Blog - Page 102 of 106 - साझाकुरा
मङ्लबार, फाल्गुन २६, २०८२

Blog

कोशी सरकार बिरुद्धको शुक्रबारको रिट सुनुवाई स्थगित १७ गते सुनुवाइ हुने
मुख्य समाचार, राजनीति, समाचार

कोशी सरकार बिरुद्धको शुक्रबारको रिट सुनुवाई स्थगित १७ गते सुनुवाइ हुने

शुक्रबार हुने भनिएको कोशी सरकार बिरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न अस्विकार गरेपछि स्थागित भएको छ । शुक्रबार स्थगित भएको रिटमाथि आईतबार १७ गते सुनुवाई हुने भएको छ । भाद्र १७ गते आइतवार सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा हुने तय भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । भदौ ७ गते खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको मत दिनु असंवैधानिक भएको ठहर गरेको थियो । गतभदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्दा सभाध्यक्षको मत गैरसंवैधानिक भएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए। कोशी प्रदेशका मुख्यमन्त्री थापाले गत भाद्र १३ गते बुधवार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्र्दै आफुले संविधानसम्मत नै विश्वासको मत प्...
विषालु च्याउ खाँदा बझाङमा एकै परिवारका दुई जनाको मृत्यु
समाचार

विषालु च्याउ खाँदा बझाङमा एकै परिवारका दुई जनाको मृत्यु

बझाङमा विषालु च्याउ खाँदा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ भने आमा गंभिर बिरामी परेकी छन् । बझाङ्गको जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा एकै परिवारका १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीको भनाई छ । खानासंगै जंगली च्याउको तरकारी खानेक्रममा सिकिस्त बिरामी परेका उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय बझाङ्गका डीएसपी जागेश्वर भण्डारीका अनुशार ले बताए । डिएपि भण्डारीका अनुसार छोरी सञ्जिलाको जिल्ला अस्पतालबाट डडेल्धुरा ल्याउने क्रममा बिहीबार बिहान र डडेल्धुराबाट धनगढी ल्याउने क्रममा छोरा सुदीपको बिहीबार राति बाटोमै ज्यान गएको बझाङ्ग प्रहरीको भनाई छ ।...
इजरायली र प्यालेस्टाइनी सैनिकबीच झडप
अन्तर्राष्ट्रिय

इजरायली र प्यालेस्टाइनी सैनिकबीच झडप

इजरायली र प्यालेस्टाइनी सैनिकबीच नाब्लस शहरमा बिहीवार राति भएको भिडन्तमा हुँदा वेस्ट बैंकको १० प्यालेस्टाइनी र ४ जना इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाले दर्जनौँ इजरायलवासीलाई धार्मिक अनुष्ठानका लागि नाब्लसको फ्ल्यासपोइन्ट साइट जोसेफको चिहानमा लैजान नाब्लस शहरमा आक्रमण गरेको थियो । प्लोस्टाइनी नागरिकहरुले भने जोसेफको चिहानसम्म जाने सडकहरु अवरुद्ध गर्दै बिरोध गरेका थिए । उनीहरुले इजरायली गाडीको टायर जलाउनुका साथै इजरायली सेनाको गाडीमाथि ढुंगा प्रहार गरेका थिए । ईजरायल र प्यालेस्टाईन बिच लामो समय देखि बैमनस्यता बढिरहेको र ठुला ठुला युद्धहरु हुँदै आएका छन् । ईजरायल संगको पटक पटकको युद्धमा प्यालेष्टिनले आफ्नो भुमि र हज्जारौं आफ्ना सैन्य दस्ता गुमाईसकोको छ ।...
गृहमन्त्री श्रेष्ठलाई छलेर थाहै नदिई ब्याक डेट् को माइन्युटमा महत्वपुर्ण निर्णय
मुख्य समाचार, राजनीति

गृहमन्त्री श्रेष्ठलाई छलेर थाहै नदिई ब्याक डेट् को माइन्युटमा महत्वपुर्ण निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन र भ्रष्टाचारको अभियान नरोकिने बताईरहँदा भ्रष्टाचार सम्बन्धीका ठुला ठुला निर्णयहरु गृहमन्त्रीलाई थाहै नदिई छलेर हुने गरेको आशंका गरिएको छ । बिहीबारै उनकै पार्टीका नेता, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सरकारले सुरू गरेको सुशासनको अभियान असफल बनाउने प्रयत्न भइरहेको संकेत दिए । सुर्खेतमा प्रधानमन्त्री प्रचण्ड र काठमाडौंमा गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार बिरुद्ध कडा किसिमको अभिव्यक्ति दिनेगरे पनि ठुला ठुला निर्णयहरु गोप्यरुपमा हुने गरेको नेताहरुले नै संकेत गरेका छन् । पटक पटक प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजि श्रेष्ठले सरकारलाई असफल बनाउन चारैतिरबाट घेरा हालिएको बताउने गरेका छन् । उनीहरूले सार्वजनिक रूपमा नभने पनि पछिल्लो समय केही घटनाले सरकार र प्रधानमन्त्री प्रचण्ड दबाबमा परेको खुलासा भइसकेको राजनितिक बिश्लेषकहरुको बुझाई छ...
नक्कली नोटसहित तीन जना पक्राउ
अपराध, समाचार

