राजनीति Archives - Page 7 of 11 - साझाकुरा
शनिबार, साउन २, २०८३

राजनीति

संकल्प प्रस्ताव संविधान विपरीतः मुख्यमन्त्री कार्की
राजनीति, समाचार

संकल्प प्रस्ताव संविधान विपरीतः मुख्यमन्त्री कार्की

कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट पारित गरिएको संकल्प प्रस्ताव संबिधानको अपहेलना भएको भन्दै आज कोशी प्रदेश प्रमुखलाई एक पत्र हस्तान्तरण गरेका छन् । उनले प्रदेश सरकार परिवर्तनका लागि यस किसिमको संकल्प प्रस्तावको अभ्यास कहिँ नरहेको भन्दै उक्त प्रस्ताव संबिधान बिपरित रहेको जिकिर गरे । संवैधानिक पदको मर्यादा माननीय प्रदेश प्रमुखज्यूबाट हुने कुरामा आफु बिश्वस्त रहेको भन्दै उनले विधिको शासन एवं शक्ति पृथकीकरणको सिद्धान्त तथा नेपालको संविधानको धारा १२८ विपरीत सर्वोच्च अदालतको क्षेत्राधिकारलाई प्रयोग गरी संविधानलाई निस्तेज र निश्प्रभावी बनाउने प्रयास शुरु भएको कार्कीको भनाई छ । उनले संविधान मौन रहेको कतिपय विषयमा सर्वोच्च अदालतको क्षेत्राधिकार उल्लङ्घन गरी संविधानको मर्म र भावना विपरीत संविधानको धारा १६८ को कुनै उपयुक्त धारा प्रयोग गरी सरकार निर्माण गर्नु भन्ने आदेशात्मक अभि...
इलाम २ मा एमालेका उम्मेदवार नेम्वाङ विजयी
राजनीति, समाचार

इलाम २ मा एमालेका उम्मेदवार नेम्वाङ विजयी

इलाम २ बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बुवा सुवास नेम्वाङ्गको मृत्यु पश्चात त्यहाँ भएको उपनिर्वाचनमा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा बिजयी भएको निर्वाचन आयोगले जनाएको छ । निकटतम प्रतिद्धन्दी कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८ सय ३० मतले पछि पार्दै नेम्वाङ्ग बिजयी बनेका हुन् । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले तीन दशक अघि देखि निर्वाचन जित्दै आएको छ । २०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन पछि इलाम–२ बाट प्रतिनिधी सभा सदस्य पद रिक्त रहेको थियो । प्राप्त अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा स्थापित भएको छ । पहिचानवादी नेता डकेन्द्र सिहं लिम्बुले ११ हजार चार सय ५७ मत प्राप्त गरेका थि...
राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित
राजनीति, समाचार

राष्ट्रिय सभा अध्यक्षमा दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।  दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता मा ओ बादी केन्द्रका नेता दाहालले गठबन्धन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए । दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले मत दिएका थिए भने राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मतदान गरेका थिए । दाहालका प्रतिस्पर्धी का रुपमा उम्मेदबारि दिएका राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको खसेकाे थियाे । आज भएको मतदानमा ५६ जना सांसद सहभागी थिए । ...
कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला
राजनीति, समाचार

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला

काँग्रेस राष्ट्रिय सभा संसदिय दलको नेतामा काँग्रेसले कृष्णप्रसाद सिटौलालाई मनोनीत गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेको काँग्रेसले बिज्ञप्ती मार्फत जानकारी गराएको छ । निजी सचिव केशवराज जोशीले काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई संसदीय दलको नेतामा मनोनयन गरिएको बिज्ञप्ती सार्वजनिक गरेका हुन् । ...
जसपाका उपेन्द्र यादव सहित दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सफत
राजनीति, समाचार, स्वास्थ्य

जसपाका उपेन्द्र यादव सहित दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सफत

जनता समाजवादी पार्टी जसपा नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज शपथग्रहण लिए्का छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालयको शपथ लिएको जसपा श्रोतले जनाएको छ । यसैगरि स्वास्थ्य राज्यमन्त्रीमा जसपाकै दीपक कार्कीले पनि आजै स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएको जनाईएको छ । ...
एकीकृत समाजवादी पनि सरकारमा सहभागि हुने
राजनीति, समाचार

