Blog - Page 101 of 106 - साझाकुरा
बुधबार, फाल्गुन २७, २०८२

Blog

गोसाइँकुण्डबाट फर्कने क्रममा हराएको तीर्थयात्रु फेला
समाचार

गोसाइँकुण्डबाट फर्कने क्रममा हराएको तीर्थयात्रु फेला

जनैपूर्णिमाको दिन रसुवाको डिम्साबाट हराएका तीर्थयात्रु काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ दुप्लुगाउँ घर भई काठमाडौँ लाजिम्पाट निवासी १६ वर्षीय प्रवेश तामाङ शनिबार अपराह्न फेला परेका छन्। आफ्नी आमाको साथमा गोसाइँकुण्डबाट फर्कने क्रममा ढिम्सा क्षेत्र झरेपछि छुर्पी किन्न लाग्दा आमा छोराको दूरी फरक भई  मुख्य बाटो भुलेर जङ्गलको बाटो पस्दा प्रवेश हराएका थिए। उनको टाउको र शरीरमा चोटपटक भएका कारण रसुवा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए। प्रवेश हराएको सूचना पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसमेतका सुरक्षाकर्मीले खोजीकार्य तीव्र बनाएको थियो। ठूलोस्याफ्रु, ब्रावल, भार्खु, डिम्सालगायतका क्षेत्रमा दैनिक ८०–९० जना सुरक्षाकर्मी परिचालित भएका थिए। शनिबार  धुञ्चेपारिको खोपाङ भिर इलाकाको खोल्छामा उनी फेल...
मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे
समाचार

मुम्बई निवासी गुलाटीसँग गरिन् बिहे

अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन्। उनले भारतीय नागरिक सञ्जीभ गुलाटीसँग लगन कसेकी हुन्। सामाजिक सञ्जालमार्फत् पतिको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सिंहले छिट्टै नेपाल फर्किने बताएकी छन्। मुम्बई निवासी गुलाटीसँग अभिनेत्री सिंहले गत बिहीबार विवाह गरेकी थिइन्। ुतपाईँहरूको निरुता सिंहले गत बिहीबार मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगन गाठो जोडेको छ। हजुरहरूको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु,ु उनले भनेकी छन्। उनले यससँगै कहिले विहे गर्ने भन्ने प्रश्नको अन्त्य भएको उल्लेख गरेकी छन्। उनले आफू अभिनित फिल्महरू सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएकी छन्।...
माओबादीद्धारा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु
मुख्य समाचार

माओबादीद्धारा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु

नेकपा माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि गाउँगाउँमा ‘जनतासँग माओवादी  विशेष रूपान्तरण’ अभियान सुरु गरेको छ। शनिबार बिहान माओवादी पार्टी मुख्यालय पेरिसडाँडाबाट पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट देशभर एकैसाथ अभियानको शुरुआत भएको घोषणा गरेका थिए। अभियान अन्तर्गत माओवादीका शीर्ष नेताहरू वडा–वडामा पुग्ने कार्यक्रम राखिएको छ भने । केन्द्रीय सदस्यसहित पार्टीका जनवर्गीय संगठनलार्ई परिचालन गरिने कार्यक्रम रहेको बताईएको छ । जस अन्तर्गत पार्टी अध्यक्ष दाहाल आफैं पनि सातवटै प्रदेशको वडा स्तरमा जनताको दैलोमा पुग्ने तालिका रहेको रहेको छ। देशभर ६ हजार ७ सय ४३ वडामा एकसाथ सुरु गरिएको माओवादी पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले माओवादी पार्टिले गरेका कामका बारेमा प्रचारप्रसार गर्ने र सरकारको बारेमा जनताको अभिमत बुझ्ने कार्यक्रम अन्तर...
एमाले आफैँ समाप्त भएर जाने एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालको दावी
समाचार

एमाले आफैँ समाप्त भएर जाने एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालको दावी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । पार्टीको चाँगुनारायण नगर कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेकपा एसलाई समाप्त पार्ने खेलमा लागेको नेकपा एमाले आफैँ सोत्तर भइरहेको र हावा खाईरहेको भनेर टिप्पणी गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरुलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको जानकारी दिए । उनले पार्टीलाई सशक्त बनाउन आफूहरुले संगठन निर्माणको कामलाई तिब्रता दिएको समेत बताएका थिए । अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका थिए ।...
सुर्यको अध्ययनका लागि भारतले पठायो आदित्य–एल १
रोचक, समाचार

सुर्यको अध्ययनका लागि भारतले पठायो आदित्य–एल १

भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो । आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिबार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ । यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दुरी पार गर्नेछ, जुन पृथ्वी र सूर्यको दुरीको १ प्रतिशत हो । भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्ने छ । लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ । यहाँ एक किमिसको न्यूट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ । यो ठाउँको नाम फ्रान्सेल...
आफ्नी श्रीमति चढेको गाडि ट्राफिकले रोकेको भन्दै मेयर बालेन्द्र शाहद्वारा सिंहदरबार जलाउने धम्की
समाचार

