Blog - Page 15 of 106 - साझाकुरा
बुधबार, फाल्गुन २७, २०८२

Blog

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
अन्तर्राष्ट्रिय, समाचार

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

पाैष ११ भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको गएराति ९२ वर्षको उमेरमा निधन भएको छ । घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो । उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो । सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो । सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो । यस्तै उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थि...
भोजपुर जिप दुर्घटना: एकको मृत्यु, गम्भीर तीनलाई काठमाडौं पठाइयो
समाचार

भोजपुर जिप दुर्घटना: एकको मृत्यु, गम्भीर तीनलाई काठमाडौं पठाइयो

पाैष ११ जिल्लाको बोखिममा जिप दुर्घटना हुदाँ घाइते भएका एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। भोजपुरबाट टेम्कैमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नं को जिप बिहीबार बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले रहेका उनले जानकारी दिए। गम्भीर घाइते भोजपुर नगरपालिका–५ का लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ का इहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित केएमसी अस्पताल पठाइएको प्रहरी निरीक्षक श...
पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा परि ४६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा परि ४६ जनाको मृत्यु

पुष ११, पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको मृत्यु भएको छ । पूर्वी अफगानिस्तानको पक्टिका प्रान्तमा पाकिस्तानी सैन्य विमानले गरेको बमबारीमा कम्तीमा ४६ जनाको ज्यान गएको र अरू धेरै जना घाइते भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् । गत मंगलबार देखि अफगानिस्थानमा पाकिस्तानले गरेको बम वर्षक विमान मार्फतको आक्रमण मा उनिहरुको ज्यान गएको बताईएको छ । पाकिस्तानी बम बर्षक बिमानले अफगानिस्तानका चार स्थानमा ब्यापक आक्रमण गरेको जनाईएको छ । पाकिस्तानी तालिबान (टीटीपी) लडाकू समूहको शिविरमा हवाई आक्रमण गरेको पाकिस्तानले पुष्टि गरेको छ । उता अफगानिस्तानको तालिबान सरकारले यसको बदला लिने चेतावनी दिएको छ । यो क्रूर अमानवीय कार्यको कडा भत्र्सना गर्दछौं । अफगानिस्तानको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खुराजमील...
रबि लामिछानेलाई राजनितिक प्रतिशोधका आधारमा फसाउन खोजियोः रास्वपा पुर्वमन्त्री कार्की
समाचार

रबि लामिछानेलाई राजनितिक प्रतिशोधका आधारमा फसाउन खोजियोः रास्वपा पुर्वमन्त्री कार्की

संखुवासभा पौष ११ संखुवासभाको सदरमुकाम खाँदबारीमा राष्ष्टिीय स्वतन्त्र पार्टिले खुल्ला सभाको आयोजना गरेको छ । चाँदनी चोकमा आयोजित भेलालाई रास्वपाका पुर्वस्वास्थ्य राज्यमन्त्री डाक्टर तोशिमा कार्की, रास्वपाका केन्द्रिय सदस्य तथा सहप्रवक्ता रमेश प्रशाइ कोशी प्रदेस उपसभापति शरिन तामाङ्, कोशी प्रदेश महामन्त्रि लाल बिक्रम थापा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा रास्वपाका केन्द्रिय सदस्य तथा पुर्वस्वास्थ्य राज्यमन्त्री माननीय डाक्टर तोशिमा कार्कीले सभापति रवी लामिछानेलाई राजनितिक पुर्वाग्रहका आधारमा फसाउन सरकारले बिभिन्न प्रयास गरिरहेको भन्दै राजनितिक प्रतिशोधको तत्काल अन्त्य गर्न आग्रह गर्नूभएको थियो । कार्यक्रममा वहाँले देशमा कुनै अवसरको श्रृजना हुन नदिई युवाहरुलाई बेरोजगार बनाउन सरकार लागि परिरहेको आरोप लगाउनुभएको थियो । सरकार चलाउने ढंग नहुँदा आम नेपाली जनताले दुख पाईरहनुपरेको व...
काजाकस्तानमा विमान दुर्घटना : २९ जनाको जीवितै उद्धार
अन्तर्राष्ट्रिय, समाचार

काजाकस्तानमा विमान दुर्घटना : २९ जनाको जीवितै उद्धार

पाैष १० अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना हुँदा ३० बढिकाे ज्यान गएकाे छ भने २९ जनाकाे जिवितै उद्धार गरिएकाे छ । विमानबाट उद्धार गरेका २९ जनाकाे त्यहाँकाे विभिन्न अस्पतालहरुमा उपचार भैरहेकाे बीबीसीले जनाएको छ । ६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको बताईएकाे छ । । विमानबाट चार जनाको शव निकालेको र कम्तीमा ३० जनाको ज्यान गएको हुन सक्ने स्थानीय अधिकारीहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था एफीले जनाएको छ ।...
सामूहिक बलात्कार घटनामा तीन जना पक्राउ
अपराध, समाचार

सामूहिक बलात्कार घटनामा तीन जना पक्राउ

पाैष १० मोरङ, रङ्गेली – कटहरी गाउँपालिका–२ मा बाँसको झ्याङमा अचेत अवस्थामा फेला परेकी २३ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा कटहरी–२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह, र भारतको अररिया कुशाकट्टाका १९ वर्षीय मो गुल्जार छन्। प्रारम्भिक अनुसन्धानमा तीन जनाको समूहले महिलालाई सिटी सफारीमा अपहरण गरी बाँसको झ्याङमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ।...
आगामि निर्वाचनमा काँग्रेस एमाले बिच चुनाबी प्रतिश्पर्धा हुनसक्छ : उर्जा मन्त्रि खड्का
अर्थ/व्यापार, राजनीति, समाचार

