स्वास्थ्य Archives - Page 2 of 9 - साझाकुरा
सोमवार, असार ८, २०८३

स्वास्थ्य

अस्पताललाई भवन हस्तान्तरण
समाचार, स्वास्थ्य

अस्पताललाई भवन हस्तान्तरण

संखुवासभा असार ९ संखुवासभाको सदरमुकाम खाँदबारीस्थीत जिल्ला अस्पतालको नवनिर्मत ५० शैयाको भवन आज सोमबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । बिकोइ÷स्वामिनारायण÷आशिर्वाद निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको भवन भवन निर्माण आयोजना धनकुटाको रु २७ करोड ४९ लाख ४५ हजारको लागतमा निर्माण गरिएको हो । राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, प्रसाशन र नागरिक समाजको उपस्थीतिमा उक्त भवन निर्माण कम्पनीले अस्पताल ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको जिल्ला समन्वय प्रमुख सुमन शाक्यले बताए । भवन र उपचार कक्षको अभावहुँदा बिरामीको उपचारमा समस्या हुँदै आएको उनको भनाई छ । उक्त भवनबाट चाँडैनै ब्यवस्थीत रुपमा उपचार सेवा प्रवाह शुरु गरिने समन्वय प्रमुख शाक्यको भनाई छ । ...
बजार अनुगमन
अर्थ/व्यापार, समाचार, स्वास्थ्य

बजार अनुगमन

घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाले सभापोखरी गाउँपालिकाको बाह्रबिसे बजारको अनुगमन गरेको छ । संखुवासभा उद्योग बाणिज्य संघ, पशुसेवा बिज्ञ केन्द्र खाँदबारी, करदाता सेवा कार्यालय खाँदबारी, नेपाल पत्रकार महासंघ र प्रहरी चौकी बाह्रबिसका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको उक्त अनुगमन टोलिले पसलहरुमा राखिएका खाद्य तथा पेय पदार्थको परिक्षण गर्नूका साथै करदाता सेवा कार्यालय र संखुवासभा उद्योग बाणिज्य संघबाट ब्यवसायीका हितका लागि भैरहेका सेवाप्रवाहका बारेमा समेत जानकारी गराएको थियो । अनुगमन टोलिले डेट स्पायर भैसकेका करिव दश हजार बराबरका केहि पेय पदार्थहरु जफत गरि नष्ट समेत गरेको थियो । अनुगमन कार्यलाई निरन्तरता दिन आगामी दिनमा समेत बिषेस योजनाका साथ अघि बढ्ने कार्यक्रम रहेको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राईले जानकारी दिए । अखाद्य पदार्थकाे बिक...
रेडक्रसद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन
समाचार, स्वास्थ्य

रेडक्रसद्वारा निशुल्क स्वास्थ्य शिवीर संचालन

संखुवासभा, असार ८ नेपाल रेडक्रस सोसाईटि संखुवासभाले सभापोखरी गाउँपालिका वडा नं. १ धुपुमा निशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेको छ । आँखा, कान, अपांगता, हाडजोर्नी, लगायतका स्वास्थ्य समस्याहरुको परिक्षण गरिएको उक्त शिबिरमा १ सय ७१ जनाले सेवा लिएका छन् । शिवीरमा पहिचान गरिएको बिरामी र स्वास्थ्य समस्या भएका मध्ये १८ जनालाई एसएस टिप डिभाईस, ३ जनालाई ह्विल चेयर र ८ जनालाई टेक्ने लौरो उपलब्ध शिफारिस गरिएको छ । उक्त सामग्रीहरु केहिदिन भित्रै पहिचान गरिएको ब्यक्तिहरुलाई प्रदान गरिने रेडक्रसका फिल्ड सुपरभाईजर श्रृतीनाथ चौधरीले जानकारी दिए । ...
स्थापना दिवसका अवशरमा नागरिक सम्बाद
शिक्षा, समाचार, स्वास्थ्य

स्थापना दिवसका अवशरमा नागरिक सम्बाद

मानव अधिकार तथा शान्ति समाज नेपालको २९ औं स्थापना दिवसका अवसरमा संखुवासभा शाखाले नागरिक सम्बादको आयोजना गरेको छ । शान्ति समाजले सोमबार सदरमुकाम खाँदबारीमा बैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको आधारभुत अधिकार बिषयक नागरिक सम्बादको आयोजना गरेको हो । लोकदर्शन शाक्यको सभापतित्वमा भएको कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अनन्तकुमार गौली प्रमुख आतिथी रहनुभएको थियो भने संखुवासभा बिशिष्ठ अतिथी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष युवराज शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल रेडक्रस सोसाईटि संखुवासभाका सभापति सरोज कुमार बज्राचार्य, शान्ति समाजका पुर्व केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, श्रृजनशिल सामुदायिक बिकास केन्द्रका अध्यक्ष राधादेवी बस्नेत नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नागरिक समाजकी बेदकुमारी चापागाईं, लग...
धर्मदेवीमा स्वास्थ्य शिविर ३ सय बढिले लिए निशुल्क सेवा
समाचार, स्वास्थ्य

