Blog - Page 11 of 106 - साझाकुरा
बुधबार, फाल्गुन २७, २०८२

Blog

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
अपराध, समाचार

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ

माघ १९, मानव बेचबिखनमा सलंग्न रहेको आरोपमा पर्साको वीरगञ्जबाट चार जनालाई पक्राउ गरिएको छ । प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका– १६ भन्सार नजिकै रहेको एक होटलबाट भारतको विहारका ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका–२ टिकुलियाकी ३२ वर्षीया सुक्राति चौधरी, ओखलढुंगा देयाले गाउँपालिका–५ का ३३ वर्षीय दिपेश राई र बारा जितपुर सिमरा–१४ बस्ने ३८ वर्षीया मिराकुमारी महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले जनाए । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थपको अनुमति लिइ थप अनुसन्धान प्रकृया अगाडि बढाईएको र उनिहरुको नियन्त्रणमा रहेका दुई जना महिलाको उद्धार गरेको प्रहरीको भनाई छ । ...
लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार
अपराध, समाचार

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार

माघ १८ नवलपरासीमा लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते माघ १८, लागु औषध कारोबारीलाई पक्रन प्रहरीले पश्चिम नवलपरासीमा ४ राउण्ड गोली प्रहार गरेको छ । नवलपरासीको नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरमा लुकाई छिपाई राखिएको लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गर्नूपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । लोनियाले ब्यवसायिक कारोबारका लागि लागूऔषध लुकाईराखेको सूचनाका आधारमा लागूऔषध नियन्त्रणमा लिन प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो । प्रहरीले खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । लोनिया भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको बायाँ खुट्टामा गोलीको छर्रा समेत लागेको प्रहरीले जनाएको छ । छर्राबाट ...
सुन तोलामा दुई हजार तीन सयले बढ्यो
अर्थ/व्यापार, समाचार

सुन तोलामा दुई हजार तीन सयले बढ्यो

माघ १८ आज एकैदिन सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम रहेको थियो । यस्तै आज चाँदीको भाउमा पनि बृद्धि आएको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । ...
अमेरिकी हवाई दुर्घटनामा परेका ६७ जनाकै मृत्यु भएको पुष्टि
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकी हवाई दुर्घटनामा परेका ६७ जनाकै मृत्यु भएको पुष्टि

माघ १८, तस्बिरः एजेन्सी अमेरिकाको वासिंङ्टन डिसिमा हिजो भएको विमान र सैन्य हेलिकप्टर दुर्घटनामा परेका ६७ जनाकै मृत्यु भएको पुष्टि भएको छ । वाशिङ्टन डीसी स्थीत विमानस्थलमा अवतरण हुन लागेका यात्रुवाहक विमान र सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग एक आपसमा ठोक्किँदा दुवै बिमानहरु पोटोम्याक नदीमा खस्न पुगेको थियो । दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना गरि ६७ जनाकै निधन भएको समाचार संस्था एपीले जनाएको छ । अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा ठुलो हवाई दुर्घटना मानिएको छ । सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाले ज्यान गुमाएका थिए । एनटीएसबीका अधिकारीले दुर्घटनाबारे प्रारम्भिक रिपोर्ट एक महिनामा भित्रमा आउने बताएका छन् । दुर्घटनाको कारण सम्वन्धमा बिस्तृत अध्ययन भैरहेको जनाईएको छ । ...
आगलागि पिडितलाई ४ लाख ८८ हजार बढि सहयाेग
अर्थ/व्यापार, समाचार

