समाचार Archives - Page 11 of 77 - साझाकुरा
शनिबार, फाल्गुन ३०, २०८२

समाचार

नेपाल पत्रकार महासंघको संयोजनमा सार्वजनिक सुनुवाई कार्यक्रम
समाचार

नेपाल पत्रकार महासंघको संयोजनमा सार्वजनिक सुनुवाई कार्यक्रम

संखुवासभा माघ १० नेपाल पत्रकार महासंघ संखुवासभाको संयोजन तथा खाँदबारी नगरपालिकाको आयोजनामा खाँदबारी नगरपालिकाको सेवा प्रवाह, बिकास निर्माण तथा सुशासनका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएको छ । संखुवासभाको सबैभन्दा पहिलो नगरपालिका खाँदबारी नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को सन्दर्भमा गरिएका योजना कार्यान्वयनको अवस्था, सेवाप्रवाह र समस्या चुनौती, अवसर र संभावनाका बारेमा नगरपालिकाका जिम्मेवार नेतृत्वबाट जवाफ खोज्ने उदेश्य स्वरुप आगामी माघ १४ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तय भएको नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले जानकारी दिए । नगरपालिकाबाट भैरहेको सेवा प्रवाहको अवस्था, आर्थिक बर्ष २०८१÷०८२ मा नगरसभाबाट पारित निति तथा कार्यक्रमको प्रगति विवरण र सुशासनको अवस्थाका बारेमा नगरबासिलाई सुसुचित गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श...
अन्तर माबि भलिबलकाे उपाधि आयोजक हिमालयलाई
खेलकुद, समाचार

अन्तर माबि भलिबलकाे उपाधि आयोजक हिमालयलाई

माघ १० संखुवासभा सदरमुकाम खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालयको हीरक महोत्सवको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक हिमालय माविले जितेको छ । आज सम्पन्न भएको फाईनल खेलमा सारदा मावि पोखरी (चैनपुर) लाई पराजित गर्दै उपाधि जितेको हो । हिमालय माविसँग पराजित बनेका सारदा मावि उपविजेतामा सिमित बनेका हुन् । विजेता बनेको हिमालय माविले विद्योदय मावि पांठालाई पराजित गरि फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै सारदा माविले सुर्य आवासिय माविलाई पराजित गरेर फाईनल प्रवेश गरेको थियो । विजेता बनेको हिमालय माविले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सारदा माविले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् । सेमिफाईनलिष्ट सुर्य आवासीय मावि र विद्योदय मावि पांठाले पनि नगद १०, १० हजार रुपैयाँ प्...
हिरक महाेत्सब मनाउँदै हिमालय मा.बि खाँदबारी
शिक्षा, समाचार

हिरक महाेत्सब मनाउँदै हिमालय मा.बि खाँदबारी

संखुवासभा माघ ९ संखुवासभाको खाँदबारी स्थीत श्री हिमालय माध्यमिक बिद्यालयले ७५ औं स्थापना दिवस तथा हिरक महोत्सवको उपलक्ष्यमा बिबिध कार्यक्रमहरुको आयोजना गर्दैआएको छ । पुर्व बिद्यार्थीहरुलाई सम्मान, बिभिन्न बिधाका खेलकुद, साँस्कृतिक नृत्य लगायतका प्रतिश्पर्धात्मक कृयाकलाप र श्रृजनात्मक हस्तकला प्रदर्शनिको कार्यक्रम समेत आयोजना गरिएको छ । माघ ५ गते देखि सप्ताहब्यापी रुपमा बिबिध कार्यक्रमका साथ मनाईएको हिरक महोत्सवको समापन कार्यक्रममा सिंचाई तथा जलश्रोत मन्त्री दीपक खड्कालाई प्रमुख अतिथीका रुपमा निमन्त्रणा गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर पराजुलीले जानकारी दिनुभयो । हिमालय माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरु अहिले नेपाल सरकारका उच्च पदस्थ प्रसासकका रुपमा समेत रहेका छन् भने सैयौंको संख्यामा पुर्व बिद्यार्थीहरु निजामति सेवा र युरोपियन देशहरुमा पुगेर प्रगतिउन्मु...
बाह्रबिसे अग्नी प्रभावितलाई संखुवासभा उद्योग बाणिज्य संघद्वारा राहत रकम प्रदान
समाचार, समाज

