Blog - Page 16 of 106 - साझाकुरा
बुधबार, फाल्गुन २७, २०८२

Blog

टिकटक वनाउने क्रममा खोलामा खसेर तेह्रथुममा शिक्षक र विद्यार्थीको मृत्यु
समाचार

टिकटक वनाउने क्रममा खोलामा खसेर तेह्रथुममा शिक्षक र विद्यार्थीको मृत्यु

पाैष ६ टिकटक वनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षीका र एक छात्राको शनिवार अपरान्ह मृत्यु भएको छ । स्थानीय गौखुरी मावीमा नर्स शिक्षीकाको रुपमा कार्यरत शिक्षीका रबिना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ बर्षिया छात्रा सुस्मीता भटराईको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक चिनीमायाँ तामाङले वताउनु भयो । शनिवार विदाको दिन पारेर साथीहरु संग शिक्षीका र विद्यार्थी विद्यालय पुछारमा रहेको खोरुङगा खोलामा पौडी खेल्न गएका थिए । सोही खोलामा अपरान्ह टिकटक वनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटना स्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादव वहादुर खापुङले जानकारी दिनुभयो । श्राेत:समय खबर...
कैलालीमा थुनुवा छुटाइदिने भन्दै रकम असुल गर्ने तीन पक्राउ
अपराध, समाचार

कैलालीमा थुनुवा छुटाइदिने भन्दै रकम असुल गर्ने तीन पक्राउ

पाैष ६ लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए । उनीहरुले थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारतीय रुपैयाँ बुझिसकेकाे र बाँकि रकम थुनामुक्त भएपछि लिने सहमति गरेका थिए ।...
बाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का
समाचार

बाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का

पाैष ६ जुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहानै गएको भूकम्पले केही घरमा क्षति पुर्याएकाे  छ । वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति पुगेकाे जनाए । भौतिक क्षति के कति भयो भन्नेबारे जानकारी सङ्कलनको काम भइरहेको अध्यक्ष सार्कीले बताए ।  बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कुनै मानवीय क्षति भएकाे जानकारी नआएको बताए । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...
खाँदबारी एफएम संचालक समिति सदस्य अधिकारी क्याम्पस प्रमुखमा नियुक्त
शिक्षा, समाचार

खाँदबारी एफएम संचालक समिति सदस्य अधिकारी क्याम्पस प्रमुखमा नियुक्त

संखुवासभा पौष ५ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो खाँदबारी एफएम संचालक समितिका सदस्य चित्ररेखा अधिकारी बरुण बहुमुखि क्याम्पसको प्रमुखका रुपमा नियुक्त हुनुभएको छ । पौष ४ गते बसेको बरुण बहुमुखि क्याम्पस ब्यवस्थापन समितिको निर्णयबाट वहाँ क्याम्पस प्रमुखका रुपमा नियुक्त हुनुभएको क्याम्पस प्रशासनले जनाएको छ । खाँदबारी एफएममा बिगत १७ बर्षदेखि निरन्तर संचालक समितिको सदस्यका रुपमा रही संचार क्षेत्रका बिकासमा क्रियाशिल रहनुभएका अधिकारी लामोसमय देखि बरुण बहुमुखी क्याम्पसको प्राध्यापक, सहायक क्याम्पस प्रमुखका रुपमा जिम्मेवारीमा रहनुभएको थियो । वहाँको यो नियुक्ति संगै जिल्लाको पहिलो महिला क्याम्पस प्रमुखको रुपमा अधिकारीले क्याम्पसको कार्यकारी अधिकार प्राप्त गर्नूभएको हो । आफुलाई जिल्लाकै प्रतिष्ठित क्याम्पसको प्रमुखका रुपमा जिम्मेवारी दिएकोमा ब्यवस्थापन समिति लगायत सिंगो क्याम्पस परिवारल...
नाइजेरियाको भागदौडमा ३५ बालबालिका मारिए
अन्तर्राष्ट्रिय, समाचार

नाइजेरियाको भागदौडमा ३५ बालबालिका मारिए

पाैष ५ एजेन्सी । नाइजेरियाको दक्षिण–पश्चिमी शहर इबादानमा क्रिसमस पर्वको अवसरमा आयोजित रमाइलो मेलामा भागदौड मच्चिँदा ३५ बालबालिकाको मृत्यु भएको छ । घटनामा ६ जना गम्भीर घाइते भएका छन् । रमाइलो मेलाका आयोजकहरूले सित्तैमा खाना र पैसा दिने बताएपछि हजारौं बालबालिका मेला हेर्न पुगेका थिए । कार्यक्रम स्थलमा करिब ५ हजार बालबालिका जम्मा भएको र मुख्य आयोजक कार्यक्रम शुरु गर्न पुग्दा भागदौड मच्चिएको स्थानीयले बताएका छन् ।प्रहरीले मुख्य आयोजक नाओमी सिलेकुनोला, शहरका चर्चित व्यक्तित्व सहित कार्यक्रममा संलग्न आठ जनालाई पक्राउ गरेको जनाएको छ । राष्ट्रपति बोला टिनुबुले आफ्ना सन्तान गुमाएका आमाबुवाप्रति समवेदना प्रकट गर्दै विस्तृत अनुसन्धानको आदेश दिनुभएको छ ।...
बरुणमा निरजोया उपन्यासको परिचर्चा
शिक्षा, समाचार, समाज