आफ्नी श्रीमति चढेको गाडि ट्राफिकले रोकेको भन्दै मेयर बालेन्द्र शाहद्वारा सिंहदरबार जलाउने धम्की

भाद्र १७ ट्राफिक प्रहरीले आफ्नी श्रीमती चढेको गाडी रोकेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहरबार जलाउने धम्की दिएका छन् । उनले वर्तमान सरकारलाई चोरको संज्ञा समेत दिएका छन् । आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ फेसबुकमा उनले लेखेका छन,‘ शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षकले रोकपछि उनले समाजिक संजाल मार्फत आक्रोश पोखेका हुन् । ’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलका अनुसार ‘ट्राफिक प्रहरीले बिदाको दिन भएकाले गाडी चलाउने अनुमति माग गरेको तर अनुमति नभएको बताए । उनले उक्त गाडि ‘बढीमा २, ३ मिनेट मात्रै रोकिएको हो । सरकारी गाडी रोकेर गाडीमा को छन् ? भनेर सोधख...
निक्षेपकर्ता डुवाउँदै सहकारी धनकुटाका १७ सहकारी संस्था खारेज, निक्षेपकर्ताको साढे ३ करोड जोखिममा
अर्थ/व्यापार

निक्षेपकर्ता डुवाउँदै सहकारी धनकुटाका १७ सहकारी संस्था खारेज, निक्षेपकर्ताको साढे ३ करोड जोखिममा

धनकुटा नगरपालिकाले सहकारी ऐनविपरीत कार्य गरेको भन्दै नगरभित्रका १७ वटा सहकारी संस्था खारेज गरेको छ । धनकुटा नगरपालिकाले सहकारी संस्था नियमन गर्न बनाईएको सहकारी ऐन २०७५ विपरीत कार्य गरेको पाईएको भन्दै नगर क्षेत्रका ७० मध्ये १७ सहकारी संस्था खारेज गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको भनाई छ । पटक पटक ऐन विपरित कार्य नगर्न सुचित गर्दासमेत संस्थाका संचालकले कुनै चासो नदिएपछि बाध्य भएर खारेज गरिएको नगरप्रमुख तामाङ्गले बताए । उनले खारेजी गरिएका बाहेक अन्य चारवटा सहकारीका निक्षेपकर्ताले समेत सहकारि बिरुद्ध उजुरी गरेकाले उक्त सहकारिलाई छानबिनको दायरामा ल्याइएको छ । ती संस्थाका उपभोक्ताको साढे ३ करोडभन्दा बढी रकम सहकारिमा निक्षेप रहेको उनको भनाई छ । उपभोक्ताको लगानी डुब्ने अवस्थामा पुग्ने देखिएकाले हामीले ति सहकारिलाई छानबिनको दायरामा ल्याएका हौं उनले थपे । रकम फिर्ताको माग सहित चार स...
नेकपा समाजबादिका अध्यक्ष नेपाल निर्दाेष सावित भैसकेको प्रधानमन्त्री प्रचण्डको उद्घोष
मुख्य समाचार, राजनीति

नेकपा समाजबादिका अध्यक्ष नेपाल निर्दाेष सावित भैसकेको प्रधानमन्त्री प्रचण्डको उद्घोष

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा समाजबादीका अध्यक्ष माधव नेपाल निर्दोष साबित भैसकेको उद्घोष गरेका छन् । समाजवादी मोर्चाले पोखरामा शुक्रबार आयोजना गरेको शुभकामना सन्देश सभामा प्रचण्डले उक्त कुराको उद्घोष गरेका हुन् । “माधवजी यहीँ हुनुहुन्छ । अब उहाँमाथि प्रश्न उठाउने ठाउँ छैन” उनले थपे, ‘पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’ पुर्वप्रधानमन्त्री समेत रहेका माधब नेपालसंग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिईसकेको र सीआईबीले नै उहाँ निर्दोष हुनुहुन्छ भन्ने साबित गरेर मुद्दा चलाउन नपर्ने लिखित प्रतिवेदन दिएको प्रचण्डको दाबी छ । माधव नेपाल निर्दाेस भएपछि आफ्नो पनि टेन्सन हटेको प्रचण्डको भनाई थियो । ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो’ केपी ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र गरेर उनलाई फसाईन...
बालिका बलात्कारको आरोपमा युवक पक्राउ
अपराध, समाज

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका(६ का २१ वर्षीय चिरन्जिवी बोहरा रहेको प्रहरीले जनाएको छ । आरोपी बोहोरालाई बिहिबार दिउँसो प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो। बोहराविरूद्ध १३ वर्षीया बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका(१ बगरस्थित एक घरमा पुर्याई बलात्कार गरेको उजुरी परेको थियो। सोही उजुरीको आधारमा बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।...