अपर तामाकोशीको हकप्रद सेयर खुल्यो
सञ्चालक समितिको निर्णयबमोजिम हकप्रद सेयर निष्कासनका लागि यही साउन २६ गते बुक क्लोज गरेको थियो। यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ।
तसर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयर खरिद गर्न पाउनेछन्। कम्पनीको हकप्रद सेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ।
हाल सो कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। अब कम्पनीले १०० अंकित दरका कूल १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
अपर तामाकोशीको ह...








