समाचार Archives - Page 18 of 80 - साझाकुरा
बिहिबार, बैशाख ३१, २०८३

समाचार

सामूहिक बलात्कार घटनामा तीन जना पक्राउ
अपराध, समाचार

सामूहिक बलात्कार घटनामा तीन जना पक्राउ

पाैष १० मोरङ, रङ्गेली – कटहरी गाउँपालिका–२ मा बाँसको झ्याङमा अचेत अवस्थामा फेला परेकी २३ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा कटहरी–२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, र भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मो गुल्जार छन्। प्रारम्भिक अनुसन्धानमा तीन जनाको समूहले महिलालाई सिटी सफारीमा अपहरण गरी बाँसको झ्याङमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ।...
आगामि निर्वाचनमा काँग्रेस एमाले बिच चुनाबी प्रतिश्पर्धा हुनसक्छ : उर्जा मन्त्रि खड्का
अर्थ/व्यापार, राजनीति, समाचार

आगामि निर्वाचनमा काँग्रेस एमाले बिच चुनाबी प्रतिश्पर्धा हुनसक्छ : उर्जा मन्त्रि खड्का

संखुवासभा पाैष ८ उर्जा, जलश्राेत तथा सिंचाईं मन्त्रि दीपक खड्काले अपर अरुणमा जनताकाे लगानी सुनिश्चित हुने वातावरण निर्माणका लागि आफु अहाेरात्र लागिरहेकाे बताएका छन् । हुनेले लागत सहभागिता जनाउने र नहुनेले सहुलियतमा विना धराैटि ऋण लिनसक्ने वातावरण तैयार गर्न आफुले गृहकार्य अगाडि बढाईरहेकाे मन्त्रि खड्काकाे भनाई थियाे । अर्काे प्रसंग जाेड्दै मन्त्रि खड्काले सरकार फेरबदल भैरहने प्रबृत्तिकाे अन्त्यका लागि ठुला दल बिच सहकार्य भएकाे र दुई ठुला दलहरुकाे बर्चश्व रहेकाे जिल्लाहरुमा दुई ठुला दलबिच पनि चुनाबि प्रतिश्पर्धा हुनसक्ने खुलासा गरेका थिए । सन्त नेता पुर्व प्रधानमन्त्रि स्वर्गीय कृष्णप्रसाद भट्टराईकाे १ सय औं जन्म जयन्तिका अवसरमा मन्तब्य प्रकट गर्दै मन्त्रि खड्काले बिद्धुत बिकृबाटै देशकाे अर्थतन्त्र माथी उकास्न सकिने र राेजगार श्रृजना गर्न सकिने संभावना रहेकाेमा जाेड दिए । नेपाली...
खाँदबारी बचतले मनायाे रजत जयन्ति नयाँ कार्यसमिति चयन याेगदान कर्ताहरु सम्मानित
अर्थ/व्यापार, समाचार

खाँदबारी बचतले मनायाे रजत जयन्ति नयाँ कार्यसमिति चयन याेगदान कर्ताहरु सम्मानित

खाँदबारी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह आज सम्पन्न भएको छ । सरोज कुमार बज्राचार्यको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख अतिथ्यतामा भएको साधारण सभा अधिवेशनले पुन सरोज बज्राचार्यको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा डेगराज बस्नेत, सचीवमा उपेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष रमेश श्रेष्ठ सदस्यहरुमा फणिन्द्र निरौला, बिक्रम रत्न शाक्य, अञ्जना गौली, अनुपयुश शाक्य, सुवर्ण शाक्य, संजिव कुमार श्रेष्ठ र शुसीला श्रेष्ठ पराजुली चयन हुनुभएको छ । यसैगरि आज सम्पन्न अबिधेशनबाट लेखा समिति अध्यक्षमा लोकमणी मास्के, सचिव हेमराज निरौला चयन हुनुभएको छ । यसैबिच २५ औं बार्षिक साधारण सभा अधिवेशन तथा रजत जयन्ती समारोहमा संस्थापक अध्यक्ष स्वर्गिय जगत शाक्यलाई मरणोपरान्त सम्मान गरिएको छ । खाँदबार...
संखुवासभामा एक बर्षमा ५४ वटा मानव अधिकार उलङ्घनका घटना
समाचार, समाज

संखुवासभामा एक बर्षमा ५४ वटा मानव अधिकार उलङ्घनका घटना

संखुवासभा,पुष ७ संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५४ वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । २१ महिने बालिका बलात्कृत हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ । आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५४ वटा घटनामा ५५ जना पीडित भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ९ जना बालिका सहित १२ जना बलात्कृत, घरेलु हिंसाका ३२, हत्या ४ वटा , कुटपिट गैर राज्य पक्ष ४ जना, हातपात १ जना, आत्म...
खाँदबारी बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम ( फोटो फीचर सहित  )
समाचार, समाज, स्वास्थ्य

खाँदबारी बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम ( फोटो फीचर सहित )

