अभिनेत्री मनिषा कोइरालाले अभिनय गर्दा आँखामा आँसुभन्दा पीडा देखिनु जरुरी भएको बताएकी छन् । कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउने भन्दै उनले दुःखसुख, मूल्यमान्यता, सोच, विचारलगायत पक्षमा सिनेमाले पनि आफ्नो जीवनमा केही योगदान दिन सक्ने बताइन् ।
‘२१ औं शताब्दीमा रिलः नेपाली सिनेमाको विकासु विषयमा काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन अभिनेत्री मनिषा कोइरालाले राखेको मन्तव्यको सम्पादित अंश :
मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, आफ्नो वरपर भएको कथा होस् या सिनेमा, त्यो आफूसँग सम्बिन्धत हुनुपर्छ। कुनै पनि सिनेमाको कथा आफ्नो माटोसँग मिल्यो भने त्यहाँ आफ्नोपन आउँछ। दुःखसुख, मूल्यमान्यता, सोच, विचार लगायत पक्षमा सिनेमाले पनि हाम्रो जीवनमा केही योगदान दिन सक्छ, बाटो देखाउन सक्छ। सक्नुपर्छ जस्तो लाग्छ।
अहिले म नेटफिल्क्सको एउटा वेबसिरिज गर्दैछु। ओटीटीबाट प्रस...