भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने
भारतले दस बर्षमा नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने निर्णय गरेको छ ।
भारतिय मन्त्रिपरिषदले आगामी १० बर्षभित्र नेपालसंग १० हजार मेगावाट बिजुली किन्ने
प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जानकारी दिए ।
हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको उनले बताए ।
‘भारतीय मन्त्रिपरिषद्ले भारतिय सरकारले अब नेपालबाट बिजुली किन्ने र नेपालमा थप बिजुली उत्पादन गर्न प्रोजेक्टहरु कसरी थप गर्ने भन्ने बिषयमा अध्ययन अघि बढाईने बिषयमा गहन निर्णय भैसकेकाले यस बिषयमा थप गृहकार्य चाँडैनै शुरु गर्ने जनाएको राजदुत शर्माको भनाई छ ।
नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट महंङ्गोमा बिजुली किनिरहेको छ।
गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० व...








