। बीबीसी बगंलाका अनुसार, प्रदर्शनकारीहरूले मुख्य गेट तोडेर भवनमा प्रवेश गरि आगजनिसमेत गरेका छन् । प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा पनि प्रदर्शनकारीले लुटपाट गरेका छन् । प्रदर्शनकारीहरूले शेख हसिनाको कार्यालयबाट फर्निचर र अन्य महत्वपुर्ण सामग्रीहरु समेत लुटेर लगेका छन् । प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता तथा स्वतन्त्रता संग्रामका नेता शेख मुजीबुर रहमानको मूर्ति पनि तोडफोड गरेका छन् । त्यसैगरि उनिहरुले शेख मुजीबुर रहमानको स्मृति संग्रहालय आगजनि गरि ध्वस्त बनाएका छन् । पूर्वी शहर सिल्हेटमा पनि उपयुक्त आयुक्त र प्रह...
बेलायतमा हिंसक प्रदर्शन गर्ने चार सय बढि प्रदर्शनकारी पक्राउ
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

बेलायतमा हिंसक प्रदर्शन गर्ने चार सय बढि प्रदर्शनकारी पक्राउ

श्रावण २२ तसवीर : एजेन्सी बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक आन्दोलनका क्रममा अहिलेसम्म चार सय बढिलाई पक्राउ गरिएको छ । यसअघि प्रधानमन्त्री केयर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको जानकारी दिएका थिए । हिंसक प्रदशर्नका क्रममा दोहोरो झडपमा परि कैयौँ प्रहरी अधिकारीहरु समेत घाईते भएको बिबिसिले जनाएको छ । साउथपोर्टको एक पार्टीमा चक्कु प्रहारबाट तीन जना बालिकाको ज्यान जानेगरि आक्रमण भएपछि बेलायतमा हिंस्रक प्रदर्शन शुरु भएको थियो । प्रदर्शनका क्रममा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक बिच ठाउँ ठाउँमा भडप भएको थियो । प्रदर्शनकारीहरूले केहिदिन यता आप्रवासी मुस्लिमलाई केन्द्रत गरि आक्रमण बढाईरहेका छन् । उनिहरुले मस्जिदमा प्रवेश गरि त्यहाँरहेका ब्यक्ती र भवन संरचनामा ठुलो क्षति पुर्याएको बताईएको छ । यो घटनालाई लिएर प्रधानमन्त्री ...
पहिरोले घर पुरिँदा गुल्मीमा चार जनाको मृत्यु दुई जना घाईते
समाचार

पहिरोले घर पुरिँदा गुल्मीमा चार जनाको मृत्यु दुई जना घाईते

श्रावण २२ पहिरोले घर पुरिँदा गुल्मीमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान घर माथिबाट भरेको पहिरोले स्थानीय विष्णु विक र हुकुम विकको घर पुरिँदा बिसौनाका ४० वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मुसुरी विक र साढे दुई वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उक्त पहिरोमा पुरिएर विष्णु विक र नुना विक घाइते भएका छन् । उनिहरुलाई स्थानीयवासीले उद्धार गरि पहिरोबाट निकालेका थिए । उनिहरुको हाल उपचार भइरहेको छ । गुल्मीमा गएरातिदेखि नै निरन्तर रुपले भारि वर्षाद भइरहेको जनाईएको छ ।...
बंगलादेशका पुर्व प्रधानमन्त्री खालिदा रिहा हुने
अन्तर्राष्ट्रिय, समाचार

बंगलादेशका पुर्व प्रधानमन्त्री खालिदा रिहा हुने

एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिनुभएको हो । राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने निर्णय गरेको हो । पूर्व प्रधानमन्त्री बेगम खालिदा जिया भ्रष्टाचारको अभियोगमा २०७४ सालमा पाँच वर्षका लागि जेल चलान भएकी हुन् । यद्दपी ५ वर्ष बितिसक्दा पनि रिहा नभएकी उनलाई राष्ट्रपतिले रिहा गर्न आदेश दिनुभएको हो । जियाका श्रीमान एवं पूर्व राष्ट्रपति जिया उर रहमानको नाममा सञ्चालित जिया अनाथालय कोषका लागि विश्वका विभिन्न देशबाट प्राप्त २ लाख ५२ हजार डलर बराबरको रकम हिनामिना भएको ठहर भएपछि ...
आज दिउँसो धेरै भारी वर्षा र  राति अति भारी वर्षाको सम्भावना
समाचार

आज दिउँसो धेरै भारी वर्षा र  राति अति भारी वर्षाको सम्भावना

श्रावण २२ आगामी २४ घण्टामा देशका केही ठाउँमा अति भारी र धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार प्राय: सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान महाशाखाकको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा अति भारी वर्षा हुनेछ । सबै प्रदेशका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ । केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ । ...
बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा
अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा

श्रावण २१ प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिई भारततर्फ लागेपछि त्यहाँको सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका छन् । ‘सेनाप्रमुख जमानले सबै राजनीतिक दलसँगको छलफलपछि त्यहाँ अन्तरिम सरकार गठनको निर्णय गरिएको जानकारी दिएका छन् । उनले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग त्यहाँ उत्पन्न बिषम परिस्थीतिसंग जुझ्नका लागि आवश्यक पहलकदमी शुरु गर्नलागिएको बताएका छन् । उनले आन्दोलनको क्रममा भएका सबै सहित र तिनका परिवारलाई सरकारले न्याय सुनिश्चित गर्ने प्रतिवद्धता समेत जनाएका छन् । जनरल वाकरले प्रधानमन्त्री शेख हसिना आफ्नो पदबाट राजीनामा बुझाएर देश छाडेर गएको पुष्टी गरेका छन् ।...
पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन्
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

पदबाट राजीनामा दिँदै प्रधानमन्त्री शेख हसिना बाजेदले बंगलादेश छाडिन्

श्रावण २१ बंगलादेशको राजधानी ढाकामा बढ्दो हिंस्रक तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजिनामा बुझाएर अन्य देशमा पुगेको बिबिसिले जनाएको छ । त्यहाँ भैरहेको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री हसिना पदबाट राजीनामा दिएर हेलिकप्टर मार्फत भारततर्फ गएको बीबीसीले उल्लेख गरेको । बंगलादेशमा प्रदर्शनका क्रममा हजारौं नागरिकले प्रधानमन्त्रीको निवासमा प्रवेश गरि तहल्का मच्याएकाले शुरक्षाका लागि भारत प्रस्थान गरेको उल्लेख गर्दै बिबिसिले प्रधानमन्त्री हसिनाले भिडियो सन्देश जारी गर्न खोजे पनि त्यो संभव नभएको बताएको छ । बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरुसँग अहिलेको अवस्थाबारेमा छलफल शुरु गरेको बताईएको छ । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सेना, प्रहरी लगायत त्यहाँका शुर...