धर्मदेवीमा स्वास्थ्य शिविर ३ सय बढिले लिए निशुल्क सेवा

संखुवासभा, ११ जेठ । नेपाल भारत मैत्री संघद्वारा संचालित भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा तथा धर्मदेवी नगरपालिकाको व्यवस्थापनमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। आइतबार सम्पन्न उक्त शिविरमा ३०० भन्दा बढी महिलाले पाठेघरको मुख (Pap Smear) र स्तन क्यान्सर सम्बन्धी परीक्षण तथा परामर्श सेवा लिएको आयोजकले जनाएको छ। धर्मदेवी नगरपालिका वडा नं. ३ स्थित कार्यालयमा सम्पन्न शिविरमा डा. उज्वल चालिसेको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पतालको विज्ञ चिकित्सक टोलीले परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरेको थियो। शिविरको उद्घाटन नेपाल भारत मैत्री संघका पदाधिकारी, नगरप्रमुख उदयचन्द्र पौडेल, उपप्रमुख तारा महत भट्टराई, प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष श्यामबहादुर पौडेल तथा अन्य सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थितिमा गरिएको थियो। कार्यक्रमको उद्दे...
सिटिस्क्यान मेसिन खरिद प्रकृया राेक्ने काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति संखुवासभामा जन आक्राेस बढ्दै । निर्णय फिर्ता लिन आग्रह
समाचार, स्वास्थ्य

सिटिस्क्यान मेसिन खरिद प्रकृया राेक्ने काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति संखुवासभामा जन आक्राेस बढ्दै । निर्णय फिर्ता लिन आग्रह

संखुवासभा चैत्र २२ कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल संखुवासभामा सीटी स्क्यान मेसिन खरिद प्रक्रिया रोक्न निर्देशन दिएकाे भन्दै संखुवासभामा काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति जन आक्राेस बढ्दै गएकाे छ । काेशी प्रदेश सरकारले सिटिस्क्यान मेसिन खरिदका लागि यो वर्ष ७ करोड रुपैयाँ बिनियाेजन गरेकाे थियो। जिल्ला अस्पताल संखुवासभामा संखुवासभासहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बिरामीकाे घुईंचाे लाग्ने गरेकाे छ । संखुवासभामा सिटिस्क्यान मेशिन नहुँदा सामान्य दुर्घटना भएका बिरामी समेत सीटी स्क्यान गराउन धेरै रकम खर्चेर सुविधा सम्पन्न अस्पतालमा पठाउनु पर्ने बाध्यात्मक अवस्था छ। मेसिन खरिद कार्यक्रम कार्यन्वयन नगर्ने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालयले पत्र मार्फत जानकारी गराएको संखुवासभा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्...
खाँदबारी अस्पतालको निर्मााणधिन भवनको अनुगमन(भिडियो सहित)
समाचार, स्वास्थ्य

खाँदबारी अस्पतालको निर्मााणधिन भवनको अनुगमन(भिडियो सहित)

चैत्र १५ संखुवासभा । संखुवासभाको खाँदबारीमा निर्माणधिन खाँदबारी अस्पतालको भवनको आज अनुमगन गरिएको छ । भुईं तलामा देखिएको प्राबिधिक समस्याका कारण रेट्रोफिट गरिँदै गरेको भवनको आज जिल्ला स्थीत राजनितिक दल, नागरिक समाज र पत्रकारहरुको संयुक्त टोलिले अनुगमन गरेको हो । नव निर्मित भवनको तल्लो तलामा निर्माणकै चरणमा केहि त्रुटि देखिएको प्राबिधिक मुल्यांङ्कन पछि निर्माणकर्ताले अहिले भवनको रेट्रोफिटिंङको कामलाई तिब्रता दिईरहेको छ । भवन निर्माणको काम सम्पन्न नभएका कारण पुरानो भवनबाट उपचार सेवा दिन अत्यन्तै कठिनाई भैरहेको सरोकारवालाहरुले बताएका छन् । बिरामीको चाँप बढेकाले भुईमा राखेर उपचार सेवा प्रदान गरिएको ब्यापक जनगुनासो आएपछि सर्वदलिय सर्वपक्षिय अनुगमन गरि भवनको काम चाँडो सक्न जिल्ला समन्वय प्रमुख सुमन शाक्यले निर्देशन दिएका छन् । भवन निर्माणको म्याद सकिएपनि ठेकेदार र निर्माण कम्पनीको लापर्वाहि...
प्रजातन्त्र दीवसका अवसरमा रक्तदान तथा फलफुल बितरण कार्यक्रम
समाचार, स्वास्थ्य

