फरार बान्तवा कतारबाट फर्काइए
कार्तिक १४
पत्नीको हत्या गरेर फरार अभियुक्त भोजपुरका गजेन्द्र बान्तवा कतारबाट पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलले रेड नोटिस जारी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ ।
एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका बान्तवालाई सम्बन्धित मुद्दामा कारबाही गर्ने, गराउने प्रयोजनका लागि गत मंगलबार नेपाल ल्याईएको प्रहरीले जनाएको छ । प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको विशेष पहलमा रेड नोटीस जारी भएपछि बान्तवालाई फिर्ता ल्याइएको प्रहरीको भनाई छ । २०७८ साल मंसिर ३ गते मेचीनगर नगरपालिका–११ झापा धाइजन बस्ने ४८ वर्षीय शर्मिला तामाङ आफ्नै कोठामा मृत भेटिएकि थिईन् । प्रहरी अनुसन्धानमा उनको
हत्या भएको पाईएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा बान्तवाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी परेको थियो । मृतक शर्मिलाका दाजुले बान्तवा बिरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी ...









