विश्व क्यान्सर दिवसका अवसरमा अर्वुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा चेतनामुलक कार्यक्रम संचालन
संखुवासभा माघ २२
विश्व क्यान्सर दिवसका अवसरमा खाँदबारीमा विभिन्न जनचेतनामुलक कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
नेपाल अर्बुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबकाे संयुक्त आयाेजनामा क्यान्सर बिरुद्ध जनचेतनामुलक छलफल तथा खाँदबारी पाेखरी पार्कमा दिपप्रज्वलन कार्यक्रम आयाेजना गरिएकाे हाे ।
कार्यक्रमका पमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले पछिल्लाे समय क्यान्सर राेग हर समुदाय र टाेल टाेलमा फैलिरहेकाले सचेतना जगाउन आवश्यक भएकाे बताउनु भयाे । प्रमुख अतिथी शाक्यले अहिले नेपालमा ४२ हजार बढि क्यान्सरका बिरामि रहेकाे र २२ प्रतिशत क्यान्सरकाे कारण सुर्ति सेवन रहेकाे, अब्यवस्थित खानपान र ब्यायाम अर्थात शारिरिक श्रम अभावका कारण ५ देखि १० प्रतिशत क्यान्सर र बंशानुगत कारणबाट पनि ५ देखि १० प्रतिशत मानिस क्यान्सर पिडित हुनेगरेकाे आँकडा प्रस्तुत गर्दै याे राेगबाट वच्न नियमित स्वास्थ्य परिक्...