आगलागि पिडितलाई ४ लाख ८८ हजार बढि सहयाेग

संखुवासभा माघ १५ सभापोखरी आगलागि पिडित राहत संकलन समितिले सभापोखरीमा गत माघ २ गते भएको आगलागिका पिडितहरुलाई राहत रकम हस्तान्तरण गरेको छ । सभापोखरी ६ मा रहेको नयाँ बस्तीमा गत माघ २ गते आगलागि हुँदा ५ घर जलेर नष्ट भएको थियो । आगलागिबाट करिव १ करोड ५० लाख बराबरको क्षति भएको थियो । आगलागि पिडित परिवारको क्षतिमा केही राहात होस भन्ने उदेश्यले सभापोखरी आगोलागि पिडितका लागि राहत सङ्कलन समितिमा उठेको रु ४ लाख ८८ हजार ५ सय ५५ रुपैयाँ आगलागि प्रभावितहरुलाई बितरण गरिएको राहत सङ्कलन समितिका सल्लाहकार बिवेक घलेले जानकारी दिनुभयो । देश बिदेशमा रहेर संखुवासभाको सभापोखरीमा भएको दुखद घटनामा सहयोग गर्नूहुने सबैप्रति राहत सङ्कलन समितिका संयोजक प्रेमकुमार लिम्बुले धन्यबाद प्रकट गर्दै सहयोगि हातहरुद्वारा प्रदान गरिएको रकम घरवालाहरुः १ निर्मला तामाङ्ग कालाखेती र सुसिल तामाङ्गलाई संयुक्तरुपमा रु १ लाख...
पत्रकार महासंघकाे अगुवाईमा सार्वजनिक सुनुवाई
समाचार, समाज

पत्रकार महासंघकाे अगुवाईमा सार्वजनिक सुनुवाई

संखुवासभा माघ १४ नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको सहजिकरण तथा खाँदबारी नगरपालिकाको आयोजनामा खाँदबारी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । नगर प्रमुख महेश थपलियाको अध्यक्षता तथा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर खड्का र नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य बिशिष्ट अतिथीका रुपमा रहनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले आर्थिक बर्ष २०८१÷०८२ को गत श्रावण देखि पौष सम्मका नगरपरिषदबाट पारित निति तथा कार्यक्रमहरुका बारेमा मात्र नभएर नगरसंग सम्वन्धीत जुनसुकै बिषयमा आफ्नो जिज्ञासा राख्न र सम्वन्धीत जिम्मेवार ब्यक्तिहरुलाई संयमतापुर्वक स्पष्ट जवाफ दिन आग्रह गर्दै नगर बिकासका लागि थप सल्लाह सुझाव प्रस्तुत गर्न आग्रह गर्नूभएको थियो । खाँदबारी नगर क्षेत्रका स्थान्ीय बासिन्दाहरुले नगरपालिकाले गरि...
खाँदबारी बसपार्कमा यातायात काउण्टर उद्घाटन
समाचार

खाँदबारी बसपार्कमा यातायात काउण्टर उद्घाटन

संखुवासभा माघ १३ खाँदबारी नगरपालिका १ बसपार्क क्षेत्रमा सडकमा अब्यवस्थीत रुपमा रहेका काउण्टर आजबाट ब्यवस्थीत गर्ने काम शुरु भएको छ । यातायातको साधनको चाँप रहेको सडक ढाक्ने गरि संचालनमा रहेका टिकट काउण्टरहरु आजबाट ब्यवस्थीत गर्न शुरु गरिएको हो । सडकमा रहेको काउण्टरका कारण दुर्घटनाको जोखिम बढेको, यात्रुलाई सेवा प्रवाहमा समस्या भएको र फोहोरमैलाले सौन्दर्य बिगारेको भन्दै आजबाट बसपार्क क्षेत्रमै टिकट काउण्टरलाई ब्यवस्थीत गरिएको हो । आईतबार बिहान एक कार्यक्रमको आयोजना गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले उक्त काउण्टरहरुबाट सेवाप्रवाह शुरु गरिएको घोषणा गरे । बसकाउण्टरहरु अब्यवस्थीत हुँदा दुर्घटनाको जोखिम बढेको र सडक साँघुरो र घुईंचो हुँदा यात्रु र सेवाग्राहिलाई समस्या भएकाले यसलाई थप ब्यवस्थीत गर्न काउण्टर सारिएको जानकारी दिए । उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा खाँदबार...
केहि संचारमाध्यमले खेदो गरिरहेका छन्, आरोप प्रमाणित गर्न चुनौति दिन्छु? उर्जा जलश्रोत तथा सिंचाई मन्त्री खड्का
अर्थ/व्यापार, शिक्षा, समाचार

केहि संचारमाध्यमले खेदो गरिरहेका छन्, आरोप प्रमाणित गर्न चुनौति दिन्छु? उर्जा जलश्रोत तथा सिंचाई मन्त्री खड्का