बरुणमा निरजोया उपन्यासको परिचर्चा

संखुवासभा पाैष ३, बरिष्ठ साहित्यकार तथा बरुण बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख उपेन्द्र कोरंङ्गी दाजु गुरुङ्गद्वारा लिखित निरजोया उपन्यासको आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । मकालु साहित्यिक समाज संखुवासभाको संयोजना तथा बरुण बहुमुखी क्याम्पस संखुवासभाको आयोजनामा भएको कार्यmक्रमको अध्यक्षता बरुण बहुमुखी क्याम्पसका प्रमुख चित्ररेखा कार्की अधिकारी रहनुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले गर्नूभएको थियो । कार्यक्रममा दाजु गुरुङ्गद्वारा लिखित निरजोयाको साहित्यकार कृष्ण चापागाईं, लक्ष्मी ढुंगाना, तारा बहादुर बुढाथोकीले समालोचना गर्नूभएको थियो । कार्यक्रममा लेखक तथा साहित्यकार उपेन्द्र कोरंगीं दाजु गुरुङ्गले प्रवासमा रहँदा नेपालीहरुले भोग्नपरेका कथा ब्यथा र मायाँ प्रेमका कुरा जस्ताको तस्तै चित्रण गर्न खोज्नुभएको समालोचकहरुले टिप्पणी ग...
मन्त्री भुपाल राईद्वारा चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका लोकार्पण ( भिडियाे सहित)
भिडीयाे, समाचार, स्वास्थ्य

मन्त्री भुपाल राईद्वारा चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका लोकार्पण ( भिडियाे सहित)

संखुवासभा पौष २ संखुवासभाको चिचिला गाउँपालिकाले चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका २०८१ पुस्तक लोकार्पण समारोहको आयोजना गरेको छ । सोमबार कोशी प्रदेश भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपाल राईले उक्त पुस्तकको लोकार्पण गरेका हुन्। चिचिला गाउँपालिकाको समग्र बिकास, समस्या चुनौती र संम्भावनाका बिषयहरु पुस्तकमा समेटिएका छन् । चिचिला गाउँपालिकाको ऐतिहाँसिक, सामाजिक सास्कृति पक्षलाई बलियो गरि उजागर गरिएको उक्त पुस्तक मकालु साहित्य समाजको संयोजन तथा चिचिला गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशन गरि लोकार्पण गरिएको हो । गाउँपालिकाका अध्यक्ष पासाङ्ग सेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका राजनितिक दल, छिमेकी पालिकाका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेलगायत सरकारी तथा गैह्र सरकारी संघसंस्था, नागरिक समाज, संचारकर्मीको बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रम...
पत्रकार महासंघ अध्यक्ष सहित तिन अर्बूद पदाधिकारी नेपाल पत्रकार महासंघ शाखा संखुवासभामा निर्वाचित
समाचार

पत्रकार महासंघ अध्यक्ष सहित तिन अर्बूद पदाधिकारी नेपाल पत्रकार महासंघ शाखा संखुवासभामा निर्वाचित

मंशिर ३० नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाका सभापति कृष्णराज शाक्य नेपाल पत्रकार महासंघ संखुवासभा अध्यक्षमा निर्वाचित भएका छन् । मंशिर २८ गते देशब्यापी रुपमा सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनका क्रममा संखुवासभा शाखाका सभापति समेत रहेका शाक्य भारि मतान्तरले निर्वाचित भएका हुन् । वहाँका उपबिजेतालाई ८ का बिरुद्ध २६ मतले हराउँदै शाक्यले अध्यक्षको पद सम्हालेका हुन् । त्यसैगरि नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाका सदस्य सुजन बज्राचार्य पत्रकार महासंघका सहसचिव पदमा निर्वाचित भएका छन् भने अर्बूदका जिल्ला सचिव सुरेन शाक्य महासंघका कार्यसमिति सदस्य पदमा भारि मतान्तरले निर्वाचित भएका छन् । सनिवार स्वागत सम्मान, बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे ...
पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा शाक्य, उपाध्यक्षमा तामाङ र सचिवमा गुरुङ विजयी
समाचार

पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा शाक्य, उपाध्यक्षमा तामाङ र सचिवमा गुरुङ विजयी

मंशिर ३० नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् भने सचिवमा नयाँ पत्रिकाकर्मी नवीन गुरुङ निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिश विष्ट निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए। यसैगरी, सदस्यमा सुरेन शाक्य, खेवाहाङ मेवाहाङ, दुर्गाबहादुर कटुवाल र जनक चापागाईं निर्वाचित भएका छन्। प्रदेश परिषद् सदस्यमा गंगा विष्ट, समीक्षा मगर, माधव सुवेदी र ध्यानबहादुर राई निर्विरोध निर्वाचित भए। यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित भएका छन्। नवीन गुरुङ...
पाँच सय ग्राम सुनसहित काभ्रेबाट २ जना पक्राउ
समाचार

पाँच सय ग्राम सुनसहित काभ्रेबाट २ जना पक्राउ

मंशिर २४ काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जना पक्राउ परेका छन् । प्रहरीले जनाए अनुशार आईतबार साँझ रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ पक्राउ परेका हुन् । काठमाडौंबाट बनेपातर्फ अघि बढेको बीएबी ८६०८ नम्बरको कार चेकजाँच गर्ने क्रममा कारको सिट भित्र प्लास्टिकको झोलामा लुकाईएको अवस्थामा प्रहरीले उक्त सुन बरामद गरेको थियो । सुनसहित कारका चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरि थप अनुशन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।...