समाचार Archives - Page 35 of 77 - साझाकुरा
आइतवार, चैत्र १, २०८२

समाचार

भोलि र पर्सि देशका धेरै ठाउँमा ठूलाे पानी पर्ने, ३४ वटा जिल्लामा ‘रेड अलर्ट’ जारी
समाचार

भोलि र पर्सि देशका धेरै ठाउँमा ठूलाे पानी पर्ने, ३४ वटा जिल्लामा ‘रेड अलर्ट’ जारी

श्रावण २२ भोलिदेखि मंगलबार देखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् 'रेड अलर्ट' जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा भोलिदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा निकै ठूलो पानी पार्ने विभागले जनाएको छ । विभागले भोलि र पर्सिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो । विभागले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम, बाग्मती प्रदेशका रसुवा, चितवन, सिन्धुपाल्चोक र धादिङ तथा गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासी, लमजुङ र गोरखालाई खतराको सूचीमा राखेको छ । यस्तै लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्यूठान र अर्घाखाँची तथा सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा पनि विभागले रेड अलर्ट जारी गरेको छ...
इजरायली आक्रमण पछि युद्धको चपेटामा मध्यपुर्व
अन्तर्राष्ट्रिय, समाचार

इजरायली आक्रमण पछि युद्धको चपेटामा मध्यपुर्व

श्रावण २० एजेन्सी । अमेरिकाले लेवननामा रहेका आफना देशका नागरिकहरुलाई तत्काल देश छोड्न आदेश दिएको छ । बेरुतस्थित अमेरिकी दूतावासले एक सुचना जारी गर्दै मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै तत्काल लेवनान छोड्न आदेश जारी गरेको छ त्यसका लागि तुरुन्त जुनसुकै प्रकृतीका टिकट लिइ अमेरिका फर्कन निर्देशन समेत दिएको छ । इराजयली आक्रमणमा हमास प्रमुखसहित अन्य नेताहरु मारिएसँगै इरानले इजरायलको बदला लिने चेतावनी जारी गरेपछि मध्यपुर्वमा थप युद्ध हुने सम्भावना बढेको छ । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख हानियाको हत्या गरेको थियो । यता जोर्डनको विदेश मन्त्रालयले पनि आफ्ना देशका नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आदेश दिएको छ । यस्तै क्यानाडाले आफ्ना नागरिकहरूलाई इजरायलको यात्राबाट बच्न अपील जारी गरेको छ । यसैबीच अमेरिकाले इरानको सम्भावित आक्...
मिस नेपालको उपाधि आश्मा केसीलाई
समाचार, समाज

मिस नेपालको उपाधि आश्मा केसीलाई

श्रावण २० मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्मा कुमारी केसीले पहिरिएकी छिन् । उनले शनिबार सम्पन्न ग्राण्ड फाईनलमा मिस नेपाल वर्ल्ड २०२४ को उपाधि हात परेकी हुन् । त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेशलन २०२४ काे उपाधी करुणा रावतले जितेकी छिन् ।
आज भोटो जात्रा, काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा
समाचार, समाज

आज भोटो जात्रा, काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा

श्रावण २० आज भोटो जात्रा । रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आज भोटो देखाइने भएको छ । भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलाई सुर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो अवलोकन गर्न राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित हुने चलन छ । आज भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ । साथै ललितपुरकी जीवित देवी कुमारी र ललितपुरका १७ औं शताब्दीका ...
काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै
खेलकुद, समाचार

काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दै

श्रावण २० काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला ...
मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त गरियो
राजनीति, समाचार

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त गरियो

श्रावण १८ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले आज कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाट रुपा विक, पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टिबाट राज्यमन्त्रीमा अरुण चौधरी नियुक्त भए उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।...
कक्षा १२ को नतिजा सार्वजनिक नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
समाचार

कक्षा १२ को नतिजा सार्वजनिक नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् । यस्तै नन ग्रेड अर्थात् अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ४७ दशमलव ०९ प्रतिशत रहेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ सहभागी तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८र७९ का २८ दशमलव २६ प्रतिशत र २०७६र०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वैशाख १४ गतेदेखि शुरु भएको परीक्षामा जम्मा चार लाख ९१ हजार चार सय ९७ जना विद्यार्थी सहभागी थिए । अघिल्लो वर्षको परीक्षामा २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । उज्यालो अनलाईनले समचार बिस्तृतमा प्रकाशन गरेको छ ।...
बंगलादेशमा बिद्याथीहरुले फेरि शुरु गरे आन्दोलन
अन्तर्राष्ट्रिय, समाचार

बंगलादेशमा बिद्याथीहरुले फेरि शुरु गरे आन्दोलन

श्रावण १७ एजेन्सी । बंगलादेशमा केहि हप्ता अघि भएको प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरि आन्दोलन चर्काउन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनले उग्र रुप लिँदै गएपछि प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच ठाउँ गाउँमा झडप भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । बैगलादेशको ढाका उत्तर–पूर्वी शहर सिल्हेट मा प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि शुरु गरेपछि शान्ति सुरक्षाका लागि प्रहरीले दमनको निति लिन बाध्य भएको बताईएको छ । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको अन्तराष्ट्रिय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ । रोजगारीमा सेना प्रहरीलाई दिईएको कोटा प्रणाली खारेजीको माग राखि विद्यार्थीले केहि हप्ता अघि शुरु गरेको आन्दोलनका क्रममा २ सय बढिले ज्यान गुमाएका थिए । उक्त प्रदर्शनमा करिव १० हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको विद्या...
लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह
अन्तर्राष्ट्रिय, समाचार

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

श्रावण १७ लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र को हत्या गरिएपछि तनाव बढेको छ । त्यहाँ उत्पन्न स्थीतिलाई मध्यनजर गर्दै ईजिप्टमा रहेको नेपाली दुतावासले लेवनानमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । लेबनानमा रहेका नेपालीलाई ईमरजेन्सी सहायता आवश्यक परेको खण्डमा नेपाली दूतावास कायरो र बेरुतमा रहेको अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ ।...
शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन
समाचार

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन

श्रावण १७ शास्त्रीय सङ्गीतका धुरन्धर गुरु गुरुदेव कामतको आज आफ्नै निवासमा ६९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित वहाँले आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान अन्तिम सास लिनुभएको थियो । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाईएको छ ।...