संखुवासभा माघ ११ कृष्णराज शाक्य नेपाल सरकार उर्जा जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आफुमाथिको आरोप प्रमाणीत गर्न संचारमाध्यमलाई चुनौति दिएका छन् । गृहजिल्ला संखुवासभाको हिमालय माध्यमिक बिद्यालयको ७५ औं बार्षिकोत्सव तथा हिरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले आफु बिरुद्ध केहि संचारमाध्यमहरुले लगाएको आरोम मिथ्या भएको बताउँदै उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् । नेपालका केहि संचारमाध्यमले आफुलाई खेदो गरिरिहेको र बिभिन्न अनर्गल मिथ्या आरोप लगाईरहेको भन्दै उक्त आरोप प्रमाणित भए आफुले राजनिति नै छाडिदिने बताएका हुन् । अहिले सरकार जलश्रोतको उपयोगमा जुटेको छ । सरकारका ढल्ने नयाँ सरकार बन्ने भन्ने हल्लाका कुरामा कुनै सत्यता नभएको भन्दै मन्त्री खड्काले यो सरकार पटक पटकको अस्थीर सरकारलाई बिस्थापित गर्दै बलियो सरकारका रुपमा स्थापित भएकाले सरकार ढल्नेकुरा हाँस्यास्पद भएको...
प्रेस सेन्टर नेपाल सङ्खुवासभाको अध्यक्षमा अनिष विष्ट
समाचार

प्रेस सेन्टर नेपाल सङ्खुवासभाको अध्यक्षमा अनिष विष्ट

माघ ११ प्रेस सेन्टर नेपाल सङ्खुवासभा जिल्ला समन्वय समितिको अध्यक्षमा पुन अनिष विष्ट निर्विरोध चयन भएका छन् । पाँचौं जिल्ला अधिवेशनले विष्टको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । विहिबार खाँदबारीमा भएकाे अधिवेशनले नयाँ समिति चयन गरेकाे छ ।   समितिको उपाध्यक्षमा भविन कार्की, सचिवमा केसरमान राई, सहसचिवमा रविन राई र कोषाध्यक्षमा दिपक तामाङ चयन भएका छन् । पाँचौं अधिवेशनले प्रदेश परिषद् सदस्यमा सुजता लिम्बु र केन्द्रिय परिषद् सदस्यमा दिव्यराज बराललाई चयन गरेको छ । समितिको सदस्यहरुमा जयकुमार राई, बसन्त तामाङ, सुरेन्द्र कुलुङ, सुवास कुलुङ, प्रेमबहादुर विष्ट, प्रदिप तामाङ र फुलमान तामाङ रहेका छन् ।   प्रेस सेन्टर नेपाल कोशी प्रदेशको प्रदेश अधिवेशन शुक्रबार विराटनगरमा हुँदैछ । श्राेत:अरुण शन्देस ...
नेपाल पत्रकार महासंघको संयोजनमा सार्वजनिक सुनुवाई कार्यक्रम
समाचार

नेपाल पत्रकार महासंघको संयोजनमा सार्वजनिक सुनुवाई कार्यक्रम

संखुवासभा माघ १० नेपाल पत्रकार महासंघ संखुवासभाको संयोजन तथा खाँदबारी नगरपालिकाको आयोजनामा खाँदबारी नगरपालिकाको सेवा प्रवाह, बिकास निर्माण तथा सुशासनका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने भएको छ । संखुवासभाको सबैभन्दा पहिलो नगरपालिका खाँदबारी नगरपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को सन्दर्भमा गरिएका योजना कार्यान्वयनको अवस्था, सेवाप्रवाह र समस्या चुनौती, अवसर र संभावनाका बारेमा नगरपालिकाका जिम्मेवार नेतृत्वबाट जवाफ खोज्ने उदेश्य स्वरुप आगामी माघ १४ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने तय भएको नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले जानकारी दिए । नगरपालिकाबाट भैरहेको सेवा प्रवाहको अवस्था, आर्थिक बर्ष २०८१÷०८२ मा नगरसभाबाट पारित निति तथा कार्यक्रमको प्रगति विवरण र सुशासनको अवस्थाका बारेमा नगरबासिलाई सुसुचित गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श...