बाह्रबिसे अग्नी प्रभावितलाई संखुवासभा उद्योग बाणिज्य संघद्वारा राहत रकम प्रदान

माघ ८ गत माघ २ गते संखुवासभाको सभापोखरी ६ बाह्रबिसेमा भएको आगलागि प्रभावितहरुलाई संखुवासभा उद्योग बाणिज्य संघले राहत स्वरुप सहयोग रकम प्रदान गरेको छ । आज संघका कार्यबाहक अध्यक्ष संजिव श्रेष्ठ, संस्थापक अध्यक्ष श्याम सुन्दर उदाश, उपाध्यक्ष राजकुमार श्रेष्ठ, संघका सचिव रबिन्द्र खत्री, सदस्य हेमराज निरौला, नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य लगायतको उपस्थितिमा आगलागि प्रभाबित पाँच घरधुरी र त्यहाँ डेरागरि बस्ने छ परिवारलाई प्रभाबित स्थल बाह्रबिसे पुगेर संखुवासभा उद्योग बाणिज्य संघले ६९ हजार ९ सय रुपैयाँ सहयोग गरेको हो । गत माघ २ गते अकस्मात आगालागि हुँदा अमृता लिम्बु, लाल बहादुर लिम्बु, शुसिल तामाङ्ग, निर्मला कालाखेती तामाङ्ग र राम बहादुर राईको घर पुर्ण रुपमा क्षतिभएको थियो । आगलागि प्रभावितलाई रकम हस्तान्तरण गर्दै संघका कार्यबाहक अध्यक्ष संजिव श्रेष्ठले यो मानविय ...
फोनिज काठमाडौं शाखा अध्यक्षमा भिमबहादुर लामा 
समाचार

फोनिज काठमाडौं शाखा अध्यक्षमा भिमबहादुर लामा 

माघ ७ आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखा अध्यक्षमा भिमबहादुर लामा सर्वसम्मत निर्वाचित भएका छन्।  त्यसैगरी शाखाको उपाध्यक्षमा सुदिना श्रेष्ठ, सचिवमा रत्नकाजी महर्जन, सहसचिवमा नितु डंगोल र कोषाध्यक्षमा दिपा सुनुवार निर्वाचित भए।  सदस्यहरुमा क्रमशः वेदबहादुर गुरुङ, किचसिंह डंगोल, राधिका लो, सरला चौधरी, सिर्जना मगर, अन्जना राई, अजय खडगी र पासाङ काजी शेर्पा चयन भए।  संघीय प्रतिनिधिमा पूर्णभक्त दुवाल, गंगादेवी महर्जन, मिक्साङ बाइवा तामाङ, यशोदा भुजेल, हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्रभक्त श्रेष्ठ, अर्जुनबहादुर तामाङ, लालकुमार तामाङ, सुशिला तामाङ, अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, बिगेन तुलाधर, सुप्रिया राई, मञ्जु तामाङ, सहदेव चौधरी, निशा तामाङ, दिलिप तामाङ चुनिए।  त्यस्तै, प्रदेश प्रतिनिधिहरुमा उदेन न्हुसामी, विमला मानन्धर, सरस्वती श्रेष्ठ, मिङमा ल...
नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा  ७७ जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय, समाचार

नाइजेरियामा ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको ज्यान गयो

माघ ६ नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ । उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । उत्तर मध्य नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको हो । ट्याङ्कर दुर्घटनापछि घटनास्थलबाट तेल सङ्कलन गर्न पुगेका ७७ जनाले ज्यान गुमाएका सुरक्षाकर्मी र उद्धारकर्तालाई उद्धृत गरी बीबीसीले जनाएको छ । मानिसहरूले तेल निकाल्न थालेको केहीबेरमै विस्फोटको घटना भएको थियो । हिजो भएको घटनामा घाइते भएकाहरुको नजिकैका अस्पतालमा उपचार भइरहेको छ । ...
आगलागि पिडितलाई राहत बितरण
समाचार, समाज

