खेलकुद Archives - साझाकुरा
शुक्रबार, असार १२, २०८३

खेलकुद

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट, क्रिकेट र फुटबल रंगशालालाई प्राथमिकता
खेलकुद, समाचार

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट, क्रिकेट र फुटबल रंगशालालाई प्राथमिकता

सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पूर्वाधारको विकासलाई प्राथमिकता दिइएको छ। अर्थमन्त्री वाग्लेले तीन वर्षमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाइटसहितको बनाउने घोषणा गरे। त्यस्तै प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला बनाइने र खेलकुदमा आवासीय तालिमको व्यवस्था गर्ने बताए।...
खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम शुरु
खेलकुद, समाचार

खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम शुरु

संखुवासभा जेष्ठ १५ कोशी प्रदेश ब्याडमिण्टन संघको आयोजना, जिल्ला ब्याडमिण्टन संघ संखुवासभाको प्रायोजन तथा नेपाल ब्याडमिण्टन संघको प्राबिधिक सहयोगमा संखुवासभाको खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम खाँदबारीमा आजबाट शुरु भएको छ । आज बिहान ब्याडमण्टिन संघ संखुवासभाका अध्यक्ष सन्जीव श्रेष्ठको सभापतित्व तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा भएको तालिम उदघाटन कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, नेपाल ब्याडमिण्टन संघका सचिव तथा अन्तराष्ट्रिय प्रशिक्षक दीपक थापा, कोशी प्रदेश ब्याटमिण्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ जिल्ला भलिवल संघका अध्यक्ष मेदिनी घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा खाँदबारी एफएमका स्टेशन मेनेजर कृष्णराज शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत लगायत अत...
खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम
खेलकुद, समाचार

खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम

संखुवासभा जेष्ठ १४ कोशी प्रदेश ब्याडमिण्टन संघको आयोजना, जिल्ला ब्याडमिण्टन संघ संखुवासभाको प्रायोजन तथा नेपाल ब्याडमिण्टन संघको प्राबिधिक सहयोगमा संखुवासभाको खाँदबारीमा एम्पायर बिकास कोर्ष तथा पुनरताजगी तालिम खाँदबारीमा आयोजना गरिने भएको छ । भोली जेष्ठ १५ गते देखि १९ गते सम्म संचालन हुने तालिममा अन्तराष्ट्रिय प्रशिक्षक दीपक थापा, राष्ट्रिय प्रशिक्षक केदार धिमाल कोशी प्रदेश ब्याटमिण्टन संघका अध्यक्ष योगेश्वर श्रेष्ठ लगायत १४ जिल्लाका ४५ बढि प्रशिक्षक तथा प्रशिक्षार्थीको सहभागिता रहने जिल्ला ब्याडमिण्टन संघ संखुवासभाका सचिव रुद्रमणी श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय संखुवासभामा ब्याडमिण्टन खेलप्रति खेलाडीहरुको आकर्षण बढ्दै गएको छ । जिल्ला ब्याडमिण्टन संघ संखुवासभाले यस अघि प्रदेश स्तरिय, नरबहादुर बिष्णुमायाँ कुलुङ जातिको चाक्चाकुरको अवसर जिल्ला स्तरिय ब्याडमिण्टन प्रतियोगिता लगाय...
एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा
खेलकुद, समाचार

एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

जेठ १० नेपाल क्रिकेट संघ क्यानले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ। सिंगापुरमा आगामी मे ३१ बाट सुरु हुने छनोट प्रतियोगितामा रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्। उनीहरू यसअघि यूएईसँगको शृङ्खलामा खेलेका थिएनन्। खेल जुन ९ सम्म चल्नेछ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, र साहब आलम समेटिएको उल्लेख गरिएको छ ।...
सभापोखरी कप भलिबल: पुरुषतर्फ आयोजक सभापोखरी र महिलातर्फ खाँदबारी नगरपालिका विजयी ।
खेलकुद, समाचार

सभापोखरी कप भलिबल: पुरुषतर्फ आयोजक सभापोखरी र महिलातर्फ खाँदबारी नगरपालिका विजयी ।

संखुवासभाको सभापोखरी गाउँपालिका स्थित बाह्रबिसे बजारमा सम्पन्न अन्तरपालिका स्तरीय ‘सभापोखरी कप भलिबल प्रतियोगिता’को पुरुषतर्फ उपाधि आयोजक सभापोखरी गाउँपालिकाले जितेको छ भने महिलातर्फ खाँदबारी नगरपालिकाले उपाधि हात पारेको छ । पुरुषतर्फको रोमाञ्चक फाइनल खेल २–२ को बराबरीमा पुगेपछि निर्णायक पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै सभापोखरीले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ खाँदबारी नगरपालिकाले पाँचखपन नगरपालिकालाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुरुषतर्फ पाँचखपन नगरपालिकाले तेस्रो स्थान हासिल गर्दा झापा बिर्तामोड नगरपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको थियो । महिलातर्फ ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले तृतीय स्थान प्राप्त गर्दा आयोजक सभापोखरी गाउँपालिकाले सान्त्वना स्थानमा सीमित रहनुपरेको थियो । प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्...
ओमानमाथि नेपालको शानदार जित
खेलकुद, समाचार