संखुवासभा पौष ७ वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ संखुवासभाको आयोजनामा सदरमुकाम खाँदबारीमा सामुहिक सरसफाई अभियान संचालन गरिएको छ ।  फोहोरका कारण जिल्ला सदरमुकामको प्रमुख बजारका रुपमा रहेको बसपार्क क्षेत्रको सौन्दर्यता खच्किएको भन्दै पत्रकार महासंघले खाँदबारी युथ क्लव, संबृद्ध बहुउदेश्यिय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्थासगको संयुक्त आयोजनामा सरसफाई अभियान संचालन गरेको हो । सरसफाई अभियानमा जिल्ला प्रसाशन कार्यालय, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला समन्वय समिति, रेडक्रस, यातायात ब्यवसायी महासंघ लगायतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया,सहायक प्र...
टिकटक वनाउने क्रममा खोलामा खसेर तेह्रथुममा शिक्षक र विद्यार्थीको मृत्यु
समाचार

टिकटक वनाउने क्रममा खोलामा खसेर तेह्रथुममा शिक्षक र विद्यार्थीको मृत्यु

पाैष ६ टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षीका र एक छात्राको शनिवार अपरान्ह मृत्यु भएको छ । स्थानीय गौखुरी मावीमा नर्स शिक्षीकाको रुपमा कार्यरत शिक्षीका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ बर्षिया छात्रा सुस्मीता भटराईको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक चिनीमायाँ तामाङले वताउनु भयो । शनिवार विदाको दिन पारेर साथीहरु संग शिक्षीका र विद्यार्थी विद्यालय पुछारमा रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपरान्ह टिकटक वनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादव वहादुर खापुङले जानकारी दिनुभयो । श्राेत:समय खबर...
कैलालीमा थुनुवा छुटाइदिने भन्दै रकम असुल गर्ने तीन पक्राउ
अपराध, समाचार

कैलालीमा थुनुवा छुटाइदिने भन्दै रकम असुल गर्ने तीन पक्राउ

पाैष ६ लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए । उनीहरुले थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारतीय रुपैयाँ बुझिसकेकाे र बाँकि रकम थुनामुक्त भएपछि लिने सहमति गरेका थिए ।...
बाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का
समाचार

बाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का

पाैष ६ जुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहानै गएको भूकम्पले केही घरमा क्षति पुर्याएकाे  छ । वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति पुगेकाे जनाए । भौतिक क्षति के कति भयो भन्नेबारे जानकारी सङ्कलनको काम भइरहेको अध्यक्ष सार्कीले बताए ।  बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कुनै मानवीय क्षति भएकाे जानकारी नआएको बताए । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...
खाँदबारी एफएम संचालक समिति सदस्य अधिकारी क्याम्पस प्रमुखमा नियुक्त
शिक्षा, समाचार

खाँदबारी एफएम संचालक समिति सदस्य अधिकारी क्याम्पस प्रमुखमा नियुक्त

संखुवासभा पौष ५ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो खाँदबारी एफएम संचालक समितिका सदस्य चित्ररेखा अधिकारी बरुण बहुमुखि क्याम्पसको प्रमुखका रुपमा नियुक्त हुनुभएको छ । पौष ४ गते बसेको बरुण बहुमुखि क्याम्पस ब्यवस्थापन समितिको निर्णयबाट वहाँ क्याम्पस प्रमुखका रुपमा नियुक्त हुनुभएको क्याम्पस प्रशासनले जनाएको छ । खाँदबारी एफएममा बिगत १७ बर्षदेखि निरन्तर संचालक समितिको सदस्यका रुपमा रही संचार क्षेत्रका बिकासमा क्रियाशिल रहनुभएका अधिकारी लामोसमय देखि बरुण बहुमुखी क्याम्पसको प्राध्यापक, सहायक क्याम्पस प्रमुखका रुपमा जिम्मेवारीमा रहनुभएको थियो । वहाँको यो नियुक्ति संगै जिल्लाको पहिलो महिला क्याम्पस प्रमुखको रुपमा अधिकारीले क्याम्पसको कार्यकारी अधिकार प्राप्त गर्नूभएको हो । आफुलाई जिल्लाकै प्रतिष्ठित क्याम्पसको प्रमुखका रुपमा जिम्मेवारी दिएकोमा ब्यवस्थापन समिति लगायत सिंगो क्याम्पस परिवारल...
नाइजेरियाको भागदौडमा ३५ बालबालिका मारिए
अन्तर्राष्ट्रिय, समाचार

नाइजेरियाको भागदौडमा ३५ बालबालिका मारिए

पाैष ५ एजेन्सी । नाइजेरियाको दक्षिण–पश्चिमी शहर इबादानमा क्रिसमस पर्वको अवसरमा आयोजित रमाइलो मेलामा भागदौड मच्चिँदा ३५ बालबालिकाको मृत्यु भएको छ । घटनामा ६ जना गम्भीर घाइते भएका छन् । रमाइलो मेलाका आयोजकहरूले सित्तैमा खाना र पैसा दिने बताएपछि हजारौं बालबालिका मेला हेर्न पुगेका थिए । कार्यक्रम स्थलमा करिब ५ हजार बालबालिका जम्मा भएको र मुख्य आयोजक कार्यक्रम शुरु गर्न पुग्दा भागदौड मच्चिएको स्थानीयले बताएका छन् ।प्रहरीले मुख्य आयोजक नाओमी सिलेकुनोला, शहरका चर्चित व्यक्तित्व सहित कार्यक्रममा संलग्न आठ जनालाई पक्राउ गरेको जनाएको छ । राष्ट्रपति बोला टिनुबुले आफ्ना सन्तान गुमाएका आमाबुवाप्रति समवेदना प्रकट गर्दै विस्तृत अनुसन्धानको आदेश दिनुभएको छ ।...