एकीकृत समाजवादी पनि सरकारमा सहभागि हुने

नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने निर्णय गरेको जनाएको छ । नव गठबन्धनको सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न आज बुधबार बसेको सचिवालय बैठकले अहिले बनेको सरकारमा सहभागिता जनाउने निर्णय गरेको जनाईएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मेवारी दिएकोमा आज उक्त निर्णय गरिएको नेकपा एसको सचिवालयले जनाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि निर्णय थप पुष्टी हुने जनाईएको छ । ...
एमाले मन्त्रीहरुको मन्त्रालय बाँडफाँड टुंगियो
राजनीति, समाचार

एमाले मन्त्रीहरुको मन्त्रालय बाँडफाँड टुंगियो

नेकपा एमालेबाट सरकारमा सहभागी हुने ८ जना मन्त्री र मन्त्रालय टुंगिएको दावी गरिएको छ । एमाले सचिव रघुवीर महासेठलाई उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री तोकिएको छ भने अन्य मन्त्रालयमा पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिईएको नेकपा एमालेले जनाएको छ । त्यस्तै दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी र बलराम अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने गरि निर्णय भएको एमाले स्रोतले उल्लेख गरेको छ ।...
एमाले जिल्ला अध्यक्षमा खड्ग राई निर्वाचित
राजनीति, समाचार

एमाले जिल्ला अध्यक्षमा खड्ग राई निर्वाचित

नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् । सोमबारदेखि खाँदबारीमा जारी नवाैँ जिल्ला अधिवेशनको बन्दसत्रले आज राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा चैनपुर नगरपालीका पुर्व मेयर तथा नेता भरत खत्रीले आफ्नाे उम्मेद्वारी फिर्ता लिए पछि राई सर्वसम्मत निर्वाचित भएका हुन । फागुन २१ गते बाट जिसस हलमा शुरु भएकाे अधिवेशन नेकपा एमाले पार्टी  सचिव रघुवीर महासेठले उद्घाटन गरेका थिए । पार्टी  सचिव रघुवीर महासेठले सकेसम्म अन्य सबै पदहरु सर्बसम्मत गर्न आग्रह गरेका छन् । जिल्ला कमिटी उपाध्यक्ष, सचिव, उपसचिवमा पनि सर्वसम्मतको प्रयास भैरहेको जनाईएकाे छ । ...
नयाँ समीकरण बन्ने भएपछि बालुवाटारमा मन्त्राालय बाँडफाँटबारे छलफल
राजनीति, समाचार

नयाँ समीकरण बन्ने भएपछि बालुवाटारमा मन्त्राालय बाँडफाँटबारे छलफल

नयाँ सत्तासमीकरण बन्ने भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका नेताहरूबीच छलफल भएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको हो। बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्। बैठकमा नयाँ समीकरण र मन्त्रालयको बाँडफाटको बारेमा छलफल भएको स्रोतले बताएको छ। प्रचण्ड र ओलीले रास्वपाका  लामिछानेलाई भौतिक मन्त्रालय दिन चाहे पनि लामिछानेले भने गृहमन्त्रालयको अडान छाडेका छैनन्। परराष्ट्रमन्त्रालयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन्। एमाले र माओवादी केन्द्रले अर्थ र गृहमन्त्रालयमा दावी गरेका छन्। यद्देपि लामिछानेले गृह नछोड्ने अडान लिएपछि प्रचण्ड र ओलीले थप छलफल गर्...
लोसपा बरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टि परित्याग, नयाँ आन्दोलनको घोषणा
राजनीति, समाचार

लोसपा बरिष्ठ नेता राजेन्द्र महतोद्वारा पार्टि परित्याग, नयाँ आन्दोलनको घोषणा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् । आज राष्ट्रिय सभागृहमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् । बरिष्ट नेता महतोले पत्रकार सम्मेलन मार्फत नै लोसपा परित्यागसंगै राष्ट्रिय मुक्ति आन्दोलन समेत आजैबाट शुरु भएको घोषणा गरेको जनाईएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुर र महतोबिच केही महिला अघि देखि नै मनमुटाव देखिँदैआएको थियो । पार्टि परित्याग गरेको घोषणा संगै महतोले राष्ट्रिय मुक्ति आन्दोलन अभियान शुरु भएको र पार्टीको स्वरूप गठनलाई तिब्रता दिने बताएका थिए । ...