आगलागि पिडितलाई राहत बितरण

संखुवासभा माघ ४ संखुवासभाको सभापोखरी ६ मा बुधबार भएको आगलागि पिडितहरुलाई राहत बितरण गरिएको छ । बिहिबार जिल्ला बिपद ब्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटि, अलैंची ब्यवसायी महासंघ र बितरक संघ संखुवासभाले आगलिागि पिडित पाँच घरधुरीका चार परिवारलाई नगद र राहत सामग्री बितरण गरेको हो । जिल्ला बिपद ब्यवस्थापन समितिका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले डत ३ परिवारलाई प्रति परिवार रु १५ हजार र ५ जनाभन्दा बढि सदस्य संख्या भएका एक परिवारलाई नगद रु २० हजार बितरण गरेका थिए । त्यसैगरि नेपाल रेडक्रस सोसाईटि संखुवासभाका कोषाध्यक्ष सल्यान नेपालीले रेडक्रसका तर्फबाट त्रिपाल, कम्बल, भाँडाकुडा, लत्ताकपडा लगायतका सामग्री बितरण गरेका थिए । त्यसैगरि बितरक संघ संखुवासभाको तर्फबाट प्रतिनिधी सुबास कालाखेतिले सभापोखरी गाउँपालिका अध्यक्ष भिम लिम्बु, उपप्रमुख लक्ष्मी चापागाईं, नेपाल पत्रकार महास...
खाँदबारीमा २७ औं राष्ट्रिय भुकम्प शुरक्षा दिवस मनाईयो
समाचार

खाँदबारीमा २७ औं राष्ट्रिय भुकम्प शुरक्षा दिवस मनाईयो

माघ २ भुकम्पले सिकाएको पाठ, बलियो संरचना र सुढिृण पुर्वतैयारीको साथ भन्ने नाराका साथ संखुवासभाको खाँदबारीमा २७ औ राष्ट्रियं भुकम्पिय शुरक्षा दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । जिल्लाको खाँदबारी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, र नेपाल रेडक्रस सोर्साइटि जिल्ला शाखा संखुवासभाले खाँदबारी नगरपालिकाको सभाहलमा आज संंयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै भुकम्पिय शुरक्षा दिवस मनाएको हो । खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, तिनवटै शुरक्षा निकायका प्रमुख, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नेपाल समाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवा तथा पत्रकारहरुको उपस्थीतिमा बिपद जोखिम न्युनिकरणका सावालमा छलफल गरिएको थियो...
संखुवासभाको बाह्रबिसे बजारमा आगलागिमा ५ घर जल्यो
समाचार

संखुवासभाको बाह्रबिसे बजारमा आगलागिमा ५ घर जल्यो

संखुवासभा माघ २ संखुवासभाको सभापोखरी ६ मा पर्ने बाह्रबिसे बजारमा आज दिउँसो आगालागि हुँदा ठुलो धनजनको क्षति भएको छ । स्थानीय सुसिल तामाङ्ग, लालसिंह लिम्बु, अमृता लिम्बु, राम बहादुर राईको घर आगलागिका कारण पुर्ण क्षति भएको खाँदबारी एफएमका सभापोखरी सम्बाददाता ईन्द्रकुमार द्धट्टराईले जानकारी दिनुभयो । बुधबार दिउँसो करिव २ बजे राम बहादुर राईको घरबाट आगलागि शुरु भएको प्रहरीले जनाएको छ। आगलागिको कारण र क्षतिको बिवरण भने हालसम्म संकलनको कार्यभैरहेकाले पुर्ण रुपमा प्राप्त भैनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लागिछानेले जानकारी दिनुभयो । स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । ...
तिनपोखरी कप चुलाचुली झापाले जित्यो
खेलकुद, समाचार

तिनपोखरी कप चुलाचुली झापाले जित्यो

संखुवासभा माघ १ सङ्खुवासभाको खाँदबारीमा शुक्रबारबाट सुरु भएको दोस्रो “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधी चुलाचुली फुटवल क्लव झापाले जितेको छ । आज भएको फाईनल खेलमा आयोजक तिनपोखरी युवा क्लवलाई हराउँदै चुलाचुलीले उपाधि जितेको हो । खेलकाे मध्यान्तर अगाडी एक गोल अन्तरले पछि परेको तिनपोखरीले हाफ टाईम पछि खेलको लयमा सुधार ल्याउँदै एक गोल फर्काउन सफल भएपनि खेलको करिव अन्तिम २० मिनेटमा चुलालुली झापाले एक गोल थप्दै एक का बिरद्ध दुई गोल बनाउन सफल भएको थियो । प्रतियोगिताको विजेता चुलाचुली फुटवल क्लव झापाले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ भने आयोजक तिनपोखरीले उप विजेता बन्दै नगद एक लाख १० हजार हात पारेको प्रतियोगिता संयोजक झलकलाल कुसुलेले जानकारी गराए। ...