ओमानमाथि नेपालको शानदार जित

बैसाख २२ आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट बलिङ प्रदर्शनका कारण नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा जारी सिरिजको अन्तिम खेलमा ओमानलाई ८१ रनले हराउन सफल भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९।५ ओभरमा १७५ रनमै अलआउट भयो । त्यसअघि शेख दाजुभाई आसिफ र आरिफ ब्याटिङमा चम्किँदा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । यस सिरिजमा नेपालले चार मध्ये ३ खेल जित्दै ६ अंक जोड्न सफल भयो । २४ खेलबाट १८ अंक जोडेको नेपाल ८ टोली सहभागि लिग टु मा सातौं स्थानमै यथावत रहन सफल भएको छ ।...
पर्यटन प्रवर्धनका लागि खेलकुद र साँगितिक कार्यक्रम आयोजना गर्दै चिचिला
खेलकुद, समाचार

पर्यटन प्रवर्धनका लागि खेलकुद र साँगितिक कार्यक्रम आयोजना गर्दै चिचिला

खाँदबारी । संखुवासभाको चिचिला गाउँपालिकाले नयाँ बर्षको अवसरमा खेलकुद र साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाले मंगलबार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो । पालिकाको पर्यटकीय क्षेत्र मत्स्यपोखरीको प्रवर्धन गर्ने उद्देश्य सहित खुल्ला अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । गाउँपालिका अन्तर्गगतको चिचिला गाउँ खेलकुद विकास समिति, वडा नम्बर ४ र स्थानीय क्लव स्वर्णीम मत्स्यपोखरी युवा क्लवको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको उहाँले बताउनुभयो । चिचिला गाउँपालिका जिल्ला सदरमुकाम नजिकै रहेकोले पनि पर्यटकहरु आउने सम्भावना भएकोले पर्यटन पुर्वाधार निर्माण तथा प्रचारमा पालिका लागिपरेको उहाँले बताउनुभय...
छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टनको उपाधी प्रविण र जानकीलाई
खेलकुद, समाचार

छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टनको उपाधी प्रविण र जानकीलाई

संखुवासभा, पाैष ६ सुरेन शाक्य, जिल्ला व्याडमिन्टन संघ संखुवासभाद्वारा आयोजना तथा नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति प्रतिष्ठान संखुवासभाको प्रायोजन आयोजित छैठौं नरबहादुर विष्णुमाया श्रेष्ठ स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स व्याडमिन्टन प्रतियोगिताकाे उपाधि प्रबिण श्रेष्ठ र जानकिबल्लभले हात पारेका छन् । खाँदबारी नगरपालिका१, घिमिरेगाउँ स्थित सोमनाथ घिमिरे स्मृति कभर्ड हलमा २०८२ साल पौष ३ देखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रविण श्रेष्ठ र जानकी बल्लभको जोडीले मुनुहाङ गुरुङ र राज बिक्रमको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हाे। विजेता जोडीले नगद रु. ३५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जोडीले नगद रु. २०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका राजेन्द्र श्रेष्ठ र अ...
संखुवासभाको खाँदबारीमा आजबाट नर बहादुर बिष्णुमायाँ श्रेष्ठ जिल्ला स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियाेगिता शुरु
खेलकुद, समाचार

संखुवासभाको खाँदबारीमा आजबाट नर बहादुर बिष्णुमायाँ श्रेष्ठ जिल्ला स्तरिय खुल्ला ब्याडमिण्टन प्रतियाेगिता शुरु

संखुवासभा पौष ३ संखुवासभाको खाँदबारीमा आजबाट नर बहादुर बिष्णुमायाँ श्रेष्ठ जिल्ला स्तरिय खुल्ला पुरुष डवल ब्याडमिण्टन पुरुष प्रतियोगिता शुरु भएको छ । खाँदबारी स्थीत सोमनाथ घिमिरे स्मृती बभर्ड हलमा आजबाट शुरु भएको प्रतियोगिता पौष ५ गते समापन हुनेछ । १९ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार ट्रफि मेडल र प्रमाणपत्र, दितिय हुने टिमलाई रु २० हजार ट्रफि मेडल र प्रमाणपत्र तथा तृतिया हुने टिमलाई रु ५ हजार ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जिल्ला ब्याडमिण्टन संघ संखुवासभाले जनाएको छ । जिल्ला ब्याडमिण्टन संघ संखुवासभाका अध्यक्ष संजिव श्रेष्ठको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यतामा आज प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख आतिथी नगर प्रमुख महेश थपलियाले जिल्ला ब्याडमिण्टन संघले खेल क्षेत्रको ...