राजनीति Archives - Page 2 of 10 - साझाकुरा
सोमवार, फाल्गुन १८, २०८२

राजनीति

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति
राजनीति, समाचार

रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

कात्तिक २०, काँस्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागे पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिएको जनाईएको छ । सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा थप अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने भन्दै रास्वपा सभापति लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालत समक्ष उपस्थित गराएको थियो । कास्कीको पोखरास्थीत सूर्यदर्शन सहकारी घोटाला काण्डमा दोषी रहेको आरोपमा प्रहरीले गत कार्तिक २ गते लामिछानेलाई काठमाण्डौबाट पक्राउ गरि पोखरा लगेको थियो । लामिछानेलाई बुटवलमा रहेको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको आरोपमा पोखराबाट अब बुटवल लैजाने तयारी रहेको जनाईएको छ । पोखरामा प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको समर्थनमा आजपनि पोखराको ब...
रवि लामिछानेलाई थप ७ दिन थुनामा राखि अनुसन्धान गर्न अदालतको अनुमति
राजनीति, समाचार

रवि लामिछानेलाई थप ७ दिन थुनामा राखि अनुसन्धान गर्न अदालतको अनुमति

कार्तिक ८ सहकारीमा बचतकर्ताको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ । अदालतले यसअघि दिएको ६ दिनको म्याद आज सकिएसँगै प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।...
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विपक्षी दल
राजनीति, समाचार

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विपक्षी दल

कार्तिक ५ प्रतिपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदैछन् । गत शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समसामयिक राजनीति र बाढीपहिरोलगायतका विषयमा केन्द्रित रहेर ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो सोमबार अपराह्न साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझ्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति
राजनीति, समाचार

लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

कार्तिक ४ सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । अनुसन्धान गर्न म्याद थपको अनुमतिका लागि लामिछानेलाई आज जिल्ला अदालत कास्कीका न्यायाधीश दाहालको इजलासमा पेश गरिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि छ दिनको म्याद थप गर्न माग गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेक...
सरकारले लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने विपक्षी दलहरुको निर्णय
राजनीति, समाचार

सरकारले लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने विपक्षी दलहरुको निर्णय

कार्तिक २ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको खुलासा गरेका छन् । आज शुक्रबार बिहान प्रतिपक्षि दलसंगको बैठकमा दाहालले प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको खुुलासा गरेका हुन्। अध्यक्ष प्रचण्डका अनुशार बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार कसैगरि लामिछानेलाई पक्राउ गर्न उद्यत रहेको छ । प्रचण्डको उक्त अभिब्यक्ति पछि सरकारले पुर्वउपप्रधानमन्त्री लामिछानेलाई पक्राउ गरे सामुहिक प्रतिबाद गर्ने बिपक्षी दलहरुले निर्णय गरेका छन्।...
सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली सपरिवारसहित सम्पर्कविहिन
अपराध, राजनीति, समाचार

सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली सपरिवारसहित सम्पर्कविहिन

असाेज ९ गण्डकी- कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार हुनुहुन्छ । सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उहाँ सपरिवार सम्पर्कविहीन हुनुभएको थियो । प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उहाँ अझै पक्राउ पर्न सक्नुभएको छैन । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।...
दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
राजनीति, समाचार

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

असाेज ६ विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो । भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र अनुमति दिएको हो ।...
नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न
राजनीति, समाचार

नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न

नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षतामा आईतबार सम्पन्न बैठकमा स्थाई समिती सदस्य तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राई प्रमुख अतिथी रहनु भएको थियो । बैठकको उद्घाटन गर्दै प्रमुख अतिथी राईले पार्टीका कोही कार्यकर्ता जिम्मेवारी बिहिन नरहने बताउनु भयो । राईले यो बर्ष 'पार्टी सुदृढिकरणको बर्ष' रहेको बताउंदै सबै कार्यकर्तालाई बिधि निती पद्धती र नेतृत्वको लाईनमा रहन आग्रह गर्नुभयो । वहाँले पार्टी सदस्य र कार्यकर्ताहरुले गर्न हुने र नहुने कामबारे जानकारी गराउंदै राष्ट्रिय सङ्कल्प र मिसनमा एकढिक्का भएर लागीपर्न आब्ह्वान गर्नुभयो । 'पार्टी र नेतृत्वको कमजोरी भए हामिलाई भन्नुस अथवा बैठकमा राख्नुस तर चिया पसल र चौताराहरुमा नभन्नुस' राईले भन्नुभयो । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका राईले आफुहरुले प्रद...
मुकुल ढकाल रास्वपाको साधारण सदस्य समेत रहेनन्
राजनीति, समाचार

मुकुल ढकाल रास्वपाको साधारण सदस्य समेत रहेनन्

भाद्र ११ राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको बैठकले संस्थापक महामन्त्री डाक्टर मुकुल ढकाललाई पार्टिको साधारण सदस्य समेत नरहने गरि हटाएको छ । पार्टिको आन्तरिक गोपनियतामा खलल पुर्याएको आरोपमा ढकाललाई यसअघि रास्वपाले साधारण सदस्यबाट तपाईंलाई किन निश्कासन नगर्ने भन्दै दुई पटक स्पष्टीकरण समेत सोधेको थियो । डाक्टर ढकालले दिएको जवाफ पार्टिलाई चित्तनबुझेको भन्दै उनलाई गत असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । त्यसपछि ३५ दिनभित्र कारबाही उपर पुनरावलोकन गर्ने अवधिमा उनले कुनै पुनरावेदन गरेका थिएनन् । उनले उल्टै आफूमाथिको कारबाही वैधानिक नरहेको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएका थिए । ढकालले दिएको निवेदनमा आयोगले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि ढकालले न्यायिक निकाय...
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश
राजनीति, समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

भाद्र ९ सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । गत शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो । यो मुद्दाको किनारा नलाग्दासम्म सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने नियम तत्कालका लागि कार्यान्वयन नगर्न भनेको छ । यसअघि असार ३० गते न्यायाधीश विनोद शर्माको इजलासले यसबारे कारण देखाऊ र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । असार २८ गते अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले सर्वोच्च अदालतमा यस सम्वन्धमा रिट दर्ता गरेका थिए । सरकारले सामाजिक सुरक्षा भत्ता लिनलगायत अन्य सेवामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा भीड बढेको छ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी पहिलो चरणमा २८ वटा जिल्लामा सामाजिक सुरक्...