आगामि निर्वाचनमा काँग्रेस एमाले बिच चुनाबी प्रतिश्पर्धा हुनसक्छ : उर्जा मन्त्रि खड्का

संखुवासभा पाैष ८ उर्जा, जलश्राेत तथा सिंचाईं मन्त्रि दीपक खड्काले अपर अरुणमा जनताकाे लगानी सुनिश्चित हुने वातावरण निर्माणका लागि आफु अहाेरात्र लागिरहेकाे बताएका छन् । हुनेले लागत सहभागिता जनाउने र नहुनेले सहुलियतमा विना धराैटि ऋण लिनसक्ने वातावरण तैयार गर्न आफुले गृहकार्य अगाडि बढाईरहेकाे मन्त्रि खड्काकाे भनाई थियाे । अर्काे प्रसंग जाेड्दै मन्त्रि खड्काले सरकार फेरबदल भैरहने प्रबृत्तिकाे अन्त्यका लागि ठुला दल बिच सहकार्य भएकाे र दुई ठुला दलहरुकाे बर्चश्व रहेकाे जिल्लाहरुमा दुई ठुला दलबिच पनि चुनाबि प्रतिश्पर्धा हुनसक्ने खुलासा गरेका थिए । सन्त नेता पुर्व प्रधानमन्त्रि स्वर्गीय कृष्णप्रसाद भट्टराईकाे १ सय औं जन्म जयन्तिका अवसरमा मन्तब्य प्रकट गर्दै मन्त्रि खड्काले बिद्धुत बिकृबाटै देशकाे अर्थतन्त्र माथी उकास्न सकिने र राेजगार श्रृजना गर्न सकिने संभावना रहेकाेमा जाेड दिए । नेपाली...
खाँदबारी बचतले मनायाे रजत जयन्ति नयाँ कार्यसमिति चयन याेगदान कर्ताहरु सम्मानित
अर्थ/व्यापार, समाचार

खाँदबारी बचतले मनायाे रजत जयन्ति नयाँ कार्यसमिति चयन याेगदान कर्ताहरु सम्मानित

खाँदबारी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह आज सम्पन्न भएको छ । सरोज कुमार बज्राचार्यको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख अतिथ्यतामा भएको साधारण सभा अधिवेशनले पुन सरोज बज्राचार्यको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा डेगराज बस्नेत, सचीवमा उपेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष रमेश श्रेष्ठ सदस्यहरुमा फणिन्द्र निरौला, बिक्रम रत्न शाक्य, अञ्जना गौली, अनुपयुश शाक्य, सुवर्ण शाक्य, संजिव कुमार श्रेष्ठ र शुसीला श्रेष्ठ पराजुली चयन हुनुभएको छ । यसैगरि आज सम्पन्न अबिधेशनबाट लेखा समिति अध्यक्षमा लोकमणी मास्के, सचिव हेमराज निरौला चयन हुनुभएको छ । यसैबिच २५ औं बार्षिक साधारण सभा अधिवेशन तथा रजत जयन्ती समारोहमा संस्थापक अध्यक्ष स्वर्गिय जगत शाक्यलाई मरणोपरान्त सम्मान गरिएको छ । खाँदबार...
संखुवासभामा एक बर्षमा ५४ वटा मानव अधिकार उलङ्घनका घटना
समाचार, समाज

संखुवासभामा एक बर्षमा ५४ वटा मानव अधिकार उलङ्घनका घटना

संखुवासभा,पुष ७ संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५४ वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । २१ महिने बालिका बलात्कृत हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ । आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५४ वटा घटनामा ५५ जना पीडित भएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ९ जना बालिका सहित १२ जना बलात्कृत, घरेलु हिंसाका ३२, हत्या ४ वटा , कुटपिट गैर राज्य पक्ष ४ जना, हातपात १ जना, आत्म...
खाँदबारी बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम ( फोटो फीचर सहित  )
समाचार, समाज, स्वास्थ्य

खाँदबारी बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम ( फोटो फीचर सहित )

संखुवासभा पौष ७ वातावरणीय स्वच्छता कायम राखौ, स्वस्थ जिवन बाँचौं, हाम्रो फोहोर हाम्रै जिम्मेवारी भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ संखुवासभाको आयोजनामा सदरमुकाम खाँदबारीमा सामुहिक सरसफाई अभियान संचालन गरिएको छ ।  फोहोरका कारण जिल्ला सदरमुकामको प्रमुख बजारका रुपमा रहेको बसपार्क क्षेत्रको सौन्दर्यता खच्किएको भन्दै पत्रकार महासंघले खाँदबारी युथ क्लव, संबृद्ध बहुउदेश्यिय सहकारी संस्था, नेपाल अर्बूद रोग निवारण संस्थासगको संयुक्त आयोजनामा सरसफाई अभियान संचालन गरेको हो । सरसफाई अभियानमा जिल्ला प्रसाशन कार्यालय, नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, खाँदबारी नगरपालिका, जिल्ला समन्वय समिति, रेडक्रस, यातायात ब्यवसायी महासंघ लगायतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया,सहायक प्र...