अर्थ/व्यापार Archives - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

अर्थ/व्यापार

वीरगञ्जका ८८ सहकारी संस्थाहरु खारेजीको क्रममा
अर्थ/व्यापार, समाचार

वीरगञ्जका ८८ सहकारी संस्थाहरु खारेजीको क्रममा

बैसाख २५ लामो समयदेखि कुनै कारोबार नगरी निस्क्रिय रहेका वीरगञ्जका ८८ वटा सहकारी संस्थाहरुको खारेजी प्रक्रिया अगाडि बढाएको छ। वीरगञ्ज महानगरका विभिन्न वडाहरुमा रहेका ८८ वटा सहकारी संस्थाहरु लामो समयदेखि कारोबार नगरी निस्क्रिय रहेका कारण ती सबै सहकारी संस्थाहरु खारेज गर्ने प्रक्रिया आगाडी बढाईएको महानगरपालिकाले जनाएको छ । शुक्रबार वीरगञ्ज महानगरपालिकाको आर्थिक विकास महाशाखाले एक सूचना जारी गर्दै लामो समयदेखि कारोबार नगरी निष्क्रिय रहेका, सहकारी ऐन, नियमावली बमोजिम बुझाउनु पर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय प्रतिलिपी, वार्षिक लेखा परीक्षण प्रतिवेदन, तथा कोपोमिसमा प्रविष्टि समेत नगरी पूर्ण रुपमा सम्पर्क विहिन अवस्थामा रहेकाले त्यस्ता सहकारी संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाईएको जनाएको छ । ती सहकारी संस्थाहरुलाई वीरगञ्ज महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा...
सेयर बजारमा २७ अंकको बृद्धि
अर्थ/व्यापार, समाचार

सेयर बजारमा २७ अंकको बृद्धि

बैसाख २५ साताको अन्तिम कारोबार दिन आज शुक्रबार सेयर बजारको परिसूचकमा २७ अंकको बृद्धि आएको छ । अंक बढ्नुका साथै कारोबार रकममा पनि बृद्धि भएको छ । नेप्से परिसूचक २७।४९ अंक ९१।०१ प्रतिशत० बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ । आज कारोबार शुरु भएदेखि अन्तिम समयसम्म नै परिसुचकमा बृद्धि आएको हो । हिजो बिहिबार पनि नेप्से ६।९४ अंकले बृद्धि आएको थियो । हिजो बिहीबार २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज बढेर ३ अर्ब २८ करोडको कारोबार भएको छ । २३५ कम्पनीको मूल्य बढेको छ भने जम्मा २६ वटाकोमा गिरावट आएको छ । बैंकिङ ०।६७, विकास बैंक ०।९५, फाइनान्स १।८७, होटल तथा पर्यटन १।४८, हाइड्रोपावर १।७१, लगानी १।१०, जीवन बीमा ०।६२, उत्पादन तथा प्रशोधन १।४०, माइक्रोफाइनान्स ०।१६ तथा अन्य १।१३ प्रतिशत भएको छ ।...
निर्माण व्यवसायीको चेतावनी–एक साताभित्र मूल्य समायोजन नभए निर्माणकार्य बन्द हुन्छ
अर्थ/व्यापार, समाचार

निर्माण व्यवसायीको चेतावनी–एक साताभित्र मूल्य समायोजन नभए निर्माणकार्य बन्द हुन्छ

बैसाख २३ इन्धनसहित निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिलाई एक साताभित्र समायोजन गर्न निर्माण व्यवसायीले माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक साताभित्र मूल्य समायोजनको निर्णय नगरेमा आयोजनाका सम्पूर्ण निर्माणकार्य स्वतः बन्द गर्दै जाने चेतावनी दिएको हो । इन्धनसहित निर्माण सामग्रीमा भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिलाई सरकारले समयमै समायोजन नगर्दा निर्माण उद्योग कठिन मोडमा आइपुगेको महासंघका अध्यक्ष निकोलस पाण्डेले बताए ।...
दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
अर्थ/व्यापार, समाचार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति बैसाख २३ विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि थुनामा रहेका ब्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुशन्धान गर्न अनुमति दिएको छ । न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनिहरुलाई थप १२ दिन हिरासतमा राख्नेर अनुशन्धान अघि बढाउन अनुमति प्रदान गरेको बताईएको छ ।...
समस्याग्रस्त सहकारीको ऋण नतिरे सार्वजनिक सेवा रोक्कादेखि कैदसम्म कारवाही हुने
अर्थ/व्यापार, समाचार

समस्याग्रस्त सहकारीको ऋण नतिरे सार्वजनिक सेवा रोक्कादेखि कैदसम्म कारवाही हुने

बैसाख २२ सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरूको ऋण नतिर्ने ऋणी, सञ्चालक र जमानीकर्ताहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय’ ले एक जरुरी सूचना जारी गर्दै उक्त चेतावनी दिएको हो । सूचना अनुसार तोकिएको समयभित्र ऋणको साँवा, ब्याज र हर्जाना भुक्तानी नगरेमा ऋणीहरूलाई सार्वजनिक सेवामा रोक लगाउने भएको हो। खानेपानी (धारा), बिजुली (बत्ती) र अन्य सिफारिस जस्ता सार्वजनिक सेवाहरू रोक्का गरिने सूचनामा उल्लेख छ ।...
आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
अर्थ/व्यापार, मनोरन्जन, समाचार

आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

पाैष १५ ल्हाेसारकाे अवसरमा सेकाहा सामुदायिक बिकास क्लब खाँदबारी ४ सेकाहाले पाैष ११ देखि १५ सम्म ऐतिहाँसिक महाेत्सवकाे आयाेजना गरेकाे छ । महाेत्सवकाे समापन कार्यक्रममा चर्चित गायक धिरज राई लगायतका कलाकारबाट साँगितिक प्रस्तुति दिने कार्यक्रम रहेकाे छ । महाेत्सवका अवसरमा विभिन्न खेलकुद प्रतियाेगितामा सहभागिहरुलाई पुरस्कार वितरणकाे कार्यक्रम समेत राखिएका छन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो ...
खाँदबारी–४ मा सेकाहा महोत्सवकाे तैयारि पुरा
अर्थ/व्यापार, मनोरन्जन, समाचार

खाँदबारी–४ मा सेकाहा महोत्सवकाे तैयारि पुरा

सङ्खुवासभा, ८ पुष सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना हुने भएको छ । “पुस ११–१५ खाँदबारी–४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ” भन्ने नारासहित महोत्सव पुस ११ देखि १५ गतेसम्म पाँच दिन चल्नेछ । आज सदरमुकाम खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिए । महोत्सवमा स्थानीय घरेलु तथा कृषि उत्पादनहरूको प्रदर्शनी रहनेछ । कार्यक्रमअन्तर्गत सेकाहा रंगशालाको उद्घाटन, जग्गादाताहरूलाई सम्मान, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता तथा स्थानीय र राष्ट्रियस्तरका चर्चित गायक–गायिकाद्वारा बृहत् सांगीतिक ...
सेकाहा महोत्सव आयोजना हुने
अर्थ/व्यापार, समाचार

सेकाहा महोत्सव आयोजना हुने

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा ऐतिहासिक सेकाहा महोत्सव आयोजना हुने भएको छ । ‘पौष ११–१५ खाँदबारी–४ सेकाहा जाऔं, ऐतिहासिक सेकाहा महोत्सवलाई भब्यताका साथ मनाऔं।’ भन्ने नारासहित ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ आयोजना गरेको हो । महोत्सवलाई भब्य र सब्य मनाउन मुल आयोजक समितिका साथै विभिन्न उपसमितिहरु गठन गरि तीव्र रुपमा तयारीमा जुटेको सेकाहा सामुदायिक विकास क्लबका अध्यक्ष मनिराज गुरुङले बताए । महोत्सवमा सेकाहा रंगशाला उद्घाटन तथा जग्गादाताहरुलाई सम्मान, अन्तरपालिकास्तरीय भलिवल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका चर्चित गायकगायिकाद्धारा बहृत साँगितिक कार्यक्रम प्रस्तुती, पर्यटकीय क्षेत्र सेकाहा गाउँको अवलोकन, पर्यटन प्रवद्र्धन तथा होमस्टे अवलोकन, विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, जिल्लाभरका गुरुङ जातिहरु भेला ल्ह...
घरेलुद्वारा उद्यमी सम्मान कार्यक्रम ( भिडियाे )
अर्थ/व्यापार, समाचार

घरेलुद्वारा उद्यमी सम्मान कार्यक्रम ( भिडियाे )

संखुवासभा मंशिर १० ११ औ राष्ट्रिय उद्याेग दिवसका अवसरमा घरेलु तथा साना उद्याेग कार्यालय संखुवासभाले उद्यमी सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे छ । कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यकाे अध्यक्षता तथा काेशी प्रदेस सदस्य माननीय बिदुर लिङथेपकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेय्ठ बज्राचार्य, प्रमुख जिल्ला अधिकारी श्रृजना थपलिया लगायतकाे बिशिष्ठ आतिथ्यता रहेकाे कार्यक्रममा घरेलु तथा साना उद्याेग कार्यालय संखुवासभाका प्रमुख प्रेमचन्द्र कुलुङ्गले घरेलु तथा साना उद्याेग कार्यालयले गरिरहेकाे कार्यहरुका बारेमा जानकारी गराउनु भएकाे थियाे । कार्यक्रममा संखुवासभाका ६ जना उद्यमि ब्यवसायिलाई सम्मान गरिएकाे थियाे । भिडियाे https://youtu.be/QXpim5_CN9A?si=Fs5Ys7FrACcIWmG-...
पेशागत संकटमा कुमाल समुदाय (भिडियो सहित)
अर्थ/व्यापार, भिडीयाे, समाचार

पेशागत संकटमा कुमाल समुदाय (भिडियो सहित)

संखुवासभाको तुम्लिङ्गटारमा कुमाल जातिको उल्लेख्य बसोबास रहेको छ । माटोको भाँडो बनाएर सदियौं देखि आफ्नो जिबिकोपार्जन गर्दैआएका कुमालसमुदायको यो पेशा अहिलेको आधुनीक सामग्रीको प्रयोगका कारण संकटमा पर्दैआएको वडा सदस्य टिकाराम कुमाल बताउँछन् । माटोबाट बिभिन्न घरायसी प्रयोगमा आउने सामग्रीहरु हाँडि, घ्याम्पे, ठेकी, खुत्रुके, फुलदानी, गमला, दीयो लगायत बिभिन्न सरसजावटका सामग्रीहरु उत्पादन गर्दैआएका थिए । अहिले बजारमा सहज र सस्तो मुल्यमा पाईने प्लाष्टिका घरायसी सामग्रीहरुले उनिहरुले परम्परागत रुपमा तैयार गर्दैआएका सामग्रीहरुलाई बिस्थापित गर्न थालेपछि अहिले उनिहरुको पेशा संकट पर्दैगएको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राई वताउँछन् । माटोको भाँडोहरु तैयार गरेर जिवीकोपार्जन गरिरहेका तिनै कुमाल समुदायको पेशालाई संकटबाट मुक्त गर्न अहिले घरेलु तथा साना उद्योग कार्यालयले...