नक्कली नोटसहित तीन जना पक्राउ

नक्कली नोटको कारोबारमा संलग्न तिन जनालाई प्रहरीले हेटाडाबाट पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका १५ चुरीयामाई मन्दिर नजिकबाट उनिहरुलाई ९५ हजार रूपैयाँ नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रौतहट कटहरीया नगरपालिका ६ का १९ वर्षीय धर्मेन्द्र महरा, सोही नगरपालिका १ का २१ वर्षीय दिपेश दास र राक्सिराङ गाउँपालिका २ बस्ने ४० वर्षीय बिजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस घटनामा थप अनुशन्धान अघि बढाईएको प्रहरीको भनाई छ ।...
खेलकुद
शुक्रबार भएको विमेन्स ट्ववान्टी–२० विश्वकप छनोटको खेलमा नेपाली महिला राष्ट्रिय टिमले बहराइनलाई १० विकेटले पराजित गर्दै बिजय हात पारेको छ । मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले दिएको ३२ रनको लक्ष्यलाई नेपालले १७ बलमै पुरा गरेको थियो । प्रतियोगितामा कविता कुँवरले १४ बलमा १७ रन बनाइन् र तीन चौका प्रहार गरेकि थिईन भने सीता रानागमरले दुई रन बनाइन् । नेपालले २।५ ओभरमा विना कुनै विकेटको क्षतिमा जित हाँसिल गरेको हो । खेलमा नेपालले १३ अतिरक्त रन पाएको थियो । यसअघिको खेलमा टस जितेर ब्याटिङ गरेको बहराइन १५।४ ओभरमा ३१ रन जोड्दै अल आउट भएको थियो । त्यसमा रसनगिका हेराथले दोहोरो अंक छुने एक मात्र ब्याटर बन्दै ११ रन जोडेकि थिईन् । खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डंगोलले २ विकेट लिइन् भने भने कविता कुँवर, रुबिना क्षेत्र र पूजा महत्तोले एकरएक विकेट लिए । यसअघि बिहीबार भएको खेलमा पनि नेपालले मल...
भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प
समाचार

भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प

भाद्र १५ पुर्वी पहाडी जिल्ला भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ११ मिनेटको समयमा तुङ्गेछा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । उक्त भुकम्पको धक्का संखुवासभा, धनकुटामा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । यसअघि गएको साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । । भाद्र १५...
काठमाडौं र ललितपुरमा साढे ८ घन्टा विद्युत आपुर्ति बन्द गरिने
समाचार

काठमाडौं र ललितपुरमा साढे ८ घन्टा विद्युत आपुर्ति बन्द गरिने

भोलि सनिवारकाठमाडौं र ललितपुरका केहि क्षेत्रमा करिव साढे ८ घन्टा विद्युत आपुर्ति बन्द हुने नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीच गियरमार्फत चार्ज गर्न स्युचाटार के(थ्री ६६ केभी प्रसारण लाइन बन्द गरिने भएकाले के(थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट बितरण गरिँदै आएको बिद्युत सेवा बन्द हुने बिज्ञप्ती मार्फत जानकारी गराईएको छ । प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. चार्ज गर्नेगरी कार्य भइरहेको छ। भोलि के(थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको कुलेश्वर, रत्नपार्क, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको भना...
बिवेक पुर्याएर काम गर्न नगरप्रहरी बललाई बालेन साहको निर्देशन
समाचार, समाज

बिवेक पुर्याएर काम गर्न नगरप्रहरी बललाई बालेन साहको निर्देशन

काठमाण्डौ नगरपालिकाका मेयर बालेन साहले बिवेक प्रयोग गरेर काम गर्न नगरप्रहरी बललाई निर्देशन दिएका छन् । बिहीबार नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजना गरिएको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समय अति संबेदनशिल भएकाले जनतासंग ब्यवहार गर्दा अति बिवेक पुर्याएर मात्र काम गर्न निर्देशन दिएका हुन् । प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनितिक आस्था र भेदभाव नराखि काम गर्ने शिलशिलामा कठिनाई भए आफ्ना समस्या महानगर समक्ष राख्न समेत मेयर साहले आग्रह गरेका थिए । सम्बोधनका क्रममा मेयर साहले महानगरपालिकाले नगरप्रहरिको सक्रियतामा १ सय ५० रोपनीबढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा ऐतिहाँसिक उपलब्धी हाँसिल गरेको भन्दै नगरप्रहरीबलको खुलेर प्रसंसा गरेका थिए ।...