प्रजातन्त्र दीवसका अवसरमा रक्तदान तथा फलफुल बितरण कार्यक्रम

संखुवासभा फागुन ७ प्रजातन्त्र दिवसको अवसरमा संखुवासभा जिल्ला स्तरिय समारोह समितिको संयोजन तथा संखुवासभा उद्योग बाणिज्य संघको सहसंयोजनामा खाँदबारी अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ । आज बिहान जिल्ला समन्वय उपप्रमुख बबिता खत्रीको सभापतित्वमा तथा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का, काँग्रेस जिल्ला सभापति अनन्तकुमार गौली, रेडक्रस जिल्ला सभापति सरोज कुमार बज्राचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायतको पत्रकार कार्यालय प्रमुख तथा सामाजिक संघसंस्थाको प्रतिनिधीहरुको उपस्थीतिमा खाँदबारी अस्पतालका ४४ जना बिरामीलाई फलफुल बितरण गरिएको संखुवासभा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष संजिव श्रेष्ठले जानकारी दिए । नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौलीले अस्पतालमा उपचाररत बिरामीहरुलाई प्रजातन्त्र द...
जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा
खेलकुद, समाचार, स्वास्थ्य

जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खा सम्मानीत खेलक्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छः प्रशिक्षक याख्खा

संखुवासभा फागुन १ जिल्ला कराँते महासंघ संखुवासभाले जिल्लाको पहिलो सितोरियो कराँते प्रशिक्षक सन्तोष याख्खालाई सम्मान गरेको छ । बिहिबार खाँदबारी नगरपालिकाको सभाहलमा एक भब्य अन्तरक्रिया तथा स्वागत कार्यक्रमको आयोजना गरि संघले उनलाई सम्मान गरेको हो । धनकुटा स्थाई घर भै हाल काठमाण्डौमा खेल क्षेत्रमै क्रियाशिल प्रशिक्षक याख्खाले २०५१ साल देखि २०६० सालसम्म करिव १० बर्ष संखुवासभाको सदरमुकाम खाँदबारीलाई कार्यक्षेत्र बनाई पाँच सय बढि कराँते खेलाडी उत्पादनमा योगदान दिएको भन्दै संखुवासभाको सितोरिया कराँते महासंघले आज उनलाई सम्मान गरेको हो । लामो समय पछि संखुवासभा आईपुग्नुभएका कराँते प्रशिक्षक याख्खाको सम्मानका लागि सितोरियो कराँते प्रशिक्षणमा रहेका प्रशिक्षक र एक सय ५० बढि प्रशिक्षार्थीहरुले उनलाई खेल कौशल प्रदर्शन मार्फत स्वागत गरेका थिए । संखुवासभामा ३० बर्ष अघि पहिलो पटक सितोरियो कराँते भित्...
विश्व क्यान्सर दिवसका अवसरमा अर्वुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा चेतनामुलक कार्यक्रम संचालन
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्व क्यान्सर दिवसका अवसरमा अर्वुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबद्वारा चेतनामुलक कार्यक्रम संचालन

संखुवासभा माघ २२ विश्व क्यान्सर दिवसका अवसरमा खाँदबारीमा विभिन्न जनचेतनामुलक कार्यक्रमकाे आयाेजना गरिएकाे छ । नेपाल अर्बुद राेग निवारण संस्था र खाँदबारी युथ क्लबकाे संयुक्त आयाेजनामा क्यान्सर बिरुद्ध जनचेतनामुलक छलफल तथा खाँदबारी पाेखरी पार्कमा दिपप्रज्वलन कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रमका पमुख अतिथी जिल्ला समन्वय प्रमुख सुमन शाक्यले पछिल्लाे समय क्यान्सर राेग हर समुदाय र टाेल टाेलमा फैलिरहेकाले सचेतना जगाउन आवश्यक भएकाे बताउनु भयाे । प्रमुख अतिथी शाक्यले अहिले नेपालमा ४२ हजार बढि क्यान्सरका बिरामि रहेकाे र २२ प्रतिशत क्यान्सरकाे कारण सुर्ति सेवन रहेकाे, अब्यवस्थित खानपान र ब्यायाम अर्थात शारिरिक श्रम अभावका कारण ५ देखि १० प्रतिशत क्यान्सर र बंशानुगत कारणबाट पनि ५ देखि १० प्रतिशत मानिस क्यान्सर पिडित हुनेगरेकाे आँकडा प्रस्तुत गर्दै याे राेगबाट वच्न नियमित स्वास्थ्य परिक्...